समाचार

धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो

विकल्प न्यूज\बेनी बेनी, २१ चैत । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम घर्तिमगरले लामो छहरा केङ्की देखी खिवाङ […]

कक्षा चारको किताबमा त्रुटी ः म्याग्दीको भूगोल कास्कीमा

विकल्प न्यूज/बेनी चैत २१ गते । कक्षा चारको किताबमा त्रुटी भेटिएको छ । सरकारी पाठ्यपुस्तकको सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा किताबमा म्याग्दीमा रहेका पर्यटकीय स्थल, नदीनाला र भुगोललाई कास्की जिल्लामा पर्दछन् भनेर लेखिएको भेटिएको हो । पाठ्याक्रम विकास केन्द्रले तयार पारेको किताबको ९३ नम्बर पेजमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थलहरु पुनहिल,रुप्से र कालगण्डकी […]

सहकारी दिवसका अवसरमा बेनी बचतद्धारा शेयर सदस्यलाई सहकारी शिक्षा

विकल्प न्यूज\बेनी चैत २० गते । बेनी बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्यहरुका लागि आधारभुत सहकारी शिक्षा तालिम प्रदान गरेको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीमा आवद्ध रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले सहकारी शिक्षा प्रदान वार्षिक कार्ययोजना अनुसार नै सेयर सदस्यलाई वित्तिय शिक्षा तथा तालिम प्रदान गरेको थियो […]

मल्लाजको दह हत्याकाण्ड ः शव पोष्टमार्टम गर्न बेनी अस्पतालमा ल्याइयो

विकल्प न्यूज\बेनी चैत २० गते । पर्वतको जलजला गाउँपालिका–२,मल्लाज स्थित दहमा भएको एक दम्पतीको विभत्स हत्या घटनाबारे थप अनुसन्धान गर्न पोखराबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली घटना स्थलमा आइपुगेको छ । सोमबार राति अपरिचित व्यक्तिरसमुहले ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आज […]

मल्लाजको दह हत्या घटना ः पोखराबाट तालिम प्राप्त कुकुर सहितको टोली आउँदै

ठाकुरप्रसाद आचार्य म्याग्दी,चैत २० गते । म्याग्दीको सदरमुकाम बेनी सँग सीमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह हत्या घटनाको अनुशन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखरबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली हिडेको प्रहरीले जनाएको छ । सोमबार राती अपरिचित व्यक्तीले एक दम्पतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुशन्धानले जनाएको छ । घर भित्रै ६८ […]

पर्वतको जलजलामा  एक दम्पतीकाे हत्या 

ठाकुर प्रसाद आचार्य म्याग्दी,चैत २० गते । पर्वतको जलजला गाउँपालिका २ मल्लाजकाे दह मा गयराती एक दम्पतीकाे हत्या भएको छ । वर्ष ६८ का सूर्यबहादुर जिसी र उहाँको श्रीमती वर्ष अन्दाजी  ६५ कि गमला जिसीकाे घर भित्रै हत्या भएको अवस्थामा मंगलबार विहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिनुभएको । उहाँका अनुसार घरमा जिसी दम्पती मात्र […]

हात्तिपाइले रोग न्यूनिकरणमा जलजलाको प्रयास उत्कृष्ट

विकल्प न्यूज\जलजला चैत १९ गते । पर्वतको जलजला गाउँपालिका हात्तिपाइले रोग नियन्त्रणको लागि उत्कृष्ट घोषित हुँदै पुरष्कृत भएको छ । हात्तिपाइले रोग नियन्त्रणको लागि गाउँपालिकाले निर्वाह गरेको भूमिका उत्कृष्ट रहेको भन्दै पर्वतको जलजला गाउँपालिकाले सम्मान पाएको हो । आर्थिक वर्ष २०७९र०८० अन्तरगत नेपाल सरकारले संचालन गरेको राष्ट्रिय हात्तिपाइले रोग निवारण अभियान लाई सफल पार्नको लागि […]

अन्नपूर्णको घारमा म्याद नाघेका ७५ हजार बराबरका सामान जफत

म्याग्दी, १९ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग बाणिज्य संघ अन्नपूर्ण इकाईका प्रतिनिधि, पत्रकार लगायतको टोलीले घार र खिवाङ क्षेत्रका १५ वटा किराना पसलहरुको […]

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

विकल्प न्यूज\बेनी १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको कार्यालय रहेको मुना पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले आफ्नो घर नजिकै पाएका हुन् । […]

मुनालाई पूर्णखोप सुनिश्चितता वडा घोषणा

बेनी, १९ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनालाई सोमबार पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको छ । लक्षित उमेर समुहका बालबालिकाहरुले तोकिएको खोपको पुरा मात्रा लगाएको मुनालाई पूर्णखोपको दिगोपना कायम राख्ने प्रतिवद्धता जनाउदै घोषणा गरिएको हो । १६ महिना देखि ५ वर्ष उमेर समूहका १८० जना बालबालिकाहरुले तोकिएको सबै प्रकारका खोपहरु लगाएको गाउँपालिकाको स्वास्थ्य शाखा […]

बेनीमा बालमैत्री स्थानीय शासन कार्यक्रम शुरु

बेनी, १९ चैत । म्याग्दीको बेनी नगरपालिकामा बालमैत्री स्थानीय शाषन कार्यक्रम शुरु भएको छ । नगरपालिकामा सोमबार भएको बालमैत्री स्थानीय शाषन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका बेनीलाई बालमैत्री स्थानीय तह बनाउने प्रतिवद्धता जनाइएको हो । नगरपालिकाको नीति, बजेट र योजना निर्माणमा बालबालिकालाई सहभागी गराउने, पूर्वाधार योजना र कार्यक्रमलाई बालबालिकाको सहज पहँुच स्थापित गरेर बालमैत्री बनाउने तयारी थालिएको […]

जलजलाको दोस्रो आवधिक योजनाको मस्यौदा तयार

विकल्प न्यूज\जलजला चैत १९ गते । पर्वतको जलजला गाउँपालिकाको दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मस्यौता तयार भएको छ । आवधिक योजना तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता प्रज्ञा रिसर्च एण्ड डेभलपमेन्ट प्रा.ली. काठमाडौले सोमबार मस्यौदा प्रस्तुत गरेको हो । मस्यौदामा सरोकारवालाहरुको सुझाव संकलन गर्नका लागि छलफल पनि भएको हो । पहिलो आवधिक योजनाको उपलब्धीको जगमा टेकेर दोस्रो […]

गैरसरकारी संस्था महासंघ म्याग्दीमा पुनः पौडेल

विकल्प न्यूज/ बेनी चैत १९ गते । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् । आइतबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । पौडेल यसअघि पनि महासंघको जिल्ला अध्यक्ष थिए । अधिवेशनले महासंंघको […]

समग्र विकास नै मानवअधिकार हो ः डा.अर्याल

विकल्प न्यूज/बेनी चैत १९ गते । मानवअधिकारका वारेमा फरकफरक धारणा आउने भएतापनि विकास र मानवअधिकार एकै सिक्काका पाटाहरु रहेको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा.कुन्दन अर्यालले बताउनुभएको छ । उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको आयोजना तथा इन्सेकको समन्वयमा भएको मानवअधिकार र मानवअधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना विषयक अन्तरक्रियामा बोल्दै त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक अर्यालले मानवअधिकारको परिभाषा […]

बेनीका उद्यमीलाई सपिङ ब्याग बनाउने तालिम

विकल्प न्यूज/बेनी चैत १९ गते । म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग (झोला) बनाउने तालिम प्रदान गरिएको छ । गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा कार्यालयमा सञ्चालन भएको तालिम आइतबार समापन गरिएको छ । बेनी नगरपालिकाको १० वटै वडाका ३० जना […]