समाचार

जलजला केन्द्र ः “कलात्मक धाँधलीका विपक्षमा” एकजुट हाऔं

रामजी प्रसाद आचार्य /विकल्प न्यूज चैत १६ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्रका वारेमा आम नागरिकहरुमा बहस र विरोधका वावजुद यतिखेर २ वटा छुट्टा छुट्टै कार्यालय स्थापना भएका छन । एउटा माझफाँटको कोटमा र अर्को माझफाँटकै मोहनचोकमा । नाम र व्याख्यालाई जसरी बुझे पनि यी २ वटै कार्यालयहरु समानान्तर हुनेछन् । कार्यालयको उद्घाटन गर्न […]

बेनीमा निशुल्क पाठेघर उपचार शिविर सुरु

विकल्प न्यूज/बेनी चैत १७ गते । म्याग्दी सदरमुकाम बेनीमा बिहीबारदेखि साताव्यापी पाठेघर (आंङ) खस्ने रोगको निशुल्क उपचार शिविर सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा देवदह मेडिकल कलेज शिक्षण अस्पताल रुपन्देहीको प्राविधिक सहयोगमा सुरु भएको शिविरको अस्पताल विकास समितिका अध्यक्ष माधब प्रसाद रेग्मीले विरामीलाई कार्ड प्रदान […]

बेनी शिवालयद्वारा महायज्ञको आयव्यय सार्वजनिक

विकल्प न्यूज/बेनी चैत १६ गते । बेनी शिवालय मन्दिर संरक्षण समितिको आयोजनामा बुधबार महायज्ञको आयव्यय विवरण सार्वजनिक भएको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित रहेको करिब ४ सयवर्ष पुरानो प्राचीन बेनी शिवालय मन्दिरमा गत फागनु ८ गतेदेखि १९ गतेसम्म लगाइएको शिवपुराण महायज्ञको आम्दानी खर्च सार्वजनिक गरिएको हो ।महायज्ञमा कुल २८ लाख २ हजार १ सय ५२ […]

जव राष्ट्रिय कलाकार चन्द्रा कार्की मञ्चमा आएपछि…..

विकल्प न्यूज/बेनी चैत १६ गते । बेनीको खुल्ला मञ्चमा जारी प्रथम धौलागिरि सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार चन्द्रा कार्कीले धमका प्रस्तुती गरेकी छिन् । उनको प्रस्तुती सँगै युवायुवतीहरु छमछमी नाचे । खुल्ला मञ्च भरिएका दर्शकहरु जव चन्द्रा कार्कीले मञ्चबाट प्रस्तुती गर्न थालिन यता युवा युवतीहरु कम्मर मर्काइ मर्काइ नाचेर उनलाई साथ दिन थाले ।   दर्शकहरुको […]

एमालेको बेनी नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी चैत १६ गते । ‘एमालेको स्थानीय सरकार, जनताको सपना साकार’ भन्ने मूल नारासहित बुधबार म्याग्दीको सदरमुकाम बेनीमा चुनाव लक्षित कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा एमाले नगर सङ्गठन कमिटीको आयोजनामा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले स्थानीय तहको […]

रक्तक्यान्सर पीडितको उपचारका लागि कतारबाट एक लाख १४ हजार सहयोग

विकल्प न्यूज/बेनी चैत १६ गते । रक्तक्यान्सरबाट पीडित म्याग्दीको धौलागिरी गाउँपालिका अन्तरगत साविक ताकम ४ की ३३ वर्षिया फुलमाया भण्डारीको उपचारका लागि कतारबाट एक लाख १४ हजार रुपैयाँ नगद सहयोग प्राप्त भएको छ । भरतपुर स्थित विपी कोईराला मेमोरीयल अस्पतालमा उपचार गराइरहेकी भण्डारीको सहयोगका लागि कतारमा रहनुभएका ताकम काफलडाँडाका खिमबहादुर फगामी, शिवाङका प्रकाश फगामी र […]

एमालेको अन्नपूर्ण गाउँपालिकामा अगुवा कार्यकर्ता भेला

विकल्प न्यूज/बेनी चैत १६ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मङ्गलबार नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले भरत पुनको अध्यक्षतामा ३५ सदस्यीय नेकपा एमाले अन्नपूर्ण गाउँपालिकास्तरीय सङ्गठन कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा गोकुल बरुवाल, सदस्यहरुमा यामबहादुर खड्का, चीनबहादुर पुन, मेकबहादुर खड्का, कृष्णबहादुर तिलिजा, दुर्गाबहादुर खाती, तेसराम पुन, रोमबहादुर बुदुजा, […]

पत्रकार महासंघको स्थापना दिवस मनाइयो

विकल्प न्यूज/बेनी बेनी १६ चैत । नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिवसको अवसरमा बुधबार बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । महासंघको जिल्ला शाखाको आयोजनामा जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरु भएको ¥याली न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिर चोक हुदै सोही ठाउँमा पुगेर समापन भएको थियो ।¥यालीमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायत कार्यालय प्रमुख, […]

लिग महिला भलिबलको च्याम्पियन म्याग्दी

विकल्प न्यूज/बेनी चैत १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित अञ्चलस्तरीय लिग महिला भलिबलको उपाधी म्याग्दीले हात पारेको छ । मंगलबार खुल्लामञ्चमा सम्पन्न भएको फाइनलमा म्याग्दीले सोजो सेटमा पर्वतलाई पराजित गदैं च्यापियन बनेको हो । म्याग्दीबाट राष्ट्रिय खेलाडी अरुणा शाही र कमला पुनको उपस्थितीमा मैदानमा उत्रिएको म्याग्दीले पहिलो सेटमा १७–२५ र दोस्रोमा १५–२५ र २३–२५ […]

बेनी अस्पतालको मुहार फेरीँदै

सन्तोष गौतम/विकल्प न्यूज चैत १५ गते । हर्नीयाको समस्या भएका रघुगंगा गाउँपालिका ३ पिप्लेका क्षेत्रबहादुर खत्रीले बेनी स्थित जिल्ला अस्पतालमा यसै हप्ता शल्यक्रिया गर्नुभयो । “बि” नेगेटिभ रगत र मुटुको समस्याले थलीएकी धौलागिरी–२ लुलाङकी ५१ वर्षिया मनकुमारी विकले बेनीमै शल्यक्रिया गरेर स्वास्थ्य लाभ गर्नुभयो । पोखराको गण्डकी अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रिया गर्न नसकिने बताएपछि निराश […]

क्याम्पसमा तोडफोड गर्नेलाई कारबाही गर्न सञ्चालक समितिको निर्देशन

गोपाल छन्त्याल/विकल्प न्यूज चैत १५ गते । म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख टिकारा सापकोटाको कार्यकक्षमा तोडफोड गर्ने स्ववियु उपसभापति इश्वर सुवेदीलाई कारबाही गर्न सञ्चालक समितिले निर्देशन दिएको छ । सोमबार सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको वैठकले चैत १३ गते क्याम्पसमा भएको घटना दुःखदायी भएको समिक्षा गर्दै कारबाही प्रक्रिया अघि बढाउन क्याम्पस प्रमुख सापकोटालाई […]

नवविकल्प साप्ताहिकको २८ औं संस्करण

Nawa Bikalpa 9-28नवविकल्प साप्ताहिकको २८ औं संस्करण 

यसरी गरियो जलजला गाउँपालिकाको दुवै स्थानमा कार्यालय स्थापना

विकल्प न्यूज/पर्वत चैत १४ गते । उत्तरी पर्वतको जलजला गाउँपालिकामा साविको माझफाँट गाविसमा सोमवार गाउँपालिकाको कार्यालय स्थापना गरिएको छ ।   स्थानीय विकास अधिकारी सहित गाउँपालिकाको कार्यकारी अधिकृतलाई बाजा गाजा सहित स्थानीयहरुले भव्य स्वागत गरेका छन् । यसै विच माझफाँट केन्द्र अपायक भएको भन्दै आन्दोलनमा उत्रिएका ५, ६,७,८ र ९ नम्बर वडाका वासिन्दाहरुले ४ नम्बर […]

बेनीमा अञ्चल स्तरीय भलिबल प्रतियोगिता सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी १४ चैत । बेनीमा सोमबारदेखि अञ्चल स्तरीय लिग महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल कार्यसमितिले बेनीमा सञ्चालन गरेको प्रथम धौलागिरी लोक सांस्कृतीक महोत्सव अन्तरगत भलिबल प्रतियोगिता आयोजना गरिएको हो । महिला भलिबलतर्फ म्याग्दी ए र पर्वतको टिम फाईनलमा प्रवेश गरेका छन् । […]

किन हुन्छ म्याग्दी क्याम्पसमा पटक पटक तनाव ?

गोपाल छन्त्याल/विकल्प न्यूज बेनी, १३ चैत । म्याग्दी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा आइतबार बिहान तोडफोड भएको छ । क्याम्पसमा गठित स्वतन्त्र विद्यार्थी युनियनका उपसभापति ईश्वर सुवेदीले क्याम्पस प्रमुख टिकाराम सापकोटाको कार्यकक्षमा टेबुल, नामप्लेट र सिसा तोडफोड गरेका हुन् ।विगत नौ महिनादेखि क्याम्पसमा तलब बृद्धि नभएको भन्दै चैत ८ गते बसेको कर्मचारी बैठकले आइतबारदेखि सम्पूर्ण […]