प्रवास

बेनी अस्पताललाई मगर संघ ईजरायलको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी ४ चैत ।  बेनी अस्पताललाई मगर संघ ईजरायलले आईतबार आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले बेनीमा आयोजना गरेको कार्यक्रममा अस्पतालमा आवश्यक उपकरण र सामाग्री खरिदका लागि एक लाख रुपैया उपलब्ध गराइएको हो । मगर संघ ईजरायलकी अध्यक्ष बिष्णु पुनले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीलाई चेक हस्तान्तरण गर्नुभएको […]

ओमकुमारी शान्ति कोषलाई जापानमा जुट्यो १२ लाख

विकल्प न्यूज/जापान टोकियो फागुन २० गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई जापानमा १२ लाख रुपियाँ जुटेको छ । ओमकुमारी शान्ति कोषलाई सहयोगार्थ आइतवार टोकियोमा  भएको कार्यक्रममा उक्त रकम संकलन भएका हो । कोषका अध्यक्ष राजेश शाक्य जापान भ्रमणमा आएका समयमा यहाँ रहेका नेपालीहरु सँग अन्तरक्रिया र भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । म्याग्दी प्रवासी नेपाली […]

शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार सहयोग जुट्यो

विकल्प न्यूज/बेनी फागुन १८ गते ।परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार रुपैया सहयोग जुटेको छ । म्याग्दी प्रवासी नेपाली संघ जापानको नागोया क्षेत्रिय समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो रकम सहयोगको घोषणा गरेका हुन् । गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि […]

जलजला ७ का अग्नी पीडित सुवेदी परिवारलाई बेलायतबाट ६० हजार सहयोग

विकल्प न्यूज/जलजला फागुन १६ गते । उत्तरी पर्वतको जलजला ७ धाइरिङ सल्यानका अग्नीपीडित इन्दमणि सुवेदीको परिवारलाई बेलायतबाट ६० हजार रुपियाँ सहयोग प्राप्त भएको छ ।  जलजला ७ धारापानी घर भई हाल बेलायतमा वसोवास गर्नुहुने समाजसेवी तथा पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्यको परिवारले उक्त रकम सहयोग गर्नुभएको हो । आचार्यको धर्मपत्नी राधिका आचार्यले बुधवार वडा अध्यक्ष […]

बेगखोलाकी नरमायाको उपचारका लागि दुवईबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । रुखबाट लडेर मेरुदण्ड भाँचीएपछि थला परेकी म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलाकी नरमाया तिलीजाको उपचारका लागि दुवईबाट आर्थिक सहयोग प्राप्त भएको छ ।  मोना दुवईका सहकोषाध्यक्ष अर्जुन कटुवालको पहलमा दुवईमा संकलन भएको तिस हजार ३५५ रुपैयाँ कटुवालका भाई भिमसेन केसीले शनिबार तिलीजाकी आफन्त निरादेवी बुद्धुजा र सुमीत्रा पुनलाई हस्तान्तरण […]

जापानमा जुट्यो ओमकुमारी शान्ति कोषलाई ५२ हजार

विकल्प न्यूज/जापान फागुन १० गते । रोजगारीको शिलशिलामा जापानमा रहेका म्याग्देलीहरुले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई आर्थिक जुटाउन थालेका छन् । कोषका अध्यक्ष राजेश शाक्य जापान भ्रमणमा आएको समयमा यहाँ रहेका म्याग्देलीहरुले सहयोग जुटाउन थालेका हुन । म्याग्दीबाट जापान आएर व्यवसाय सञ्चालन गर्दै आउनुभएका गणेश श्रेष्ठले कोषलाई ५२ हजार रुपियाँ अध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभएको छ […]

प्रवासीको पहलमा विद्यालयलाई पाच लाख सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ८ फागुन । म्याग्दीको मालीका गाउँपालिका ४ मा रहेको महभिर आधारभुत विद्यालयलाई एक प्रवासीको पहलमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मालीका गाउँपालिका ४ च्युरीबोट घर भई हाल बेलायतमा बसोबास गर्नुहुने खिमबहादुर घर्तीमगरको पहलमा बेलायत र हङकङमा संकलन भएको पाच लाख रुपैयाँ विद्यालयलाई उपलब्ध गराइएको हो । ७३ […]

समाजसेवा खुसी साट्ने अवसर हो : कुल आचार्य

विकल्प न्यूज/पर्वत माघ १८ गते । कुल आचार्य गैर आवासीय नेपाली संघ ‘एनआरएनए’को उपाध्यक्ष हुन् । गत अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौमा भएको एनआरएनको आठौ विश्व सम्मेलनबाट उनी उपाध्यक्षमा निर्वाचित भएका हुन् । पर्वतको जलजला गाउँपालिका धाईरिङका कुल प्रसाद आचार्य यस अगाडी यूरोप संयोजकको जिम्मेवारी सम्हालेका थिए । बेलायतका सफल नेपाली व्यवसायी समेत रहेका […]

करुणाको उपचारका लागि बहराईनबाट असी हजार सहयोग

विकल्प न्यूज/बेनी पुस २६ गते । टाउकोमा क्यान्सर भएर थलीएकी म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामकी करुणाको उपचारका लागि बहराईनबाट बुधबार असी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।  परोपकारी संस्था ओमकुमारी शान्तिकोषले १५ विर्षया गर्बुजाको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको करुणा बचाउ अभियानमा दग्नाम बैदेशिक सहयोग समितिले उक्त सहयोग उपलब्ध गराएको हो […]

धनमानका परिवारलाई बेल्जीयमबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २१ पुष । इटाली जाने क्रममा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका धनमान पूर्जाका परिवारलाई बेल्जीयमबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) बेल्जीयमका सदस्य किरन पुन र पाखापानीको कोटगाउँ घर भई हाल बेल्जीयममा रहनुभएका सन पुनको पहलमा संकलन भएको रकम बिहीबार धनमानकी श्रीमती दालसुवा पूर्जालाई हस्तान्तरण […]

मोनाको कार्य बिभाजन

विकल्प न्यूज/बेनी मंसिर १३ गते । प्रवासी नेपाली म्याग्देली संघ (मोना) अन्तराष्ट्रिय समन्वय परिषद् अन्तरगत विभिन्न कार्यदल गठन भएको छ । गत असोज २३ गते दरवाङमा सम्पन्न दोस्रो महाधिवेशनबाट चयन भएको नयाँ कार्य समितिको बैठकले विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । महाधिवेशनका क्रममा जारी भएको घोषणापत्र कार्यान्वयनका लागि कार्यदल गठन गरी जिम्मेवारी बिभाजन […]

‘नेपालमा लगानी गर्न आतुर छौं’ः आचार्य

विकल्प न्यूज/कुश्मा कार्तिक २ गते । गैरआवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यले एनआरएन नेपालको सम्बृद्धीका विषयमा निकै चिन्तित रहेको बताए । उनले बिदेशिएका धेरै युवाहरुको बाल्यकालको शिक्षा कष्टकर भएको भन्दै अब पनि सोहि अवस्था नदोहोरियोस् भन्नका लागि शैक्ष्ँिक क्षेत्रमा सहयोग गर्न पाउ“दा खुशी लागेको बताए । पर्वतको कुश्मास्थीत शिवालय माविमा सञ्चालित […]

कुल आचार्यसंगको कुराकानी

१४ वर्ष अघि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) ले संसारभरि छरिएका प्रवासी नेपालीहरुलाई एकजुट गर्नुका साथै नेपाललाई समृद्ध बनाउन योगदान पुराउने बताउँदै आएको छ। http://www.bbc.com/nepali/41672596 यसै साता काठमाडौंमा सम्पन्न संघको आठौं विश्व संमेलनले जापानमा लामो समयदेखि व्यवसाय गर्दै आएका एकजना व्यवसायी भवन भट्टको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा […]

म्याग्दी उद्दार समिति बहराईनद्धारा शान्ति कोषलाई १३ लाख सहयोग

सन्तोष गौतम /विकल्प न्यूज बेनी १ कात्तिक । म्याग्दी उद्दार समिति बहराईनले परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई करिब तेह् लाख रुपैया सहयोग उपलब्ध गराएको छ । विपन्न र गरिबको उपचारमा सघाउने उद्देश्यले कोषले स्थापना गर्न लागेको एक करोड पचास लाख रुपैयाको अक्षयकोषमा बहराईनमा रहेका म्याग्देलीहरु आवद्ध समितिले तेह् लाख ९३ हजार ३३० रुपैया सहयोग गरेको […]

एनआरएनए मा म्याग्दीका कुँवर र बरुवाल

विकल्प न्यूज/बेनी असोज ३१ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौमा सम्पन्न आठौ विश्व सम्मेलनबाट दुई जना प्रवासी म्याग्देली निर्वाचित भएका छन् । एनआरएनएको यूरोप संयोजकमा शिवकुमार बरुवाल र एसिया प्यासिफीक उपसंयोजकमा बिनोद कुँवार निर्वाचित हुनुभएको हो । अन्नपूर्ण गाउँपालीका ६ घारमा जन्मिएका बरुवाल हाल बेल्जीयम र बेनपा ४ डाडाँखेतमा जन्मिएका कुँवर कोरीयामा बसोबास गर्दै […]