न्यायको खोजीमा स्मृति…….

विकल्प न्यूज / बेनी
मंसिर १५ गते । 

विवाह भएको केही महिनामा नै पारिवारिक खटपट भएसँगै अन्यायमा परेको भन्दै न्याय दिलाउन माग गरेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरी निरिक्षक सँग प्रेम सम्बन्ध गासिएपछि केही महिना अघि विवाह गरेका थिए ।
प्रहरीमै पुगेर न्याय माग्ने युवती भने प्रहरी अधिकृतको श्रीमती नै हुन् । बेनी बजार निवासी स्मृति शर्मा र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धु्रव शर्माबिच केही महिनाअघि प्रेम विवाह भएको थियो ।

विवाह भएको केहि महिनामै सम्वन्धमा खटपट आउन थालेपछि महिलाले प्रहरी निरिक्षक समेत रहेका श्रीमानबाट आफु पीडित भएको भन्दै न्याय मागेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट सरुवा भई प्रहरी निरिक्षक शर्मा मंसिर पहिलो साता बैदाम प्रहरी चौकी, पोखरामा पुगेका छन् ।

यहाँबाट जाँदा निरिक्षक शर्माले आफुसंगको सबै सम्पर्क विच्छेद गरेको र आफुलाई अल्पत्र पारेर गएको तथा पटक पटक खोजविन गर्दा समेत सम्पर्कमा नआएपछि स्मृतिले जिल्ला प्रहरी कार्यालमा खोजि गरि न्याय दिलाईदिनका लागि उजुरी दिएको जनाएकी छिन् ।
परेको निवेदनका आधारमा रमना लिएर गएका प्रहरी निरिक्षकलाई झिकाएर दुबै पक्षलाई आपसमा पहिलो चरणको छलफल गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले जानकारी दिए ।

‘‘दुबैपक्षलाई आपसी विवाद निरुपणका लागि मेलमिलाप गराउनु पहिलो प्राथमिकता हो, दुबै पक्षका कुरा सुन्दा उस्तै लाग्छन्, मेलमिलापको अबस्थामा पुग्न नसके आबश्यक कानुनी प्रकृयाबाट उजुरीको कारबाहि अघि बढ्छ’’–प्रनाउ कुँवरले भने ।

प्रहरीले दुबै पक्षलाई राखेर गरेको छलफलमा दुबै पक्षले एकले अर्कालाई दोषारोपण गरेका थिए ।

‘‘म श्रीमानबाट पीडित भएँ भनेर पटक पटक जिप्रका प्रमुखलाई गुनासो गरेँ, प्रमुख ज्यूले पनि घरेलु हिंसामा शुन्य सहनसिलता अपनाउने बचन दिनुभयो, न्याय पाउन सकिन’’– स्मृतिले सामाजिक सञ्जाल मार्फत भनेकी छिन् ।

तत्कालिन समयमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ध्रुव शर्मा बिच चिनजान हुँदै जाँदा प्रेम सम्बन्धमा बाँधिन पुगेको र आफुहरुबिचको घनिष्ट सम्बन्धकै कारण आफुमा गर्भ रहन गएको र आफुहरुको विवाह पश्चात विभिन्न बाहाना बनाएर दबाब दिएर गर्भपतन गर्न बाध्य बनाएको स्मृतिले सार्वजनिक गरेकी छिन् ।

उनले शर्मालाई आफ्नो श्रीमानको रुपमा स्विकार गरेको र छुटीन नसक्ने समेत बताएकि छिन् ।

यता प्रहरी निरिक्षक शर्माले भने कानुनी रुपमा आफुले विवाह गरिसकेपछि श्रीमतीको रुपमा स्विकार गरेको र पारिवारीक रुपमा दम्पतीबिचमा खटपट आएको स्विकार गरेका छन् । ‘‘ मेरो सरुवा भएपछि म पोखरा गएँ, त्यो कुरा श्रीमतीलाई जानकारी दिएकै हुँ, नयाँ ठाउँमा काम सुरु गर्दा एक÷दुई दिन सम्पर्क टुटेको हुनसक्छ, मेरो दम्पतीको खटपटको बारेमा एक्कासी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि म आश्चर्यमा परेँ’’–उनले भने ।

अहिले ममाथि चरित्रहत्या समेत गरिरहेको अबस्था छ, उनी घरमै बस्न चाहेपनि म राख्छु भन्दै आएको छु, अहिले खटपट आएको छ तरपनि आफ्नो श्रीमतीको रुपमा गर्नुपर्ने अन्य दायित्व र भुमिका निर्वाह गर्न प्रतिबद्ध छु’’– शर्माको जिकिर छ ।