ताजा समाचार:
Search

प्रवास

मोना हङकङ महिला विभागद्धारा म्याग्दीका ६ जना अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी माघ ४ गते ।     म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्रमका अवसरमा संकलन भएको तिनलाख […]

मोना हङकङ ट्रष्टद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय पुरस्कृत

विकल्प न्यूज/बेनी माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले स्थापना गरेको मोना हङकङ ट्रष्ट फण्डद्धारा २०७४ र २०७५ सालको एसईई परिक्षामा सहभागि भई उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका छात्रछात्रा र उनीहरुले अध्ययन गरेको विद्यालयलाई पुरस्कृत गरेको छ । शनिबार मोना हङकङ ट्रष्ट फण्डद्धारा बेनीमा आयोजित कार्यक्रम विच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र […]

सिद्धार्थ माविलाई ल्यापटप र प्राजेक्टर सहयोग

विकल्प न्यूज/बेनी पुस १५ गते ।    यहाँको एक विद्यालयलाई ल्यापटप,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बसोबास गर्नुहुँने समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सहयोग गर्नुभएको हो । विद्यालयको आयोजनामा सम्पन्न […]

कोटखोलाका बाढी पीडितलाई जापानबाट १ लाख ७९ हजार सहयोग

धु्रबसागर शर्मा/विकल्प न्यूज पुस ७ गते । असोज ४ गते राती म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीबाट पीडितहरुका लागि मालिका समाज बागलुङ जापान परिवारले रु १ लाख ७९ हजार सहयोग गरेको छ । बागलुङ जिल्लाको मालिकाबाट रोजगारी र अध्ययनका लागि जापान गएकाहरुको संस्था मालिका समाज बागलुङ जापान परिवारका प्रतिनिधि भबिन्द्र घिमिरेले […]

जेसिज कपको उपाधी न्यू वेष्ट प्वाइन्टले जित्यो (भिडियोसहित)

विकल्प न्यूज/बेनी मंसिर १४ गते ।    म्याग्दी जेसिजद्धारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधि बेनीको न्यू वेष्ट प्वाइन्ट आवशिय माविले हात पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा शनिबार सम्पन्न बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट विच भएको फाइनल खेलमा बुद्धलाई १ विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी […]

घोडेपानीमा प्रवासी म्याग्देलीहरुको अधिवेशन सुरु

साधन राम्जाली /विकल्प न्यूज घोडेपानी, असोज १४ गते । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन सुरु भएको छ । रोजगारी र पेशाको शिलसिलामा संसारका विभिन्न मुलुकहरुमा पुगेका म्याग्दीलीहरुको साझा संस्था मोना अन्तराष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन जिल्लाको प्रमुख पर्यटकीय स्थल घोडेपानीमा सुरु भएको छ । तीन दिन सम्म संचालन हुने महाधिवेशनको संघिय सरकार […]

मृगौला पीडित शर्मालाई मोना कतारको सहयोग

विकल्प न्यूज/बेनी असोज १३ गते ।   म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (मोना) कतारले मृगौला पीडितको उपचारका लागि आर्थिक सहयोग गरेको छ । दुवै मृगौला फेल भएका बेनी नगरपालिका ५ पुलाचौरका डकेनाथ शर्मालाई मोना कतारले उपचारमा सघाउन ४३ हजार सातसय रुपैयाँ सहयोग गरेको हो । सोमबार बेनी स्थित ओमकुमारी शान्तिकोषको सचिवालयमा सहयोग हस्तान्तरण कार्यक्रम […]

मोना साउदी अरेबियाको प्रथम अधिवेशन , अध्यक्षमा पोडेल

विकल्प न्युज म्याग्दी, भदौ २१ गते । म्याग्दी प्रवासी नेपाली संघ मेना साउदी अरेबियाको नयाँ कार्यसमिति गठन भएको छ । विहिबार अनलाइन मार्फत सम्पन्न प्रथम अधिवेशनबाट विपिन पोडेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा करण पुन ,उपाध्यक्षमा दिपक खत्री , महासचिवमा तिलक पुन मगर , सचिवमा तेक रसाईली सहसचिवमा लक्की छन्त्याल […]

जापानको सेन्दाइमा तीज विशेष भेटघाट कार्यक्रम

धु्रबसागर शर्मा /विकल्प न्युज बेनी, भदौ १५ गते । वैदेशिक रोजगारी,अध्ययन वा अन्य कामको शिलशिलामा जापानको सेन्दाइमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना सेन्दाइ क्षेत्रिय कमिटीको आयोजनामा आइतवार तीज विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आफ्नो देश र घरपरिवाबाट टाढा रहेर पनि आफ्नो संस्कार,संस्कृतिको संरक्षण र आपसी सौहार्दता तथा अपनत्वबोध गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा […]

मोना न्युजील्याडको नयाँ कार्यसमिति

विकल्प न्युज म्याग्दी ,भदौ ७ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) न्युजिल्याण्डको दिनेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।मोना न्युजिल्याडको शुक्रबार भएको बैठकबाट गठन भएको कार्यसमितिको उपाध्यक्षहरुमा भरत घर्ती, बेल पुन श्रेष्ठ र सन्तोष थापा चयन हुनुभएको छ । सचिवमा हरि सापकोटा, कोषाध्यक्षमा सुमन कार्की, सहकोषाध्यक्षमा सत्यजंग थापा रहनुभएको छ । सदस्यहरुमा […]

मोनाको महाधिवेशनको तयारी सुरु

विकल्प न्युज बेनी, भदौ २ गते । रोजगार, पेशा व्यवसाय र शिक्षाको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध प्रवासी नेपाली म्याग्देली संघ (मोना)को तेस्रो महाधिवेशनको तयारी सुरु भएको छ । असोजको १४ देखि १६ गतेसम्म अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा हुने महाधिवेशनको तयारीका लागि विभिन्न देशका राष्ट्रिय समितिको साधारणसभा, अधिवेशन र प्रचारप्रसार सुरु […]

म्याग्दी उद्दार समिति बहराइनलाई मोनामा रुपान्तरण

विकल्प न्यूज/बहराइन साउन २८ गते ।  बहराइनमा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी उद्दार समितिलाई सोमबार सम्पन्न ११ औ महाधिवेशनबाट म्याग्दी प्रवासी नेपाली संघ (मोना) बहराइनमा रुपान्तरण गरिएको छ । सन २००२ मा स्थापना भएर बहराइनमा रहेका म्याग्देली र आफ्नो जन्मथलोको आपत, विपत्, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी उद्दार समितिलाई अधिवेशनबाट मोनाको राष्ट्रिय कार्यसमिति बनाइएको […]

सर्वोच्च अदालतको फैसला ‘कर्मचारीले सरकारको आलोचना गर्न पाइन्न’

विकल्प न्युज सिड्नी,साउन २६ गते । अस्ट्रेलियाको सर्वोच्च अदालतले सरकारी कर्मचारीले सरकारका नीतिहरूको आलोचना गरी ट्वीट गर्न नपाउने फैसला सुनाएको छ । कर्मचारीले त्यसो गरेको पाइए तत्कालै पदबाट बर्खास्त गर्नु न्यायसंगत हुने ठहरसमेत सर्वोच्चले गरेको छ । बीबीसीका अनुसार अध्यागमन विभागकी कर्मचारी मिसेला बनेर्जीलाई मुलुकको विवादास्पद आप्रवासन कार्यक्रमको विरोधमा ट्वीट गरेपछि विभागले पदमुक्त गरेको निर्णयलाई अदालतले सही […]

एनआरएनए अध्यक्षमा आचार्यले उम्मेदवारी दिने

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए ) का केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउँदो अक्टोबरमा काठमाडौंमा हुने नवौं विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । प्रवासमा बस्ने हरेक गैरआवासीय नेपालीलाई समेट्ने गरी संघ समावेशी र सशक्त बनाउन आफूले उम्मेदवारी दिन लागेको उनले बताए । लन्डनका व्यवसायी आचार्यले साथीहरुसँग सरसल्लाह गरी आफ्ना एजेन्डा छिट्टै सार्वजनिक गर्ने पनि बताए । […]

सर्वाधिक धनराशीको सीपीए कप भलिबल प्रतियोगिताको तयारी पूरा

गोपाल छन्त्याल /सिड्नी जेठ १९ गते ।  छन्त्याल परिवार अष्टे«लिया (सीपीए)को आयोजनामा यहि जुन ९ मा हुने सर्वाधिक धनराशीको‘प्रथम बेल्सन इन्टरनेशनल पुरुष तथा महिला भलिबलकप’प्रतियोगिताको तयारी पूरा भएको छ । सीपीएले आइतबार पत्रकार सम्मेलन एवम् सहभागि टिमका प्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रमको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा पुरुष स्पर्धा तर्फ […]