म्याग्दीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्युज/ बेनी

असार १९ गतेे । म्याग्दीमा थप  ३ जना काेराेना संक्रमित थपिएका छन । हालै मात्र साउदि अरबबाट अाई बेनिकाे क्वारेन्टाइन मा बसेका मंगला गाउँपालिका १ का २४ वर्षिय युवामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल ले जानकारि दिनुभयाे ।

यसै गरि भारत बाट बेनिकै क्वारेन्टाइन मा बसेका रघुगंगा गाउँपालिका २ र ३ नम्बर वडाका वर्ष २७ र ४७ का दुई पुरूषमा काेराेना पुष्टि भएकाे छ । उनिहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल सम्म जिल्लामा काेराेना संक्रमित काे संख्या १९ पुगेकाे छ भने स्वास्थ्यलाभ गरेर पाँच जना घर फर्किएका छन ।

शनिबार थप ५ जना काेराेना जितेर घर फर्किदै छन ।