ताजा समाचार:
Search

राहत कोष स्थापनार्थ मल्लाजमा बडा दशै मेला आयोजना हुने

विकल्प न्युज
बेनी, भदौ ३० गते ।
पर्वतको जलजला गाउँपालिकाको मल्लामा दिनदुखी तथा अशक्त असाहरुको सहयोग एवं उद्धारका निम्ती राहत कोष स्थापनार्थ मेला संचालन गरिने भएको छ ।गाउँपालिकाको वडा नं २३ र ४को संयुक्त आयोजनामा विजया दशमीको अवसरमा सो मेला संचालन गर्न लागिएको सोमबार पर्वत बेनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

मेला आगामी असोज १२ गतेदेखी २० गते सम्म संचालन हुने कार्यक्रम सदस्य सचिव नविन जिसिले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा वडा स्तरिय पुरुष भलिबल ,प्रोढ भलिबल ,महिला भलिबल,छेलो अन्तर मावि स्तरिय नृत्य तथा पञ्चेबाजा प्रतियोगिता संचालन हुनेछन् ।

पुरुष भलिबलको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित ७६ हजार र ४६ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
यसैगरी उत्कृष्ट टिमले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । बास्केटबल प्रतियोगितामा बिजेतालाई ४६ हजार, उपबिजेतालाई तीस हजार र उत्कृष्ट समूहलाई चार हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । महिला भलिबलमा बिजेतालाई बीस, उपबिजेतालाई सोह् र उत्कृष्टलाई एक हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।

छेलोमा बिजेताले एघार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । पञ्चेबाजा प्रतियोगिताको बिजेतालाई दश हजार, उपबिजेतालाई पाँच हजार, नृत्य प्रतियोगिताको बिजेतालाई पाँच हजार ५०० र उपबिजेतालाई तीन हजार ३०० रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सांस्कृतिक,ऐतिहासिक एव्म धार्मिक महत्व बोकेको मल्लाजकोट परिसरमा मेलाको आयोजना हु्ने मेला संयोजक तथा वडा नं ३ का अध्यक्ष देबिन्द्र भण्डारी (रबि)ले बताउनुभयो । स्थानीय मौलिक कला,संस्कृति ,धार्मिक ऐतिहासिक तथा खेल क्षेत्रको विकास ,प्रवद्र्धन तथा संरक्षणका लागि मेलाको आयोजना गर्न लागिएको संयोजक एवं वडा अध्यक्ष रबिले बताउनुभयो । मेला संचालनबाट आएको आर्थिक आम्दानीबाट गरिब ,विपन्न तथा अशक्त असाहरुका लागि राहत कोष स्थापना गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

‘धार्मिक ,सांस्कृतिक ,ऐतिहासिक मल्लाजकोट संगै स्थानीय मौलिक कला संस्कृती तथा खेल क्षेत्रको विकास,प्रवद्र्धन र संरक्षणका लागि मेला संचालन गर्न लागिएको हो’,कार्यक्रम संयोेजक तथा वडा अध्यक्ष रबिले भन्नुभयो ।‘कार्यक्रमबाट आम्दानी भएको रकम गरिब विपन्न तथा अशक्त असाहय विरामीहरुको उपचारमा सहयोग गर्ने उद्धेश्यले राहत कोष स्थापना गर्ने योजना छ ।’

कार्यक्रमको आन्तरिक तयारीलाई तिब्रता दिइएको कार्यक्रम सहसंयोजक एवमं वडा नं ४ का अध्यक्ष भिष्म मल्लले जानकारी दिनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ,सहकारी,बेनी खानेपानी समिति,नेपाली कांग्रेस ,नेकपा तथा विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांङ्गितीक प्रस्तुतती रहने आयोजकले जनाएको छ. ।