बेनीको मंगलाघाटमा बाढीको वितण्डा (फोटो\भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /बेनी
साउन ३१ गते । 

शुक्रबार राती परेको अविरल वर्षा सँगै म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाटमा बाढी आउँदा १० घरमा क्षति पु¥याएको छ । राती ११ बजे सत्य साइबावाको भवन माथिबाट बाढी सहितको पहिरो आउँदा मंगलघाटका १० घरमा क्षति पुगेको हो ।

बेनी पाखापानीसडकमा जम्मा भएको पानी माउन्ट एभरेष्ट मावि र बुद्ध विहारको विचबाट खसेपछि पानीले बाढीको रुप लिएको हो ।
पहिरोले बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायत १० जनाको घरमा क्षति पुगेको वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । राती ११ बजे नै स्थानीयवासीहरुले सत्यसाइवावाको माथि बाट आएको भललाई तर्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको हो । पहिरोले सत्यसाइबावाको भवन नजिक रहेका दुईघर जोखिममा परेका छन् । क्षतिको विवरण संकलन भइरहेको उहाँले बताउनुभयो । बेनी पाखापानी सडकमा जम्मा भएको पानीले बाढी र पहिरोको रुप लिएको उहाँले बताउनुभयो । बाढीका कारण बेनी पाखापानी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ