ताजा समाचार:
Search

बिजनेस

रुइसे र घोडेपानीमा पूर्वाधार निर्माण गर्न एक करोड

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।  संघिय सरकारको पर्यटन मन्त्रालयले हालै घोषणा गरेको देशका एक सय गन्तब्य मध्य जिल्लाका दुई पदमार्ग रुईसे–धौलागिरी आईसफल र घोडेपानी–पुनहिल–महरे पदमार्ग सुधार गर्न ५०–५० लाख रुपैया विनियोजन गरेको छ । ‘पुनहिल–महरे र रुईसे–आईसफल पदमार्गको स्तरबृद्धी गर्ने गरी काम गर्न पर्यटन मन्त्रालयले छुट्टाछुट्टै ५०–५० लाख रुपैयाँ विनियोजन भएको छ’ प्रतिनिधी सभा […]

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री सहयोग

विकल्प न्यूज/बेनी मंसिर २१ गते ।  माछापुच्छ्रे बैंक लिमिटेडले बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई शुक्रवार कम्प्युटर र शैक्षिक सामाग्री सहयोग गरेको छ ।  बैंकको सामाजिक कार्यक्रम अन्तरगत एक थान कम्प्युटर र ६ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक,झोला,कपी,कलम,पेन्सिल,ज्यामिती बक्स,इरेजर,कटर लगायत शैक्षिक सामग्री सहयोग गरेको हो । गण्डकी प्रदेशका सांसद बिनोद केसी, बेनी नगरपालिकाका प्रमुख […]

निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा

विकल्प न्यूज/बेनी मंसिर १९ गते ।  पत्रकार भेटघाटमा असन्तुष्ट व्यवसायीहरु  निर्माण व्यवसायी संघ म्याग्दीको विवाद उत्कर्षमा पुगेको छ । दुई खेमामा विभाजन भएका व्यवसायीहरुका बिचको विवाद यतिखेर उत्कर्षमा पुगेको हो । विवाद नमिले पछि दुवै पक्षले विहिवार र शुक्रवार फरक फरक पक्षका व्यवसायीहरुको भेला डाकेका छन् । संघका अध्यक्ष नारायण जिसी र असन्तुष्ट पक्ष निर्वतमान […]

घलेम्दी हाइड्रोको साढे १५ करोडको आईपिओ स्वीकृत

विकल्प न्यूज/बेनी मंसिर १८ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित घलेम्दीखोला जलविद्युत आयोजना ९न्ज्ी० को १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको आईपिओ धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित १५ लाख ५५ हजार ७७० […]

बेनी नगरपालिका जिफ्न्ट युवा नगर कमिटी गठन

धिरन खत्री /विकल्प न्यूज म्याग्दी, १४ मंसिर । बेनी नगरपालिकामा अजुर्न रानाको अध्यक्षता जिफन्ट युवा नगर कमिटि गठन गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट गण्डकी प्रदेश कमिटिको आयोजना र जिफन्ट म्याग्दीको सह–आयोजनामा बेनीमा शुक्रबार युवा श्रमिकहरुको भेला गरि जिफन्ट युवा नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा सागर छन्त्याल, सचिवमा एश्वर्या नेपाली, […]

घलेम्दीको विद्युतगृह निर्माण तिव्र (फोटोफिचर)

विकल्प न्यूज/बेनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा निर्माणधीन साढे पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाको विद्युतगृहको संरचना बनाउने काम धमाधम अगाडि बढाएको छ । आगमी चैत्र मसान्त भित्र परिक्षण उत्पादन सुरु गर्न लागेको आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव लक्ष्मीनीधी(विमल) रिजालले जानकारी दिनुभयो । तस्विर ठाकुरप्रसाद आचार्य   

सातौं कर दिवसका अवसरमा बेनीको कुमारी सहकारी सम्मानित

विकल्प न्यूज/बेनी मंसिर ७ गते । आन्तरिक राजश्व कार्यालय बागलुङले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा बागलुङमा आयोजित कार्यक्रममा बेनीको कुमारी बहुउद्देयीय सहकारी संस्था लिमिटेढलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा म्याग्दी जिल्लाबाट सवैभन्दा वढी आयकर दाखिला गरेको भन्दै उत्कृष्ट करदाताका रुपमा सहकारीलाई सम्मान गरिएको हो । ‘कर समृद्ध नेपालः सुखी नेपालीको भर’ भन्ने नाराका […]

गरिमा बैंकको स्थापना दिवसका अवसरमा बेनीमा रक्तदान

विकल्प न्यूज/बेनी मंसिर ७ गते । गरिमा विकास बैंकको बेनी शाखाले शुक्रवार बेनीमा रक्तदान कार्यक्रम गरेको छ । बैंकको १२ औं स्थापना दिवसका अवसरमा शाखा कार्यालय परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रमको बैंकका सञ्चालक समितिका सदस्य डाक्टर भुपेन्द्र वहादुर […]

कर शिक्षा सिकाउदै अान्तरिक राजश्व कार्यालय

विकल्प न्युज र बेनी म्याग्दी, मंसिर ४ गते ।आन्तरिक राजस्व कार्यालय बागलुङको साविकको धवलागिरी अञ्चलमा करदाता शिक्षा अभियानलाई तिब्रता दिएको छ । कर दिवसको अवसरमा साताब्यापी कार्यक्रम अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा संघीय संरचना अनुसार नेपालको राजस्व नीति र कर प्रणाली विषयक अन्तरक्रिया कार्यक्रमको अवसरमा हरेक नागरिकलाई कर शिक्षा आवश्यकता रहेको बताइएको थियो । कार्यक्रममा कार्यालय […]

सिन्डीकेट अपराध हो ः गृहमन्त्री थापा

विकल्प न्यूज/बेनी कार्तिक २७ गते । नेपाल सरकारका  गृहमन्त्री रामवहादुर थापाले सिन्डीकेटले सिमित व्यक्तिलाई धनी र आम जनतालाई दरिद्र बनाउने भएकाले सिन्डीकेटको अन्त्य हुनुपर्ने बताउनुभयो । मंगलबार साझ म्याग्दीको सदरमुकाम बेनी स्थित वसपार्कमा म्याग्दी कोराला यातायात प्रालिद्धारा सञ्चालित सुपर डिलक्स बससेवाको  सुभारम्भ गर्दै गृहमन्त्री थापाले सिमित व्यक्तिले अकुत सम्पत्ति आर्जन गर्नका लागि सिन्डीकेट प्रणाली आएको […]

कुमारी सहकारीको ५९ करोडको कारोवार

विकल्प न्यूज/बेनी कार्तिक १८ गते । सदरमुकाम बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा करिव ५९ करोड वरावरको कारोवार गरेको छ । संस्थाको बेनीमा सम्पन्न दसौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा उक्त कुराको जानकारी गराईएको हो । अधिवेशनबाट सहकारीको नयाँ सञ्चालक समिति समेत निर्वाचित गरेको छ । अधिवेशनबाट सु. थमवहादुर गर्बुजाको अध्यक्षतामा […]

हिमालको फेदीमा सामूहिक चौंरीपालन

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज खोप्रालेक,म्याग्दी कार्तिक १७ गते ।  अन्नपूर्ण गाउँपालिका ५ स्थित खोप्रालेकमा पालिएका चौंरीगाई र यहाँबाट देखिएको धौलागिरी हिमशृङ्खलाको दृश्य । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा यहाँका स्थानीयले वर्षौ देखि सामुहिक रुपमा चौंरीपालन गर्दै आएका छन् । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा लेकमा स्थानीयले […]

पुनहिलमा पर्यटकको भीड

विकल्प न्यूज/बेनी असोज २९ गते ।  अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीयस्थल पुनहिलमा पर्यटकको भीड बढेको छ । घोडेपानीको शिरमा समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न असोज लागेदेखि नै पर्यटकको आगमन बढेको हो ।   अहिले दैनिक ४०० देखि ७०० सम्म पर्यटक आउने गरेको पुनहिलका व्यवस्थापक वीरेन […]

धौलागिरी सहकारीको ३२ करोड ८८ लाख लगानी

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १११७ जना शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड ७३ लाख ८० हजार दुईसय, निक्षेप सङ्कलन ३१ करोड १२ लाख ४६५ र लगानी ३२ करोड ८८ लाख ६८ […]

मल्लाज सहकारीको ११औं वार्षिक साधारणसभा

विकल्प न्यूज/जलजला म्याग्दी, असोज २० ।उत्तरी पर्वतको जलजला गाउँपालिका–३, माझफाँटमा सञ्चालित मल्लाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शनिबार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शेयर सदस्य ७३६ जना, कुल शेयर पुँजी एक करोड ५७ लाख ७९ हजार ४००, निक्षेप सङ्कलन सात करोड ६२ लाख ४४२, लगानी सात करोड १७ लाख २७ हजार ५९ रुपैयाँ रहेको […]