ताजा समाचार:
Search

प्रजातन्त्र राजनीतिक मन्त्र

शान्ति बस्नेत / विकल्प न्यूज
फागुन ७ गते ।आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस नेपाली राजनीतिक परिवर्तनको संगारको दिन पनि मानिन्छ । आजैका दिनमा नेपालीहरुले आफ्नो स्वाभिमानका सपनाहरुलाई प्रजातान्त्रिक अभ्यास कोर्दै गर्दा तत्कालीन जहानिया राणा शासन विरुद्धमा डटेर सामना गरी जनलहरका साथ जनताको बोलीले जनताको निम्ति प्रथम पटक जनलहर आएको र छाएको दिन हो “प्रजातन्त्र” राणा शासनका बीच पनि जनताहरुको जनलहरले गर्दा राणा शासन टिकेन ।

त्यसै कारण प्रजातन्त्रको स्थापना भएको हो ।नेपाल र नेपाली स्वतन्त्रता पूर्वक बाँच्न सक्ने हैसियत बनाउन सफल व्यक्तित्व पनि मानिन्छ । किन कि राणा शासनमा राज्यमा बस्नेलाई पूर्ण रुपमा विभेद गरिन्थ्यो । प्रजातन्त्रको उद्देश्य भनेको नै नागरिकहरुबिच कुनै पनि कुराहरुको भेदभाव गर्न हुदैन भन्ने प्रजातन्त्रको प्रथम आधार हो ।

निष्पक्क्ष, स्वतन्त्र अनि विचारहरुको सम्मान लगायतका अभिव्यक्ति प्रजातन्त्रको आधारशीला मान्न सकिन्छ । प्रजातन्त्रमा नागरीक स्वयंमले चुनेर पठाएका मानिसहरुले शासन व्यवस्था संचालन गर्ने गर्दछन । बास्तवमा भन्नु पर्दा जनताहरुद्धारा जनताका लागि गरिने हितकारी शासन अभ्यासलाई नै प्रजातन्त्र भनेर बुझ्न सकिन्छ ।

आजकै दिनमा काठमाण्डौंको टुँडिखेलमा सेनाको भव्य कार्यक्रम साथै राजनीतिक दलका नेता कार्यकर्ताहरुको र प्रजातन्त्रका निम्ति आफ्नो ज्यानको बाजी राख्न समेत पछि नहटेका नेपाली सर्वसाधरणहरुको उपस्थितिमा प्रजातन्त्र दिवश मनाउने चलन अहिले पनि चलि आएको छ । नेपाली राजनीतिको कालखण्डमा प्रजातन्त्र नेपालीहरुको पोल्टाबाट वि।स।

२०१७ सालमा खोसिएको ईतिहास ज्यूदै रहेको छ । त्यसै गरी २०३६ सालमा जनमत संङ्ग्रह सहित विभिन्न समयमा नेपाली राजनीतिक आवाजहरु दवाउने श्रूङ्खलाको अन्त्य भने वि।स।२०४७ सालमा आएको बहुदलीय प्रजातन्त्र अनि संवैधानिक राजसंस्थाले व्यवस्था गरेको थियो ।यस्तै विभिन्न आन्दोलन, सशस्त्र द्धन्द्धकाल हुँदै २०६२र०६३ सालको १९ दिने जनआन्दोलले नेपाल आज संघीय, प्रदेश र स्थानीय सरकारको रुपमा अघि बढीसकेको छ

आजको दिन भनेको यि र यस्तै ईतिहासहरुलाई नियालेर सम्झने दिन हो, नेपाली प्रजातन्त्रिक अभ्यासका निम्ति नेपालीहरुको हित मात्रलाई यो देशमा जनताहरुले नै चुनेर पठाइएका र उच्च पदमामा आसिन रहनु भएका व्यक्तित्वजनहरुको यस्ता विगतका दिनहरुलाई स्मरण गर्नु पर्दछ ।

आज जुन परिवर्तले गर्दा हामी सर्वसाधरण जनताका छोराछोरीहरु पनि यो देशका निम्ति खुल्ला रुपमा बोल्न सकि रहेका छौ यो सबै विगतका दिनहरुकाआन्दोलनका कारणले नै हो ।

तर यहाँ आन्दोलनका मर्महरुलाई राजनीतिकका झुट्ठा खोल ओठनेहरुले ध्यान दिन सकेका छैनन् विगतका दिनहरुमा विभिन्न आन्दोलनहरुका जनलहरको उद्देश्य राज्यले अहिलेसम्म पनि संवोधन गर्न सकेको छैन । विभिन्न आन्दोलनहरुमा दिवङ्गत हुनु भएका वीर सहिदहरुको के सपना सिंहदरवार पसेर सिंहको जस्तो आवाज दिनु मात्रै थियो रु सहितका सपनाहरुलाई केहि त सफल बनाउन हामी सबै जना एकतृत हुन आवश्यक छ ।

विश्वले विभिन्न विकासको फट्को मारदा पनि हामी नेपाली चाहि अहिले पनि आफ्नो हातमुख जोर्नकै निम्ति पनि अरु देशहरुमा हात जोंर्नु पर्ने स्थिति अझै पनि ज्यूको त्यूहू छ ।

खै कस्तो प्रजातन्त्र हो स्वतन्त्रताको निम्ति त हो प्रजातन्त्र तर पनि अझै हाम्रो नेपालमा प्रजातन्त्रको भन्दा केहि पनि कम्जोर छैन शासन गर्ने शासकहरुको कार्य व्यवस्था अझै पनि अपुरो छ प्रजातन्त्र ।

यो प्रजातन्त्रले आम नेपालीहरुको मर्म अनुरुप हातमुख जोर्नसम्म त आफ्नै देशमा सक्ने रोजगारी सृजना गरोस् प्रजातन्त्रको मर्म अनुरुपको कर्म गर्ने सक्न प्रेरणा मिलोस समृद्ध नेपाल र सुखी नेपालीको  नारामा मात्रै हैन जीवनमा नै अनुभव गर्न सक्ने वातावरण बनोस । वास्तवमा २००७ सालको क्रान्ति भनेको नै विश्वमा परिवर्तनको एउटा महत्वपूर्ण परिघटना हो ।