समाचार

तिन करोडको लागतमा शसस्त्र प्रहरी गुल्मको भवन निर्माण

निरज थकाली/विकल्प न्यूज मुस्ताङ २५ पुष । शसस्त्र प्रहरी सिमा सुरक्षा गुल्म मुस्ताङको सदरमुकाम जोमसोममा करिब तिन करोड रुपैयाँको लागतमा भवन निर्माण भएको छ । दुई करोड ९९ लाख रुपैयाँको लागतमा ९ कोठे पक्की भवन निर्माण भएको हो । यसअघि जोमसोमको सामुदायीक भवनमा गुल्म रहेको थियो । छ रोपनी क्षेत्रफलमा फैलीएको आफ्नै जग्गामा भवन निर्माण […]

दुई बुँदे सहमतीपछि महासंघको कार्यालयमा लागेको ताला खुल्यो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ पुष । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको कार्यालयमा भएको तालाबन्दी सोमबार खुलेको छ । महासंघको शाखाका पदाधीकारी र जिल्लामा क्रियाशिल पत्रकार संगठनका प्रतिनिधिको उपस्थितीमा भएको छलफलमा दुई बुँदे सहमती भएपछि नेपाल प्रेस युनियनले लगाएको ताला खुलेको हो । सरकारी कर्मचारी, स्थाई शिक्षक र राजनितिमा क्रियाशिल व्यक्तिहरुलाई शाखाले महासंघको साधारण सदस्यका […]

आलु र सुन्तला खेती सम्बन्धि तालीम

सन्तोष गौतम/विकल्प न्यूज बेनी २५ पुष । म्याग्दीको बेनीमा सोमबारदेखि आलु र सुन्तला खेती सम्बन्धि जिल्ला स्तरीय तालीम सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालयले छुट्टा, छुट्टै ठाउँमा सञ्चालन गरेको तालीममा बिसबिस जना अगुवा कृषकहरुको सहभागिता रहेको छ । आलु खेती सम्बन्धि तालीममा नांगी, राम्चे, हिस्तान, शिख, घार, हिदी र सुन्तला खेती सम्बन्धिमा बरंजा, […]

बौद्धिक अपाङगता विद्यार्थीका अभिभावकलाई अगरवत्ती बनाउने तालिम

विकल्प न्यूज/बेनी पुस २५ गते । बेनी नगारपालिका, ११ बगुवाखोला स्थित बालजागृति बौद्धिक अपाङ्गता श्रोत कक्षामा अध्ययनरत बौद्धिक अपा¨ता विद्यार्थीका अभिभावकका लागि अगरवत्ति बनाउने तालिम सोमबार सम्पन्न भएको छ । शिक्षा कार्यालयको संयोजन, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पुस १९ गतेदेखी श्रोत कक्षामा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई संञ्चालन गरेको अगरबत्ति बनाउने […]

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ पुष । म्याग्दीको भकिम्ली ७ हलेगौडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनीबाट भकिम्ली जाँदै गरेको ध १ त ३२०५ नम्बरको ट्याक्टर आईतबार साँझ दुर्घटना हुँदा चालक बेनपा ४ बगरफाँटका ४५ वर्षिय हर्कबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टरको पछाडीको भाग सडकबाट खसेपछि […]

बेनीमा फागुनपछि चौबीसै घण्टा खानेपानी आपूर्ती

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ पुष । म्याग्दी सदरमुकाम बेनी बजारमा आगामी फागुन महिनापछि चौबिसै घण्टा नियमित खानेपानी आपूर्ती गर्ने तयारी भएको छ । बेनी खानेपानी तथा सरसफाई आयोजनाको क्षमत्ता विस्तार गरेर बजारका ९२० घरधुरी उपभोक्तालाई चौबिसै घण्टा शुद्ध खानेपानी आपूर्तीको व्यवस्था मिलाउन लागिएको हो । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आईतबार बेनीमा भएको […]

सूचनाको हक सम्बन्धि व्यवस्था कार्यान्वयन र संरक्षण गर्ने प्रतिवद्धता

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ पुष । म्याग्दीका सरकारी कार्यालय प्रमुखहरुले सूचनाको हक सम्बन्धि व्यवस्थाको कार्यान्वयन र संरक्षण गर्न सात बुँदे प्रतिवद्धता व्यक्त गरेका छन् ।राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोताको आतिथ्यतामा आईतबार बेनीमा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको अध्यक्षतामा बसेको कार्यालय प्रमुखहरुको बिशेष बैठक मार्फत प्रतिवद्धता जारी गरिएको हो ।सूचना लिने दिने […]

म्याग्दीकाली सञ्चार सहकारीको अध्यक्षमा प्रमोद श्रेष्ठ

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ पुस । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थाको शनिबार सम्पन्न नवौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा पुन प्रमोद श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । म्याग्दी काली एफ एम ८८.२ मेगाहर्ज, केवुल टेलिभिजन र ईन्टरनेट सेवा प्रदान गर्दै आएको संस्थाको उपाध्यक्षमा बिजय श्रेष्ठ, सचिवमा रामजीप्रसाद सुवेदी, सहसचिवमा भिष्म […]

म्याग्दीमा नयाँ शक्ति युवा अभियानको संयोजकमा खड्का

सन्तोष गौतम/विकल्प न्यूज बेनी २३ पुष । नयाँ शक्ति युवा अभियान म्याग्दीको संयोजकमा मनबहादुर खड्का चयन हुनुभएको छ । अभियानको शनिबार बेनीमा सम्पन्न भेलाले रमेश परियारलाई सहसंयोजक चयन गरेको छ । अभियानको सदस्यहरुमा मानसिङ बिक, कृष्ण मल्ल, रणबहादुर किसान, हस्तराम खाती, पृथ्वीराज मल्ल, मौसम खत्री, प्रकाश पुन र दिपक खड्का रहनुभएको नयाँ शक्ति म्याग्दीले जनाएको […]

मृगौला परिक्षण शिविरमा ७७ जनाले मृगौला परिक्षण गराए

विकल्प न्यूज/बेनी पुुस २२ गते । नेपाल प्रेस युनियन म्याग्दी शाखाले शुक्रबार आयोजना गरेको निशुल्क मृगौला परिक्षण शिविरमा ७७ जनाले आफ्नो मृगौला परिक्षण गरेका छन् । हरेक नेपालीको मृगौला परिक्षण गर्ने स्वास्थ्य मन्त्रालयको अभियानलाई सफल बनाउने उद्देश्यले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीसँग सहकार्य गरेर युनियनले एकदिने शिविर आयोजना गरेको हो । शिविरमा ४० जना पत्रकार÷सञ्चारकर्मी र […]

बानियाँ बन्धु समाजद्वारा महायज्ञको आयव्यय सार्वजनिक

विकल्प न्यूज/बेनी पुस २२ गते । बानियाँ बन्धु समाज जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा महायज्ञमा सङ्कलित रकमको आयव्यव विवरण सार्वजनिक भएको छ । गएको मंसिर २२ देखि २८ गतेसम्म पुला भिरमुनीमा सञ्चालित श्रीमद्भागवत् धनधान्याचल एवं पितृमोक्ष सप्ताह ज्ञान महायज्ञबाट सङ्कलित रकमको एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । साप्ताहिक महायज्ञबाट झण्डै १ करोड रुपैयाँ सङ्कलन गरिएको […]

मोना कतारद्धारा खत्री सम्मानित

विकल्प न्यूज/कतार पुस २२ गते । ‘प्रवासी म्याग्देली दृस्टी, सम्बृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नाराका साथ् सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपाली संघ, रास्ट्रिय कार्यकारी समिति कतार (मोना कतार)ले सस्थाका भूतपूर्व उपाध्यक्ष तथा मोना अन्तराष्ट्रिय कार्यसमितिका क्षेत्रीय उपाध्यक्ष बाल कृष्ण खत्रीलाई बुधबार साझ एक कार्यक्रमका बीच सम्मान तथा बिदाइ गरेको छ । कतारमा […]

यसरी हुँदै छ दाना सव–स्टेशनको निर्माण(फोटो सहित)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस २२ गते । नेपाल विद्युत प्राधिकारणले २२० केभी क्षमताको कालिगण्डकी प्रशारण करिडोर आयोजनाको निर्माण कार्य तिव्ररुपमा अगाडी बढाएको छ । प्रशारण लाइन अन्तर्गत म्याग्दीको दानामा सबस्टेशन निर्माण सुरु गरिएको छ । साथै आयोजनाले प्रशारण लाइनको टावर राख्ने ठाउँका लागि सर्वेक्षण गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।   म्याग्दीको उत्तरी […]

बेनी नगरपालिकाद्वारा रु ७ करोड ६८ लाखको बजेट प्रस्तुत

विकल्प न्यूज/बेनी पुस २१ गते । बेनी नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि रु ७ करोड ६८ लाख २३ हजार बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ । बेनी नगरपालिकाद्धारा विहिबार आयोजना गरेको नीति,योजना तथा कार्यक्रम सार्बजनिकीकरण कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले उक्त बजेट प्रस्ताव गर्नुभएको हो ।पूँजीगत तर्फ ६ करोड पाँचलाख ८८ […]

धौलागिरि सेञ्चुरी पदमार्गको शुभारम्भ

सन्तोष गौतम/विकल्प न्यूज काठमाडौ २१ पुस । म्याग्दीको रघुगंगा क्षेत्रको फन्को लगाउने धौलागिरि सेञ्चुरी पदमार्ग सञ्चालनमा आएको छ । बेनी देखि आठ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दक्षिणी आधार शिवीरसम्म पुग्ने पदमार्गको म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले नक्सा सार्वजनिक गरेर शुभारम्भ गर्नुभएको हो […]