बिजनेस

दरबाङ्गमा प्रथम मालिका महोत्सव हुने

विकल्प न्यूज/बेनी चैत १० गते ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा पहिलो पटक एतिहासिक प्रथम मालिका महोत्सव आयोजनमा हुने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समितिको आयोजनामा यही चैत २७ गते देखी २०७८ बैशाख ३ गते सम्म महोत्सवको आयोजना गरिएको हो । मलिका गाउँपालिका भित्रका स्थानीय कला सास्कृतीको जर्गेना तथा […]

पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी बिजयी

विकल्प न्यूज/पर्वत चैत १० गते ।  पर्वत उद्योग वाणिज्य संघको अध्यक्षमा गोपी अधिकारी फराकिलो मत अन्तरले बिजयी हुनुभएको छ । सोमबार सम्पन्न मतगणना अनुसार अधिकारीले एकहजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँको प्रतिस्पर्धी शिव पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी शिव पौडेल त्यसैगरी महिला सदस्यमा देवी […]

सिंगटी हाइड्रोको आईपीओ बिक्री खुला

विकल्प न्यूज/बेनी चैत ६ गते ।   सिंगटी हाइड्रो इनर्जी लिमिटेड (SHEL) ले आज (चैत ६ गते) शुक्रबारदेखि सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशनमा ल्याएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको […]

धार्मिक स्थल मालिकालाई प्रवद्र्धन गर्न हाइकिङ

विकल्प न्यूज/बेनी फागुन ८ गते । लायन्स क्लब अफ बेनी पिस सिटीले मालिका धुरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हाइकिङ कार्यक्रमको आयोजना गरेको छ । पहाडको टुप्पोमा रहेको प्रख्यात धार्मिक स्थल मालिका धुरीको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले शनिबार हाइकिङ कार्यक्रमको आयोजना गरेको हो । लायन्स क्लबका पदाधिकारी,पत्रकार र मालिका गाउँपालिका ७ विमका स्थानीय सहित शुक्रबार मालिका […]

म्याग्दीका कृषकको नमुना काम,आगलागीबाट क्षति व्यहोरेका गुल्मीका कृषकलाई सहयोग

विकल्प न्यूज/बेनी म्याग्दी, ६ फागुन ।   आगलागीबाट गोठमा रहेका २६ वटा बाख्रा सहित खोरको सबै संरचना जलेर नष्ट हुँदा ३२ लाख बढीको क्षति व्यहोरेका शाहलाई म्याग्दीका बाख्रापालक कृषकहरुले ४ वटा बाख्रा र रु १५ हजार नगद सहयोग गरेका हुन् । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीष, वडा नम्बर २ हुलाकेका नरबहादुर थापा, वडा नम्बर ६ […]

राष्ट्रिय प्रशारणमा जोडियो घलेम्दी

विकल्प न्यूज/बेनी माघ २७ गते ।   अन्‍नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भएको एक वर्षपछि उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नारच्याङको घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेशनको क्षमताले धान्‍न नसकेपछि पाँच मेगावाट क्षमताको घलेम्दी पूर्ण क्षमतामा सञ्‍चालन हुन सकेको थिएन । नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण गाउँपालिका-३ दानामा गत हप्तादेखि सञ्‍चालन गरेको […]

विकास र समृद्धिको अभियानमा जुटौं ः अध्यक्ष तिमिल्सिना

विकल्प न्यूज/बेनी माघ २४ गते ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिको अभियानमा जुटन अनुरोध गर्नुभएको छ । निजिक्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिबेशनको बेनीमा उदघाटन गर्नुहुदै अध्यक्ष तिमिल्सिनाले नीजि क्षेत्र र सरकार मिलेर मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा लैजानुपर्ने विचार व्यक्त […]

बेनीको नमस्ते र बागलुङको सिवाईसी सहकारीबिच एकिकरण

विकल्प न्यूज म्याग्दी, माघ २० । म्याग्दी २० माघ । म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोकमा रहेको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण भएको छ । दुई सहकारीबिचको एकताको सम्पूर्ण प्रकृया पुरा भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीमा रहेको नमस्ते सहकारीको कार्यालयबाट एकिकृत भएको सिवाईसीको सदस्य सेवा केन्द्र सञ्चालनमा […]

महिला उद्यम विकास समितिमा नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी माघ १८ गते ।   म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको आइतबार सम्पन्न आठौ साधारणसभा तथा छैटौ अधिबेशनले लक्ष्मी भण्डारीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ ।  समितिको वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष अम्विका श्रेष्ठ ,प्रथम उपाध्यक्ष विष्णु गुरूङ, द्धितिय उपाध्यक्ष सृजना भट्टचन ,महासचिव जानकी विश्वकर्मा ,कोषाध्यक्ष दिलु घताने ,सचिव […]

म्याग्दीकाली सञ्चार सहकारीको नवनिर्मित भवनको उद्घाटन

विकल्प न्यूज/बेनी माघ ६ गते । म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा सञ्चालित म्याग्दीकाली सञ्चार सहकारी संस्थाको मङ्गलबार १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसर पारेर संस्थाद्वारा नवनिर्मित भवनको उद्घाटन समेत गरिएको हो । साधारणसभा तथा नवनिर्मित भवनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले सञ्चार सहकारीले आफ्नै भवन बनाउन सक्नु महत्वपूर्ण काम भएको […]

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा तीन दिनमै १४ अर्ब रुपैयाँ बढीको आवेदन

५ माघ, काठमाडौं ।  गत शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री शुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । निष्काशन शुरु भएको तीन दिन (सोमबार) सम्ममामात्रै १४ अर्ब रुपैयाँ भन्दा धेरै रकम बराबरको आईपीओ आवेदन माग भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा पाएको एनआईबीएल एस क्यापिटवलका अनुसार सोमबार अपरान्ह ५ बजेसम्म […]

गण्डकीको बजेट खर्च १०.१२ प्रतिशत मात्र

पोखरा, पुस १९ गते ।   गण्डकी प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७६/७८ पाँच महिनामा कुल बजेटको १०.१२ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगततर्फ २० अर्ब १३ करोड २४ लाख ७६ र चालूतर्फ १४ अर्ब २४ करोड ३४ लाख ९६ हजार गरी कुल ३४ अर्ब ३७ करोड ५९ लाख ७२ हजारको बजेट ल्याएको प्रदेश सरकारले चालू […]

म्याग्दीको उद्योग वाणिज्य संघको ११ औं अधिवेशनको मिति स¥यो

विकल्प न्यूज/बेनी पुस १६ गते । निजी क्षेत्रको छाता  संगठन म्याग्दी उद्योग वाणिज्य संघको ११ औं अधिबेशन तथा २७ औं साधारणसभा माघमा हुने भएको छ । गण्डकी प्रदेशस्तरीय महाधिवेशन, स्थानीय तहमा गठिन इकाईको साधारणसभाका लागि प्रयाप्त नपुगेपछि यसअगाडी तय गरिएको पौस १८ गतेको अधिवेशनलाई माघ २४ गते गर्ने निर्णय भएको महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो […]

धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन

बेनी / मंसिर ३० गते । पर्यटकीय गन्तव्यको रुपमा छनोट भएको म्याग्दीको  धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । करिब एक दशक अघि पहिचान भएको यस पदमार्गलाई सञ्चालनमा ल्याउन रघुगङ्गा गाउँपालिकाले स्थलगत रुपमा सम्भावना र चुनौती तथा समस्याको अध्ययन गरेको हो । गाउँपालिकाका अधिकांश वडालाई समेटेको यस पदमार्गलाई औपचारिक र व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन […]

मुक्तिनाथ सहकारीको स्थापना दिवसमा एकल महिलालाई सम्मान

विकल्प न्यूज/बेनी मंसिर २९ गते ।    बेनी बजारमा रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १३ औं स्थापना तथा ११ औं हिरा स्मृति दिवसका अवसरमा एकल महिलाहरुलाई सम्मान गरेको छ । सोमबार सहकारीको आफ्नै भवनमा आयोजित कार्यक्रमका विच १० जना एकल महिलाहरुलाई न्यानो कपडा प्रदान गरेर सम्मान गरेको सहकारीका अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । सहकारीका […]