समाचार

पर्यटन प्रवद्र्धनका लागि रुईसेमा पत्रकार महासंघको बैठक

विकल्प न्यूज/बेनी फागुन २१ गते । नेपाल पत्रकार महासंघ म्याग्दीले आफ्नो नियमित बैठकलाई सदरमुकाम बाहिर आयोजना गर्ने परम्पराको थालनी गरेको छ । जिल्लाका पर्यटकीय तथा धार्मिक दृष्टिकोणमा महत्वपूर्ण मानिने क्षेत्रमा पुगेर त्यस क्षेत्रको सम्भावना र समस्याहरुलाई उजागर गर्ने उदेश्यले महासंघको नवनिर्वाचित समितिले आफ्नो नितिगत निर्णय गर्दै मासिक रुपमा बस्ने बैठक सदरमुकाम बाहिर गर्न थालेको हो […]

यस्तो भयो सहमति रघुगंगा गाउँपालिकाको नागरिक आन्दोलन स्थगित गर्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २१ फागुन । म्याग्दीमा प्रस्तावित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्न माग गर्दै स्थानीयले थालेको आन्दोलन स्थगित भएको छ । ८० प्रतिशत भन्दा बढी जनसंख्यालाई सास्ती हुने गरि स्थानीय तह पुनर्सरचना आयोगले अस्थायी केन्द्र तोकेपछि गाउँपालिकामा समाबेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसबासी बिगत चार दिनदेखि चरणबद्ध रुपमा आन्दोलीत बनेका थिए […]

पात्लेखेतमा सार्वजनिक सुनुवाइ

सन्तोष गौतम/विकल्प न्यूज बेनी २१ फागुन । म्याग्दीको पात्लेखेतमा शनिबार सार्वजनिक सेवा प्रवाह र विकास निर्माण सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । पात्लेखेत गाविस कार्यालयले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालय, राजनितिक दल, संघ संस्थाका प्रतिनिधि र स्थानीयबासीहरुबीच सेवा प्रवाह र विकास निर्माणमा देखिएको समस्या तथा समाधानका उपायको विषयमा छलफल भएको थियो ।कार्यक्रममा स्थानीय बासिन्दाले […]

गाउँपालिकाको केन्द्र माग्दै ताकम अनिश्चितकालिन बन्द

विकल्प न्यूज/बेनी फागुन २० गते । पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र ताकममा बनाउन चरणवद्ध आन्दोलन गर्दै आएका स्थानीयवासीहरुले शुक्रवार देखि अनिश्चितकालिन ताकम गाउँ बन्दको घोषणा गरेका छन् । गाउँमा रहेका सरकारी कार्यालय,शैक्षिक संस्था,उद्योगधन्दा र यातायात बन्द गरेर ताकमवासीहरु अन्दोलनमा उत्रिएका हुन । आन्दोलनका कारण शुक्रबार विहानै देखि ताकम क्षेत्र प्रभावित भएको छ । यातायात,शैक्षिक संस्था […]

बेनीमा कुखुरा र मासुको मूल्य समायोजन

विकल्प न्यूज/बेनी बेनी १९ फागुन । बेनीमा कुखुरा र मासुको मूल्य समायोजना भएको छ । समायोजन भएको मूल्य शुक्रबारदेखि लागु हुने जिल्ला कुखुरा व्यवसायी संघले जनाएको छ । कृषक, मासु व्यवसायी र आपुर्तीकर्ताको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको कुखुरा व्यवसायी संघका अध्यक्ष भिमबहादुर खड्का (शिव)ले जानकारी दिनुभयो । उहाँका अनुसार जिउँदो कुखुराको […]

आजको हावाहुरीले म्याग्दीमा पु¥यो यस्तो क्षति

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ फागुन । बिहीबार दिउँसोको हावाहुरीले म्याग्दीको विभिन्न ठाउँमा भौतिक संरचनाहरुमा लाखौको क्षत्ती पु¥याएको छ ।ज्यामरुककोट, भकिम्ली, बाबियाचौर, निस्कोट, कुहुँ, अर्मन लगायतका ठाउँमा सामुदायीक विद्यालय, व्यक्तिका घर तथा भवनहरुको छानो उडाएर क्षत्ती गरेको हो । खर, जस्तापाता र ढुङ्गाको छानो हावाहुरीले उडाएको छ । कम्तीमा पचास घरपरिवार प्रभावित भएका छन् । […]

युवा व्यवसायी श्रेष्ठद्धारा उमेद्वारी घोषणा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ फागुन । धौलागिरीका दुई जनाले नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यसमितिको पदाधीकारी र प्रदेश समितिको सदस्यमा उमेद्वारी घोषणा गर्नुभएको छ । महासंघको चैत २८ र २९ गते हुने महाधिवेशनबाट निर्वाचीत हुने कार्यसमितिको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको उपाध्यक्षमा म्याग्दीका प्रमोद श्रेष्ठ र प्रदेश नम्बर ४ को सदस्यमा बागलुङका निर्माणकुमार […]

म्याग्दीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बजेट बाँडफाँड

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि म्याग्दीमा प्राप्त भएको एक करोड ६२ लाख रुपैयाँ बजेट बिहीबार विभिन्न योजना तथा कार्यक्रमलाई बाँडफाँड गरिएको छ । परियोजना मार्फत सञ्चालित मकैबाली र तरकारीबालीको उत्पादन तथा प्रसोधन केन्द्र (बल्क) तथा पकेट क्षेत्रको कार्यक्रमलाई बजेट वितरण गरिएको हो । जिल्ला कृषि विकास कार्यालयमा बसेको […]

किन प¥यो जिविस म्याग्दी तालाबन्दीको मारमा ?

विकल्प न्यूज/बेनी फागुन १९ गते । स्थानीय तह पुनसंरचनाका क्रममा प्रस्तावीत दुई वटा गाउँपालिकाको केन्द्रको विषयमा देखिएको बिवादका कारण जिविसको कार्यालय म्याग्दीमा दोहोरो तालाबन्दी भएको छ । मौवाफाँटमा केन्द्र कायम गर्नुपर्ने माग गर्दै रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले तालाबन्दि लगाएको जिविसको कार्यालयमा ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालीका संघर्ष समितिले अर्को ताला […]

गाउँपालिकाको केन्द्रको माग गर्दै सदरमुकाममा प्रर्दशन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १९ फागुन । प्रस्तावीत रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा कायम हुनुपर्ने माग गर्दै स्थानीयले बिहीबार सदरमुकाम बेनीमा प्रर्दशन गरेका छन् । रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले बेनीमा बिरोध प्रर्दशनका लागि जिल्ला प्रशासन कार्यालय अगाडी दिउँसो केही समय धर्ना दिएका थिए । राज्य पुनसंरचना आयोगले बहुसंख्यक बासिन्दालाई प्रशासनीक र भौगोलिक हिसावले असहज […]

बेनी–जोमसोम सडकको गलेश्वर–तिप्ल्याङ खण्डमा यातायात ठप्प

विकल्प न्यूज/बेनी फागुन १९ गते । प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा कायम गर्नुपर्ने माग राख्दै स्थानीयले बिहीबारदेखि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडकको गलेश्वर–तिप्ल्याङ खण्ड ठप्प पारेका छन् ।स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले बहुसंख्यक बासिन्दालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित […]

यस्तो छ म्याग्दी बहुमुखी क्याम्पसको मत नतिजा

विकल्प न्यूज \बेनी फागुन १८ गते । बुधवार सम्पन्न म्याग्दी वहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अन्तिम मत नतिजा सार्वजनिक भएको छ । मत नतिजा यसप्रकार छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

विकल्प न्यूज/बेनी फागुन १८ गते । म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुधवार सम्पन्न स्ववियुको निर्वाचनमा अनेरास्ववियुकी उम्मेदवार सावित्री खत्री सभापतिमा विजयी हुनुभएको छ ।  म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ । बुधवार सम्पन्न स्ववियुको निर्वाचनमा अनेरास्ववियुकी उम्मेदवार सावित्री खत्री सभापतिमा विजयी हुनुभएको छ । मत परिणामको अन्तिम नतिजा क्याम्पसले आधिकारीक […]

म्याग्दीमा बर्डफ्लु भित्रन नदिन सर्तकता

सन्तोष गौतम/विकल्प न्यूज बेनी १८ फागुन । म्याग्दीमा पंक्षी जन्य रोग बर्डफ्लु भित्रन नदिन सर्तकता अनपाइएको छ । जिल्ला पशु सेवा कार्यालय म्याग्दीको आयोजनामा बुधबार बसेको बर्डफ्लु रोग नियन्त्रण प्राबिधिक समितिको बैठकले सर्तकता अपनाउने निर्णय गरेको हो । केही दिनअघि कास्कीको पोखरामा पालीएका हाँसहरु बर्डफ्लु रोगका कारण मरेका थिए । म्याग्दीमा हालसम्म बर्डफ्लु नदेखिएपनि छिमेकी […]

मौवाफाँटमा केन्द्र माग गर्दै निर्वाचन कार्यालय र जिविसमा तालाबन्दी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ फागुन । प्रस्तावीत रघुगंगा गाउँपालिकाको केन्द्र पिप्लेको मौवाफाँटमा कायम गर्नुपर्ने माग राख्दै स्थानीयले बुधबार जिल्ला निर्वाचन र जिविसको कार्यालयमा तालाबन्दि गरेका छन् । रघुगंगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितिले तालाबन्दि गरेपछि बैशाख ३१ गते घोषित स्थानीय तह निर्वाचनको तयारी गरिरहेको निर्वाचन कार्यालय र जिल्ला परिषद् बैठकको तयारी गरिरहेको जिविसको कामकाज […]