ताजा समाचार:
Search

समाचार

थप बीस वटा विद्युतीय पुस्तकालय स्थापना गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज बेनी ११ फागुन । म्याग्दीका थप बीस वटा शैक्षिक संस्थामा विद्युतीय पुस्तकालय स्थापना गर्ने तयारी भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले थप बीस वटा विद्युतीय पुस्तकालय जडानका लागि आवश्यक पर्ने दश लाख रुपैया नेपाल लाईब्रेरी फाउण्डेशनलाई उपलब्ध गराएको छ ।मोनाका कोषाध्यक्ष तथा विद्युतीय पुस्तकालय कार्यदलका संयोजक चक्रबहादुर थापा, सहकोषाध्यक्ष तथा […]

बेनी बजारमा झर मायालु गीतको विमोचन (भिडियो सहित)

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीका चर्चित हाँस्यकलाकार एवम् गायक रवि कार्कीको बेनी बजारमा झर मायालु गीतको म्यूजिक भिडियोको बिमोचन गरिएको छ । काउँलेगौडा युवाक्लव बेनपा ९ घतानले  बेनीको रुचि चलचित्रहलमा मंगलबार आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भिडियो क्लिक गरेर विमोचन गुर्नभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले युवा पुस्ताको […]

शिखमा सार्वजनीक सुनुवाइ सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज शिख १० फागुन । म्याग्दीको शिखमा मंगलबार सार्वजनीक सेवा प्रवाह र विकास निर्माण सम्बन्धि सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शिख गाविस कार्यालयको आयोजनामा भएको सार्वजनीक सुनुवाईमा स्थानीय बासिन्दाले गाविस लगायत विषयगत कार्यालय मार्फत प्रवाह हुने सेवा प्राप्त गर्दा भोगेका समस्या, विकास निर्माणको अवस्था र समाधानका उपायका विषयमा अन्तरक्रिया भएको थियो […]

यसरी वित्यो राहुघाटका सात वर्ष

सन्तोष गौतम/विकल्प न्यूज फागुन १० गते । नेपाल विद्युत प्राधिकरणले म्याग्दीमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजना ठेक्का प्रक्रियामा अल्झीएको छ । डेढ वर्षअघि भारतीय निर्माण कम्पनी आइभिआरसिएलसँगको सम्झौता तोडेर गत असारमा सुरु भएको नयाँ ठेक्का प्रक्रिया अझै टुङ्गीएको छैन् । सिभिल निर्माणको ठेक्का पाएको आईभिआरसिएलले अपेक्षित काम गर्न नसकेपछि २०७२ असारमा प्राधिकरण ठेक्का तोडेको […]

वैशाख ३१ मा स्थानीय चुनाव गर्ने सरकारको घोषणा

९ फागुन, काठमाडौं । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति गर्ने निर्णय गरेको हो । आयोगले वैशाख ३१ कै मिति सुझाएको थियो ।सुरुमा स्थानीय चुनाव दुई चरणमा गर्ने तयारी थियो । र, आयोगले जेठ १ र २१ […]

पन्थी डेरीको बेनी बिक्री केन्द्रको दूध नष्ट गरियो

विकल्प न्यूज/बेनी फागुन ९ गते । पोखरामा रहेको पन्थी डेरीको बेनीको अस्पताल चोक स्थित बिक्री केन्द्रमा राखिएको तिनसय लिटर दूध सोमबार नष्ट गरिएको छ । गत हप्ता आपूर्ती मन्त्रालय र स्थानीय सरोकारवालाहरुको संयुक्त अनुगमनले म्याद नाघेको पोका दूध र दही विक्री गर्न राखेको भन्दै सिलबन्दी गरेको थियो ।म्याद सकिएको पोका दूध र दही बिक्रीका लागि […]

लडेर दृष्टिविहीन छात्राको मृत्यु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी ९ फागुन । म्याग्दीको पिप्ले ९ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालीत दृष्टिविहीन स्रोत कक्षामा अध्ययनरत एक छात्राको लडेर मृत्यु भएको छ । विद्यालयमा निर्माणाधिन भवनबाट आईतबार साँझ लडेर रडमा ठोक्कीदाँ घाइते भएकी ८ वर्षिया यममाया बिकको उपचारका लागि बेनी अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ […]

प्रनाउ खड्कालाई उवासंघको स्वागत

विकल्प न्यूज/बेनी फागुन ८ गते । प्रहरी प्रधान कार्यालय काठमाडौंबाट सरुवा भई म्याग्दीको प्रहरी प्रमुखका रुपमा आएकी प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्कालाई आइतबार म्याग्दी उद्योग वाणिज्य संघले स्वागत गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कर्माचार्य, मानार्थ सदस्य नैनकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिका केन्द्रीय सदस्य सृजना श्रेष्ठ र […]

भलिबल खेलाडी आमा बालकुमारीको जिवन बचाउँन अपिल

विकल्प न्यूज/बेनी फागुन ८ गते । बेनी नगरपालिका ९ घतानका राष्ट्रिय भलिबल खेलाडी सुजन चोखालको आमा बालकुमारी चोखालको जिवन रक्षाका लागि अभियान सुरु गरिएको छ । एक वर्ष अघि आन्द्राको क्यान्सरबाट पीडित हुनुभएको चोखालको घरपरिवारको आर्थिक अवस्था कमजोर रहेको छ । चोखालको उपचार गर्दा अहिले सम्म ७ खाल भन्दा वढी ऋण परिवारको थाप्लोमा परेको छ […]

शिवालय मन्दिरमा महायज्ञ सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी ७ फागुन । धार्मीक तथा ऐतीहाँसीक महत्वको बेनी शिवालय मन्दिरमा आईतबारदेखि महाशिव पुराण ज्ञान महायज्ञ सुरु भएको छ । मन्दिरमाथी बिशाल बरको रुख रहेको शिवालय मन्दिरमा पूर्वाधार विस्तार, संरक्षण र प्रचारप्रसार गरि धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो । बेनी शिवालय मन्दिर संरक्षण समितिले आयोजना […]

गरिमा विकास बैंक बेनी शाखामा एटिएम सेवा सुरु

विकल्प न्यूज/बेनी फागुन ८ गते । बेनीको न्यूरोडमा रहेको गरिमा विकास बैंक बेनी शाखाले एटिएम सेवा सुरु गरेको छ । आइतबार बैंक सञ्चालक समितिका सदस्य हरिकुमार श्रेष्ठ र बैकका कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले एटिएम सेवाको उद्घाटन गर्नुभएको हो । बैकका सेवाग्राहीले २४ सै घण्टा पैसाको आवश्यकता बाट बञ्चित हुन नपरोस भनेर यो सेवा संचालनमा ल्याएको […]

क्रान्तिकारीद्धारा स्ववीयु चुनावको उमेद्वार घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ फागुन । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आसन्न स्ववियु चुनावमा म्याग्दी बहुमुखी क्याम्पसमा उमेद्वारी घोषणा गरेको छ । बेनीमा आईतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित प्रत्यक्ष मतदानबाट निर्वाचित हुने छ जना सदस्यहरुको उमेद्वारी घोषणा गरेको हो । अखिल क्रान्तिकारीले म्याग्दी क्याम्पसको स्ववीयु सभापतीमा […]

सञ्चारकर्मी बरालको लभ पर्न सक्छ बजारमा

विकल्प न्यूज/बेनी फागुन ८ गते । सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ । गीतमा डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो । बरिष्ठ गीतकार बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीतमा आवाज भर्न […]

बेनीमा कर्मचारी र नेताहरुबीच मैत्रीपूर्ण फुटबल

सन्तोष गौतम/विकल्प न्यूज बेनी ८ फागुन । बेनीमा आईतबार म्याग्दीमा क्रियाशिल राजनितिक दलका नेता र सरकारी कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।६७ औ प्रजातन्त्र दिवस मुल समारोह समिती र जिल्ला खेलकुद विकास समितिले बेनीको खुल्ला मञ्चमा फुटबल खेल आयोजना गरेको हो । खेलमा कर्मचारीको नेतृत्व प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र नेताहरुको नेतृत्व […]

सुरक्षा अवस्थाको विषयमा छलफल

सन्तोष गौतम /विकल्प न्यूज बेनी ८ फागुन । म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले सरोकारवालाहरुसंग जिल्लाको सुरक्षा अवस्थाको विषयमा छलफल गर्नुभएको छ । शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन सुझाव संकलन गर्ने उद्देश्यले नागरिक समाज, उद्योगी, व्यवसायी, राजनीतिकर्मी, पत्रकार लगायतसंग छलफल गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयबाट गत हप्ता म्याग्दीमा सरुवा हुनुभएका प्रनाउ खड्काले […]