ताजा समाचार:
Search

समाचार

स्थानीय तहमा जनप्रतिनिधिको प्रतिक्षा

सन्तोष गौतम, बेनी/विकल्प न्यूज फागुन १७ गते । करिब दुई दशकपछि स्थानीय निकायमा जनप्रतिनिधि चुन्न पाउने भएपछि म्याग्दीबासी खुसी भएका छन् । सरकारले फागुन ९ गते स्थानीयतह निर्वाचनको मिति घोषणा गरेपछि जनतामा खुसी र राजनीतिक कार्यकर्तामा उत्साह छाएको छ । जनता खुसी कार्यकर्ता उत्साहित चुनावी रणनीति बनाउँदै नेता दलहरु चुनाव केन्द्रित गाउँका राजनीतिकर्मी, अगुवा, युवा, […]

नेकपा एमाले धाइरिङ गाँउ कमिटीको नवौं अधिवेशन सम्पन्न

विकल्प न्यूज/पर्वत फागुन १८ गते । नेकपा एमाले धाइरिङ गाउँ कमिटीको नवौं अधिवेशनले अध्यक्षमा ओमवहादुर पुनलाई चयन गरेको छ । सोमबार सम्पन्न गाउँ अधिवेशनले पुनको अध्यक्षतामा ८ सदस्य पछि थप्ने गरी २१ सदस्य गाउँ कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटिको उपाध्यक्षमा जयन्ती आचार्य, सचिवमा वेदनाथ आचार्य र उपसचिवमा तारानाथ आचार्य चयन हुनुभएको छ […]

द्धन्द्धपीडितका लागि तालीम सुरु

विकल्प न्यूज/बेनी बेनी १५ फागुन । बेनीमा आईतबारदेखि द्धन्द्धपीडित तथा परिवारका लागि सीप विकास कार्यक्रम अन्तरगत कागजको शृङगारका सामाग्री निर्माण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । स्थानीय शान्ति समितिको कार्यालय म्याग्दीको आयोजनामा १० दिनसम्म सञ्चालन हुने तालीममा १५ जनाको सहभागिता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले तालीममा सिकेको […]

अदालतको काम कारबाही नागरिक मैत्री हुनुपर्ने

सन्तोष गौतम/विकल्प न्यूज बेनी १६ फागुन । न्याय परिषद्का सचिव नहकुल सुवेदीले अदालतको काम कारबाही नागरीक मैत्री हुनुपर्ने बताउनु भएको छ । गृहजिल्ला म्याग्दीको बेनीमा उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सुवेदीले न्यायपालिकाको काम कारबाहीलाई आम सर्वसाधारणको पहुँचमा पु¥याउन प्राथमिकता दिइएको बताउनुभयो ।पहुँचको आधारमा बजेट बाँडफाँड गर्ने प्रवृती न्यायसंगत नभएको बताउँदै […]

नांगीमा पर्यटक पथप्रर्दशक तालीम सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ फागुन । म्याग्दीको पर्यटकीय स्थल नांगीमा सञ्चालित पर्यटक पथप्रर्दशक तालीम बिहीबार सम्पन्न भएको छ । स्थानीय स्तरमा दक्ष पथप्रर्दशक उत्पादन गरि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले माघ २४ गतेदेखि तालीम सुरु भएको थियो । १७ दिनसम्म सञ्चालन भएको तालीममा म्याग्दीको हिस्तान, राम्चे, शिख, घार, भकिम्ली, बिम, नारच्याङ र पर्वतको लेकफाँट, […]

दलित संघको नयाँ कार्यसमिति चयन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ फागुन । नेपाली काँग्रेस निकट नेपाल दलित संघ म्याग्दीको बेनीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट थमन घिमीरे विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ । सर्वसम्मत निर्वाचित कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा ईन्द्र विश्वकर्मा, उपाध्यक्षमा बालकुमार लामिछाने विश्वकर्मा, महिला उपाध्यक्षमा सुकमाया विश्वकर्मा, सचिवमा टिकाराम विश्वकर्मा, कोषाध्यक्षमा टिकाबहादुर माईलीपार विश्वकर्मा, सहसचिवमा भिम परियार […]

लागू औषध सहित तिन जना पक्राउ

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ फागुन । म्याग्दीको बेनीबाट लागू औषध सहित तिन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । बेनीको कालीपुल बसपार्कबाट डाईजेपाम, फेनोरागन, टालजेसिक र सुई सहित रुपन्देही खैरेनी ४ का १८ वर्षिय अजय शेन्चुरी, २० वर्षिय राजु राना र कास्कीको पोखरा उपमहानगरपालीका १५ का २१ व्र्षिय सोनम घतानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी […]

राप्रपाको केन्द्रिय सदस्यमा गौचन दाजुभाई

सन्तोष गौतम/विकल्प न्यूज बेनी १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन मार्फत म्याग्दीका दुई जना नेता केन्द्रिय सदस्यमा प्रतिनिधित्व गरेका छन् । पुर्वराज्यमन्त्री भिमप्रसाद गौचन र पुर्व सहायक मन्त्री जगतप्रसाद गौचन राप्रपाको केन्द्रिय सदस्यमा चयन हुनुभएको हो । जगतप्रसाद गौचन निर्वाचित र भिमप्रसाद गौचन केन्द्रिय समितिको बैठकबाट केन्द्रिय सदस्यमा मनोनित हुनुभएको राप्रपा म्याग्दीका अध्यक्ष […]

नवविवाहित जोडीहरुका लागि शुभकामना कार्यक्रम

विकल्प न्यूज/बेनी फागुन १२ गते । बेनीनगरपालिका १३ सिङगामा विहिवार नवविवाहित जोडीहरुका लागि सफल दाम्पत्य जीवनको शुभकामना कार्यक्रम गरिएको छ । एचसीथ्री म्याग्दीको सहयोग र सिङगा स्वास्थ्यचौकीको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा विवाहित जोडीहरुका लागि शुभकामना आदानप्रदानका साथै स्मार्ट पिकनिकको आयोजना गरिएको थियो । बेनपा १३ र १४ नम्बर वडामा रहेका नवविवाहित जोडीहरुको सहभागिता […]

उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलन्यास

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको बिहीबार भवन शिलन्यास गरिएको छ । माझफाँट २ लामाखेतमा निर्माण हुन लागेको भवनको उपशाखाको छैठौ साधारणसभाको अवसरमा पर्वत क्षेत्र न. १ का सांसद अर्जुन प्रसाद जोशीले शिलन्यास गर्नुभएको हो । रवीन्द्र र जर्नादन मल्लले उपलब्ध गराउनुभएको आठ आना जग्गामा सामुदायिक प्रयोजनको सभाहल […]

अनेरास्ववियुद्धारा उमेद्वारी घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १२ फागुन । आगामी हप्ता त्रिभुवन विश्व विद्यालय अन्तरगतका क्याम्पसहरुमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि अनेरास्ववियु म्याग्दीले बिहीबार उमेद्वारी घोषणा गरेको छ । फागुन १८ गते हुने स्ववियु चुनावको लागि म्याग्दी बहुमुखी क्याम्पस र बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा सभापति, सचिव, कोषाध्यक्ष लगायत प्रत्यक्ष निर्वाचित र समानुपातीक तर्फका उमेद्वारहरुको नामावली […]

विकृत राज्यसत्ता र चुनौतीहरुको बीचमा स्थानीय निर्वाचन

खिमानन्द कँडेल/विकल्प न्यूज फागुन ११ गते । नेपालमा २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य पछि पनि विभिन्न राजनीतिक कालखण्डहरु पार भईसकेका छन् । २००७ साल देखि २०१७ सालसम्मको राजनीतिक अभ्यासका १० वर्ष , २०१७ साल देखि २०४६ साल सम्मको पञ्चायती व्यवस्थाका ३० वर्ष, २०४७ साल पछिको संवैधानिक राजतन्त्रको झण्डै १७ वर्ष र गणतन्त्र स्थापना भईसकेपछि […]

शिवपुराण महायज्ञको तेस्रो दिनसम्म ७ लाख सङ्कलन

विकल्प न्यूज /बेनी फागुन ११ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी शिवालय मन्दिरमा सञ्चालित महाशिवपुराण महायज्ञको आजसम्म झण्डै साढे ७ लाख रुपैयाँ सङ्कलन भएको छ । करिब ४ सयवर्ष पुरानो प्राचीन ऐतिहासिक, धार्मिक तीर्थस्थलको रुपमा अवस्थित मन्दिरमा लगाइएको महायज्ञको तेस्रो दिन बुधबारसम्म ७ लाख २० हजार रुपैयाँ सङ्कलन गरिएको हो । महायज्ञमा हालसम्म सबैभन्दा […]

निजामती कर्मचारी युनियन संघको अध्यक्षमा पौडेल निर्वाचीत

सन्तोष गौतम \विकल्प न्यूज बेनी ११ फागुन । नेपाल कर्मचारी युनियन संघ म्याग्दीको बुधबार बेनीमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले लिलानाथ पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ । सर्वसम्मत निर्वाचित कार्य समितिको खुल्लातर्फको उपाध्यक्षमा चन्द्रदत्त शर्मा, महिला उपाध्यक्षमा मनकुमारी गिरी, समावेशी उपाध्यक्षमा प्रेमचन्द्रप्रसाद जयसवाल, सचिबमा बलराम बानियाँ, सहसचिबमा सन्तोष पौडेल र कोषाध्यक्षमा विष्णुप्रसाद […]

यस्तो छ जिविस परिषद रोक्ने मन्त्रालयको निर्देशन

११ फागुन, काठमाडौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरिका जिल्ला विकास समितिको कार्यालयलाई परिपत्र गर्दै हुन लागेका जिल्ला परिषद रोक्न निर्देशन दिएको छ । निर्वाचनको मिति घोषणा भइसकेको र एक हप्ताभित्रै जिल्ला विकास समिति आफैँ खारेज हुन लागेको अवस्थामा अब जिल्ला परिषदको काम अघि नबढाउन मन्त्रालयले निर्देशन दिएको हो । स्थानीय तह पुनर्संरचना […]