समाचार

पन्थी डेरीको बेनी बिक्री केन्द्रको दूध नष्ट गरियो

विकल्प न्यूज/बेनी फागुन ९ गते । पोखरामा रहेको पन्थी डेरीको बेनीको अस्पताल चोक स्थित बिक्री केन्द्रमा राखिएको तिनसय लिटर दूध सोमबार नष्ट गरिएको छ । गत हप्ता आपूर्ती मन्त्रालय र स्थानीय सरोकारवालाहरुको संयुक्त अनुगमनले म्याद नाघेको पोका दूध र दही विक्री गर्न राखेको भन्दै सिलबन्दी गरेको थियो ।म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि […]

लडेर दृष्टिविहीन छात्राको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ फागुन । म्याग्दीको पिप्ले ९ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालीत दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ । विद्यालयमा निर्माणाधिन भवनबाट आईतबार साँझ लडेर रडमा ठोक्कीदाँ घाइते भएकी ८ वर्षिया यममाया बिकको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]

प्रनाउ खड्कालाई उवासंघको स्वागत

विकल्प न्यूज/बेनी फागुन ८ गते । प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सरुवा भई म्याग्दीको प्रहरी प्रमुखका रुपमा आएकी प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्कालाई आइतबार म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य, मानार्थ सदस्य नैनकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिका केन्द्रीय सदस्य सृजना श्रेष्ठ र […]

भलिबल खेलाडी आमा बालकुमारीको जिवन बचाउँन अपिल

विकल्प न्यूज/बेनी फागुन ८ गते । बेनी नगरपालिका ९ घतानका राष्ट्रिय भलिबल खेलाडी सुजन चोखालको आमा बालकुमारी चोखालको जिवन रक्षाका लागि अभियान सुरु गरिएको छ । एक वर्ष अघि आन्द्राको क्यान्सरबाट पीडित हुनुभएको चोखालको घरपरिवारको आर्थिक अवस्था कमजोर रहेको छ । चोखालको उपचार गर्दा अहिले सम्म ७ खाल भन्दा वढी ऋण परिवारको थाप्लोमा परेको छ […]

शिवालय मन्दिरमा महायज्ञ सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ फागुन । धार्मीक तथा ऐतीहाँसीक महत्वको बेनी शिवालय मन्दिरमा आईतबारदेखि महाशिव पुराण ज्ञान महायज्ञ सुरु भएको छ । मन्दिरमाथी बिशाल बरको रुख रहेको शिवालय मन्दिरमा पूर्वाधार विस्तार, संरक्षण र प्रचारप्रसार गरि धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । बेनी शिवालय मन्दिर संरक्षण समितिले आयोजना […]

गरिमा विकास बैंक बेनी शाखामा एटिएम सेवा सुरु

विकल्प न्यूज/बेनी फागुन ८ गते । बेनीको न्यूरोडमा रहेको गरिमा विकास बैंक बेनी शाखाले एटिएम सेवा सुरु गरेको छ । आइतबार बैंक सञ्चालक समितिका सदस्य हरिकुमार श्रेष्ठ र बैकका कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले एटिएम सेवाको उद्घाटन गर्नुभएको हो । बैकका सेवाग्राहीले २४ सै घण्टा पैसाको आवश्यकता बाट बञ्चित हुन नपरोस भनेर यो सेवा संचालनमा ल्याएको […]

क्रान्तिकारीद्धारा स्ववीयु चुनावको उमेद्वार घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ फागुन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आसन्न स्ववियु चुनावमा म्याग्दी बहुमुखी क्याम्पसमा उमेद्वारी घोषणा गरेको छ । बेनीमा आईतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित प्रत्यक्ष मतदानबाट निर्वाचित हुने छ जना सदस्यहरुको उमेद्वारी घोषणा गरेको हो । अखिल क्रान्तिकारीले म्याग्दी क्याम्पसको स्ववीयु सभापतीमा […]

सञ्चारकर्मी बरालको लभ पर्न सक्छ बजारमा

विकल्प न्यूज/बेनी फागुन ८ गते । सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ । गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो । बरिष्ठ गीतकार बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीतमा आवाज भर्न […]

बेनीमा कर्मचारी र नेताहरुबीच मैत्रीपूर्ण फुटबल

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ फागुन । बेनीमा आईतबार म्याग्दीमा क्रियाशिल राजनितिक दलका नेता र सरकारी कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।६७ औ प्रजातन्त्र दिवस मुल समारोह समिती र जिल्ला खेलकुद विकास समितिले बेनीको खुल्ला मञ्चमा फुटबल खेल आयोजना गरेको हो । खेलमा कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र नेताहरुको नेतृत्व […]

सुरक्षा अवस्थाको विषयमा छलफल

सन्तोष गौतम /विकल्प न्यूज बेनी ८ फागुन । म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले सरोकारवालाहरुसंग जिल्लाको सुरक्षा अवस्थाको विषयमा छलफल गर्नुभएको छ । शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन सुझाव संकलन गर्ने उद्देश्यले नागरिक समाज, उद्योगी, व्यवसायी, राजनीतिकर्मी, पत्रकार लगायतसंग छलफल गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयबाट गत हप्ता म्याग्दीमा सरुवा हुनुभएका प्रनाउ खड्काले […]

बरंजाको पखेर प्राथमिक विद्यालयको सातौ वार्षीक उत्सव

विकल्प न्यूज/बेनी फागुन ७ गते । म्याग्दीको वरंजा गाविस २ पखेरमा रहेको पखेर प्राथमिक विद्यालयले आफ्नो सातौ वार्षिक उत्सव विविध कार्यक्रमका साथ सुरु गरेको छ । शनिवार देखि सुरु भएको वार्षीक उत्सवको प्रमुख अतिथि व्यवस्थापिका संसदका सदस्य एवम पूर्व पशुपंक्षी विकास राज्य मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो ।   कार्यक्रममा पूर्व राज्य मन्त्री पुनले […]

म्याग्दीमा प्रजातन्त्र र निर्वाचन दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ फागुन । बेनीमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर ६७ औ प्रजातन्त्र तथा प्रथम निर्वाचन दिवस मनाइएको छ ।प्रभातफेरी, प्रवचन र अन्तरक्रिया कार्यक्रम आयोजना गरि दिवस मनाइएको हो । दिवसको अवसरमा राजनितिकर्मी, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र विद्यार्थीहरुले बेनीमा विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित ¥याली निकालेका थिए ।    जिल्ला प्रशासन […]

नागीलाई चिनाउने म्युजीक भिडीयो(भिडियो सहित)

सन्तोष गौतम/विकल्प न्यूज फागुन ६ गते । म्याग्दीको राम्चे गाविसको १ र २ नम्बर वडामा पर्ने नांगी गाउँलाई चिनाउने उद्देश्यले म्युजीक भिडीयो तयार भएको छ । स्थानीय हिमाञ्चल मावीका शिक्षक कृष्ण पुर्जा पुनको “मेरो नांगी गाउँ” भन्ने गितको म्युजीक भिडीयो सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनीक भएको हो । सूचना प्रबिधिका अभियन्ता महाविर पुनको जन्मथलो समेत […]

वडा कार्यालयको जग्गादातालाई नागरिक अभिनन्दन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ६ फागुन । बेनी नगरपालिका १३ र १४ को भवन निर्माणका लागि जग्गा उपलब्ध गराएकी सिंगाकी कृष्णकुमारी भट्टचनलाई नागरिक अभिनन्दन् गरिएको छ ।बेनपा १४ निवासी भट्टचन परिवारले वडा कार्यालय भवन निर्माणका लागि पन्ध्र लाख दश हजार रुपैयाँ मूल्य बराबरको सिंगामा रहेको १५ आना एक दाम जग्गा उपलब्ध गराउनु भएको थियो । […]

चार सय वर्ष पुरानो शिवालय मन्दिरको प्रर्वद्धनमा स्थानीयको सक्रियता

सन्तोष गौतम/विकल्प न्यूज बेनी ६ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको चार सय वर्ष पुरानो शिवालय मन्दिरको संरक्षण र प्रर्वद्धनका लागि स्थानीय बासीन्दाले सक्रियता देखाएका छन् । बाईसे चौबिसे राज्यका पालामा निर्मीत उक्त मन्दिरमाथी ठूलो बरको रुख रहेको छ । तत्कालीन ज्यामरुककोटे राजा भद्रिबम मल्लले चार सय वर्ष पहिले यो मन्दिर स्थापना गरेको किम्बदन्ती छ […]