प्रवास

माेनाकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित

विकल्प न्युज / बेनी कार्तिक ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न चौथाे महाधिवेशनले म्याग्दीको गुर्जा जन्मघर भई हाल अमेरिकामा बसाेवास गर्नु हुने छन्त्यालकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे निर्वाचन मण्डलका संयाेजक सुवाष कुमार श्रेष्ठले जानकारी दिनुभयाे । यसैगरी वरिष्ठ उपाध्यक्ष […]

सामाजिक कार्यका लागि प्रवासी म्याग्देलीबाट दुई करोड साठी लाख सहयोग भित्रियो

विकल्प न्युज/ बेनी कार्तिक ३ गते ।  प्रवासी म्याग्देलीबाट सामाजिक कार्यका लागि रु दुई करोड ६० लाखभन्दा बढी सहयोग भित्रिएको छ । रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा विदेशिएकाले म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) मार्फत पछिल्लो दुई वर्षका अवधिमा सो सहयोग जन्मथलोमा भित्र्याएका हुन् । मोनाको मङ्गलबारदेखि बेनीमा सुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले […]

उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रवासी म्याग्देलीलाई अनुरोध

विकल्प न्यूज/बेनी कार्तिक २ गते ।  म्याग्दीको विकास र समृद्धिका लागि उत्पादनमुलक क्षेत्रमा लगानी भित्राउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । म्याग्दीको सामाजिक क्षेत्रमा सघाउँदै आएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको बेनीमा सुरु भएको चौथो महाधिवेशनमा बोल्ने वक्ताहरुले जिल्लाको विकासका लागि उत्पादनमुलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा […]

बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू ( भिडियो /फाेटाे )

विकल्प न्युज/बेनी कार्तिक २ गते । बेनीमा माेनाकाे चौथाे महाधिवेशन सुरू भएको छ । अधिवेशन सुरू हुनुभन्दा अघि बेनीमा झाँकि र वाजागाजा सहित र्यालि निकालिएको छ ।  जिसस सभाहलमा अधिवेशनकाे उद्घाटन सांसद  भुपेन्द्र बहादुर थापाले गर्नुभएको छ। विभिन्न पेशा र राेजगारिकाे क्रममा संसारभर छरिएर रहेका म्याग्देेलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (माेना) अन्तर्राष्ट्रिय कार्यकारि […]

बेनीमा हुने माेनाकाे चौथो महाधिवेशनकाे तयारी पूरा (भिडियो सहित)

विकल्प न्युज/ बेनी कार्तिक १ गते ।  संसारभर छरिएका म्याग्देलिहरूकाे साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(माेना) अन्तर्राष्ट्रिय कार्यकारी समितिकाे कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनकाे तयारि पूरा भएको अायाेजकले बताएका छन् । साेमबार माेनाकाे सचिवालयमा अायाेजित पत्रकार भेटघाट कार्यक्रममा माेनाका महासचिव विक्रम कार्कीले अधिवेशनकाे सवै तयारी पूरा भएको जानकारी दिनुभएको हाे । […]

मोनाको चौथो महाधिवेशन ः अध्यक्षमा तिन जनाको उम्मेदवारी दर्ता

विकल्प न्यूज/बेनी असोज ३१ गते । नयाँ नेतृत्व चयनका लागि कार्तिक २ र ३ गते बेनीमा हुने म्याग्दी प्रवासी नेपाल संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनमा तिनजनाले अध्यक्ष पदमा उम्मेदावरी दर्ता गराएका छन् । समितिका वर्तमान वरिष्ठ उपाध्यक्ष मीम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिव विक्रम कार्कीले आगमी नेतृत्वको दावी गर्दै अध्यक्ष पदका लागि […]

बेनीमा हुने मोनाको चौथो महाधिवेशनको तयारी

विकल्प न्यूज/बेनी असोज २४ गते । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोनाको) चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तराष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले अहिलेसम्म २९ देशमा राष्ट्रिय कार्यकारी समितिको शाखा विस्तार गरिसकेको […]

जापानमा रहेका धाइरिङवासीले पठाए पहिरोपीडितलाई राहत

विकल्प न्यूज/जलजला साउन ११ गते । रोजगारीका क्रममा जापानमा रहेका धाइरिङवासीहरुले यहाँका पहिरोपीडितहरुलाई राहत पठाएका छन् । गत असारमा आएको बाढीपहिरोका कारण विस्थापित भएका धाइरिङ किराखोरवासीहरुको सहयोगका लागि जापानमा ३ लाख १२ हजार रुपैयाँ सहयोग रकम जुटेको हो । जापानमा रहनुभएका नवराज आचार्य र रामकृष्ण आचार्यको अगुवाईमा संकलन भएको राहत रकम आइतबार जलजला क्रियटीभ युथ […]

बाढीपहिरो पीडितलाई घर हस्तान्तरण

विकल्प न्यूज/बेनी असार २० गते ।    म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर बनाएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चावी हस्तान्तरण गरिएको हो । जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका […]

अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग

विकल्प न्यूज/बेनी जेठ २४ गते ।  म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी स्वास्थ्य सामग्री खरिद गरेर […]

मोना यूकेद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी, जेठ १४ गते । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् । मोना यूकेले बेनी अस्पताललाई १ थान, मोना आइसीमार्फत म्याग्दीमै […]

कोरियामा रहेका विनोद कुँवरद्धारा अस्पताललाई ५ वटा अक्सिजन सिलिण्डर सहयोग

विकल्प न्यूज/बेनी जेठ ६ गते ।  म्याग्दीमा तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन दक्षिण कोरियामा रहेका एक म्याग्देलीले बेनी अस्पतालले स्थापना गरेको अक्सिजन बैंकलाई पाँच सिलिण्डर सहयोग गरेका छन्। लामो समयदेखि कोरियामा ब्यवसायसँगै सामाजिक संघसंस्थामा आवद्ध बेनी नगरपालिका–५ चुत्रेनीका विनोद कुँवरले कोरोना संक्रमतिको उपचारका लागि ५ वटा सिलिण्डर अस्पताललाई उपलब्ध गराएका […]

भारतमा एकैदिन थपिए ७२ हजार बढी कोरोना संक्रमित

१९ चैत, काठमाडौं ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७२ हजार ३३० संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप ४५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हादसम्म भारतमा कोरोना संक्रमितको संख्या एक करोड २२ लाख नाघेको छ । एक लाख ६२ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु […]

प्रवासी म्याग्देलीद्धारा बाढीपहिरो पीडितको पुर्नस्थापना अभियान सुरु

विकल्प न्यूज/बेनी माघ ७ गते ।      गत असार २५ गते आएको भिषण पहिरोका कारण घर विहिन भएका बाढीपहिरो पीडितहरुको पुर्नवासका लागि प्रवासी म्याग्देलीहरुले घर बनाउन सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) को अगुवाईमा बुधवार रघुगंगा गाउँपालिकाको ५ झिँबाट अभियानको सुरुवात गरिएको पुर्नबास अभियानका सदस्य दल शेरबुजाले बताउनुभयो । बाढीपहिरोका कारण घर गुमाएका […]

पुस २ गतेदेखि काठमाडौँ–दिल्ली उडान हुने, तयारी तीव्र

काठमाडौँ-कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौ–नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो । काठमाडौ–नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्ने छन्। दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’को अवधारणाअन्तर्गत काठमाडौँ र दिल्लीबीच नियमित निर्धारित उडान पुनःशुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले […]