ताजा समाचार:
Search

एकेन्द्रको रहर लाग्दो बङ्गुरपालन (फोटो र भिडियो सहित)

विकल्प न्यूज/बेनी

फागुन ७ गते ।

बेनी नगरपालिका १ सारेमारेका एकेन्द्र थापामगरले व्यवसायिक रुपमा बंगुरपालन गर्नुभएको छ । वैदेशिक रोजगारीबाट गाउँफर्किएर थापामगरले बंङ्गुरपालन व्यवसाय सुरु गर्नुभएको हो । सारेमारे स्थित कालिगण्डकी किनारमा रहेको जमिनमा व्यवस्थित खोर निर्माण गरी उहाँले बंगुरपालन व्यवसाय थाल्नुभएको हो । खोरमा हाल रहरलाग्दा बंगुरहरु छन् । दुईवर्ष अघि पहिलो कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गर्नुभएको थापाको फार्ममा अहिले स्थानीय लोकल कालो सुंगुर र बँदेलका साथै बंगुर छन् ।

फार्ममा बंगुरका माउ ११ पाठापाठी २२ वटा छन् । स्थानीय लोकल सुगुरको बढी माग आउने उहाँले बताउनुभयो । भविष्यमा स्थानीय सुगुरको संख्या बढाउने उहाँले सोच बनाउनुभएको छ । वैदेशिक रोजगारीबाट सफलता प्राप्त नभएको पछि विदेशबाटै बंगुरपाल्ने सोच बनाएर गाउँफर्किएको उहाँले बताउनुभयो । विदेशमा गर्ने दुःख र परिश्रम गाउँमै गर्न सके राम्रो आम्दानी गर्न सकिने अनुभव थापाको छ ।

बंगुरको मासु चारसय पचास रुपैयाँमा विक्री हुन्छ । बँदेलको पाँचसय पचास रुपैयाँमा विक्री हुने थापाले बताउनुभया । दुईवर्षको अवधि २५ वटा ठूला बंगुर विक्री गरेको उहाँले बताउनुभयो । पाठापाठीहरु करिब एकसय जति विक्री गरेको थापाले बताउनुभयो । प्रति पठापाठी तिन हजार देखि ८ हजार सम्ममा विक्री हुने उहाँको भनाई छ । अन्य फार्महरुले पाल्नका लागि पाठापाठीहरु लैजाने गरेको उहाँको भनाई छ ।

उत्पादन भएका बंगुरहरु म्याग्दीको सदरमुकाम बेनी,पर्वत, बागलुङ सम्म पुग्ने उहाँले बताउनुभयो दानाको व्यवस्थापन गर्न समस्या हुनेगरेको उहाँले बताउनुभयो । दानामा राज्यले अनुदान उपलब्ध गराइदिए राहत मिल्ने उहाँको भनाई छ । दश महिना देखि एकवर्ष पालेको एउटा बंगुर करिब ३५ देखि ४० हजार रुपैयाँमा विक्री हुने उहाँले बताउनुभयो । थापाको फार्मबाट बंगुरका पाठापाठीहरु पनि बिक्री गर्नुहुन्छ ।

https://www.youtube.com/watch?v=mHIdP2wUHow&t=37s

४ लाख लगानीबाट सुरु भएको बंगुरपालन व्यवसाय यतिखेर करिब १५ लाख सम्म लगानी भएको छ । भविष्यमा लगानी वृद्धि गर्ने सोच थापाको छ । पशु सेवा कार्यालयबाट अनुदान पाएपछि व्यवस्थित खोर निर्माण गरेको थापाले बताउनुभयो । सुरुसुरुमा विक्री गर्न केही समस्या भएपनि विस्तारै बंगुरको मासु खाने बानिको विकास हुँदै गएकाले समस्या नभएको उहाँले बताउनुभयो ।

https://www.youtube.com/watch?v=mHIdP2wUHow