ताजा समाचार:
Search

यस्तो छ अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम (पढ्नुहोस पूर्णपाठ )

विकल्प न्यूज/बेनी
साउन १ गते ।
गाउँसभाका सम्पूर्ण सदस्यहरु
राजनीतिक दलका प्रतिनिधिहरु,
उपस्थित पत्रकार मित्रहरु तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु
उपस्थित सम्पुर्ण महानुभावहरु ।

नेपालको संविधान, जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम देशमा संघीयता कार्यान्वयनमा आएकोछ । लामो समय सम्मको आम नेपाली जनताको प्रतीक्षा र २०६२÷०६३ को जनआन्दोलन पश्चात दुई पटक सम्म संविधानसभाको निर्वाचन भई जनताका प्रतिनिधिद्वारा निर्मित संविधान जारी भई हाल कार्यान्वयनमा रहेको छ । संविधानले उल्लेख गरेका प्रावधानहरुलाई व्यवहारमा रुपान्तरण गर्ने क्रममा स्थानीय तहको निर्वाचन, २०७४ सम्पन्न भई आज हामी अन्नपूर्ण गाउँपालिकामा स्थानीय सरकारको रुपमा रही चौथो पटक यो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई निकै हर्ष महशुस भएको छ ।

देशलाई यस स्थितिमा ल्याइ पुर्याउन आफ्नो प्राणोत्सर्ग गर्ने सम्पुर्ण महान सहीदहरु, जनआन्दोलनका घाइतेहरु, द्वन्द्वपीडितहरु तथा देशमा गणतन्त्र तथा संघीयता स्थापना गर्न अहमं भुमिका खेल्ने सम्पुर्ण ज्ञात अज्ञात व्यक्तिहरुलाई मैले यस अवसरमा स्मरण गर्न चाहन्छु । संघ, प्रदेश र स्थानिय तह विचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्दै उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरिय सेवा प्रवाह गर्दै लोकतन्त्रका लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गरी कानूनी राज्य र दिगो विकासको अवधारणा अनुरुप समाजवाद उन्मुख संघिय लोकतान्त्रिक शासन प्रणालीलाइ स्थानीय तह देखि नै सुदृढ गरी स्थानीय नेतृत्वको विकास गर्दै स्थानिय शासन पद्धतिलाई परिष्कृत र परिमार्जित गरी स्थानीय तहमा विधायिकी, कार्यकारणी र न्यायिक अभ्यासलाई संस्थागत गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो हाम्रो लागि अवसर र चुनौति हो ।

उपस्थित सम्पुर्ण महानुभावहरु,
अव म यस अन्नपूर्ण गाउँपालिकाको आ व ०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१.स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै जनताको घरदैलोमा नै स्थानिय सरकार रहेको छ । अन्नपूर्ण गाउँपालिकाले सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित गर्ने खालका योजना तर्जुमा गर्न सहभागितात्मक योजना तर्जमा पद्घतिको अवलम्बन गर्नुका साथै सरोकारवालालाई कार्यान्वयनमा प्रत्यक्ष सहभागी गराउने, जनताका वास्तबिक आवश्यकतामा आधारित कार्यक्रम तथा विकास गतिविधिहरु सञ्चालन गरी यस क्षेत्रका जनताको गरिवी न्युनीकरण मार्फत आर्थिक–सामाजिक समृद्धि हासिल गर्ने प्रमुख नीति लिइएको छ ।

२. नेपाल कृषि प्रधान देश हो । हाम्रो गाउँपालिका पनि कृषि पेसामा नै आत्मनिर्भर भएकाले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै व्यवसायीकरण गर्ने नीति तथा कार्यक्रमहरु अगाडि बनाईनेछ । बेमौसमी खेती तथा मौसम अनुकूल समयमा उत्पादन हुने आलु, मकै लगायतका कृषिजन्य उत्पादन बढाउने तर्फ आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ । घुम्ती खेती प्रणालीलाई प्रोत्साहन गर्दै जमिन बाँझो छोड्ने प्रबृत्तिलाई निरुत्साहित गरिनेछ । जनताको खाद्य सुरक्षाको अधिकारलाई सार्थकता दिन तथा त्यसमा गुणस्तर कायम गर्नेतर्फ थप पहल गरिनेछ ।

कृषि क्षेत्रमा अबलम्बन गरिएको अर्गानिक खेती प्रणाली विकास कार्यक्रम पालिकास्तरमा ब्यापक बनाईनेछ । पशुपालनको क्षेत्रमा उन्नत नश्लका गाई,भैंसी, भेडा, च्यांग्रा तथा चौँरी गाईको व्यवसायिक उत्पादन गर्नुका साथै स्थानीय जातका पशुहरुको आनुवांशिक संरक्षणका कार्यक्रम सञ्चालन मार्फत पशुजन्य उत्पादन अभिवृद्धि गरिनेछ र्।

३. अन्नपूर्ण गाउँपालिकाको सम्पुर्ण क्षेत्र बिश्व कै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । प्रसिद्घ अन्नपूर्ण पदमार्ग सर्कीट, अन्नपूर्ण हिमाल, नीलगिरी हिमाल, रुप्से झरना, पुनहिल, सबै भन्दा बढी थरीका गुरास फुल्ने जंगल, संरक्षित जंगल लगायतका बिशेषताका कारण यो क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरु एवं अनुसन्धानकर्ताहरुका लागि आकर्षण गर्न थप पदमार्गको विकास गर्न सके अहिले भैरहेको संख्यालाई समेत बढाउन सकिन्छ ।

त्यसका लागि पर्यटकीय पदमार्गहरुमा सुधार गर्ने, होटल तथा अन्य सेवा उद्योगहरुको संख्या वृद्धि गर्ने, ट्रेकिङ रुटमा होमस्टे निर्माण गर्ने, पदयात्रीहरुको जानकारीका लागि ठाउँठाउँमा पर्यटकीय सूचना केन्द्र तथा जानकारीहरु सहितका वोर्डहरु राख्ने कार्यको शुरुवात गरिएकोमा अझ ब्यापक बनाउन कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

यस क्षेत्रको सांस्कृतिक तथा स्थानीय कला संस्कृति तथा रितिरिवाजको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । स्थानीय कला संस्कृति तथा रितिरिवाजमा आधारित ब्यबसायको बिस्तार गरी स्थानीय जनताको आम्दानी र रोजगारी बढाईनेछ । साथै नयाँ पर्यटकिय पदमार्गहरुको पहिचान गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भित्राउन पहल गरिने छ । यस सन्दर्भमा आगामी आ.व.मा पर्यटकीय महोत्सवहरु आयोजना गरी अन्नपूर्ण पर्यटन बर्ष २०७६ मनाईनेछ ।

४. उर्जा विकासको महत्वपुर्ण पुर्वाधार हो । यस गाउँपालिका क्षेत्रभित्र वातावरणमैत्री उर्जाको प्रयोग मार्फत यस गाउँपालिकालाई समृद्ध बनाउने प्रयास गरिनेछ । आगामी दिनमा वनजंगल तथा वातावरण जोगाउन वैकल्पिक उर्जा मार्फत दाउराको प्रयोगलाई क्रमशः विस्थापन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

५. “जलबिद्युतकोे उत्पादन अन्नपूर्णको स्वाभिमान ” कार्यक्रमलाई निरन्तरता दिदै विद्युतको भरपर्दो व्यवस्था गर्न विगतमा यस क्षेत्रमा सञ्चालनमा रहेका लघुजलविद्युत आयोजनाहरु तथा हाल निर्माणधीन जलबिद्युत आयोजनाहरु मार्फत स्थानीय जनतालाई विद्युत उपभोगको प्रवन्ध मिलाउने तर्फ उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा अन्य निकायको सहकार्य र साझेदारीमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

६. सूचना र सञ्चार प्रविधि विना समृृद्ध समाजको परिकल्पना गर्न सकिँदैन । यसको भरपर्दो व्यवस्था हुन नसक्दा यहाँका जनता समय समयमा सञ्चार विहीन हुनुपरेको अवस्था विदितै छ । अन्नपूर्ण गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त ,दुरुस्त र प्रभावकारी बनाउन पूर्ण रुपमा ईन्टरनेट मार्फत सेवा प्रदान गरिनेछ । सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरि सूचना, तथ्याङ्क तथा अभिलेख ब्यवस्थापनलाई प्राथमिकता दिईनेछ साथै स्थानीय बिद्युतिय तथ छापा सञ्चार माध्यमबाट बिकास निर्माणका सम्वन्धी गतिबिधि संप्रेषण गरिनेछ ।

७. लक्षित बर्गलाई संविधान तथा कानुन बमोजिम पाउने हक अधिकार सुसूचित गरिनेछ । जेष्ठ नागरिकमा रहेको ज्ञान सिप र अनुभवलाई बिकास प्रकृयामा उपयोग गर्ने उदेश्यले गा.पा. अध्यक्ष जेष्ठ नागरिक साक्षात्कार तथा सम्मान कार्यक्रम सञ्चालनमा ल्याईनेछ । साथै गाउँपालिका क्षेत्रभित्र रहेका दलित, अल्पसंख्यक, अपांग, महिला तथा वालवालिका लगायत लक्षित वर्गका लागि क्षमता अभिबृद्घि तथा सशक्तिकरण गर्ने खालका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । बिशेषत महिला वर्गलाई बिकासको मुल प्रवाहमा ल्याउन गा.पा. उपाध्यक्ष महिला सशक्तिकरणलाई सफल तुल्याउन बिभिन्न सिपमुलक एबं प्रबद्र्घनात्मक कार्यक्रहरु सञ्चालन गरिनेछ ।

८. मानव अधिकारको उच्च सम्मान गर्दै बिधिको शासनको मान्यतालई अबलम्वन गरिनेछ । सामाजिक न्याय सहितको समतामूलक समावेशी समाजको स्थापना गर्ने नीति लिईनेछ । शान्ति र सुरक्षालाई उच्च प्राथमिकता दिई सुरक्षा क्षेत्रसँग सम्बद्ध सबै निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।

९. अवको विकास अपांगमैत्री, वालमैत्री, महिलामैत्री वनाउनेतर्फ नीति अङ्गिकार गरिनेछ । आ व ०७६।७७ देखि सबै वडाहरुमा बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइने छ । लैङ्गिक विभेद तथा दलित समुदायलाई गरिँदै आएको सामाजिक विभेदको अन्त्य गर्ने खालका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । साथै आदिवासी, जनजाति, लोपोन्मुख, समुदाय तथा अल्पसंख्यकहरुलाई समेत विकासको मुलधारमा ल्याउन थप पहल गरिनेछ ।

१०. सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरुको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गरिनेछ । यस कार्यक्रम संघीय सरकार मार्फत सञ्चालन हुने भएपनि लाभग्राहीहरुको विवरण अनलाइन अद्यावधिक गर्नुका साथै सामाजिक सुरक्षा बापतको रकम बैकिङ प्रणाली मार्फत समयमा नै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ ।

पञ्जीकरणको कार्यलाई थप ब्यवस्थित गरिनेछ । जेष्ठ नागरिकहरुको आधारभूत हक, अधिकारको संरक्षण एवं सम्मानजनक र सन्तुष्टिपूर्ण जीवनयापनको लागि जेष्ठ नागरिकको सम्मान, अन्नपूर्णको शान कार्यक्रम थप प्रभावकारी बनाइने छ ।

११.गाउँपालिका भित्रका जनतालाई सुरक्षित खानेपानीको प्रवन्ध मिलाउनका लागि पहल गरिनेछ । आगामी दुई बर्षभित्र एक घर, एक धारा कार्यक्रम सञ्चालन गरी खानेपानीको अभाव भएका वस्तीहरुमा स्वच्छ खानेपानीको सुुविधा उपलब्ध गराउन खानेपानी आयोजनाहरु सञ्चालन गरिनेछ । फोहोरमैला व्यवस्थापन गर्ने, खानेपानीको शुद्धीकरण गरेर मात्र पिउने, सरसफाईमा ध्यान दिने संस्कारको विकास गर्ने तथा यस सम्बन्धमा सफा र स्वच्छ आहार बिहार, दीर्घायु जीवन उपहार नारा लाई मुर्तरुप दिन कार्यक्रमहरु ल्याइनेछ ।

१२. शिक्षा जीवनको महत्वपूर्ण आधार हो । यसक्षेत्रका विद्यालयहरुमा बालबालिकाको विद्यालय छोड्ने दर कम गर्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि आवश्यक कार्यक्रमहरु ल्याइनेछ । बिद्यार्थी टिकाउ तथा बिकाउ कार्यक्रम, वालमैत्री स्थानीय शासन कार्यक्रम लगायत वालमैत्री विद्यालय, खेल्दै सिक्दै लगायतका कार्यक्रमहरुलाई समावेश गर्दै लगिनेछ ।

विद्यालयको पूर्वाधार विकास, शिक्षकको पेशागत हकहित तथा शिक्षण पेशामा प्रतिबद्घ गराई यस क्षेत्रको साक्षरता दरमा बृद्धि गरिनेछ । सरकारी बिद्यालयहरुमा अंग्रेजी भाषाबाट समेत पठन–पाठन सुरु गरिएकोमा यसलाई थप बिस्तार गरिने छ । भौगोलिक बनावट तथा बिद्यार्थी संख्याको आधारमा बिद्यालय थप–घट गर्न, एकिकृत गर्न तथा समायोजन गर्नका लागि उपयुक्त नीति लागू गरिनेछ ।

१३. स्वास्थ्य नै धन हो भन्ने मान्यतालाई आत्मसात गर्दै यस क्षेत्रमा स्वास्थ्य सेवा अभिवृद्धि गर्नेतर्फ पहल गरिनेछ । नेपाल सरकारको नागरिक स्वास्थ्य विमा कार्यक्रमलाई ब्यवस्थति बनाउदै आबश्यक कार्यक्रमहरुलाई अगाडि ल्याइनेछ । अत्यावश्यक औषधि तथा उपचारको सहज ब्यवस्थापन गर्नुका साथै वाल मृत्युदर तथा मातृमृत्युदर घटाउन महिला स्वयंसेविकाहरु थप प्रोत्साहित गरिने छ ।

युुवाहरुलाई बिकृति बिसंगतिबाट जोगाउन अध्यक्षसंग लागू औषध दुब्र्यसनी नियन्त्रण कार्यक्रम सञ्चालन गर्दै युुवा युवतीहरुको लागि यौन तथा एच.आइ.भि. र एड्स शिक्षा, नसर्ने एबं सरुवा रोगहरुको नियन्त्रणका लागि प्रचार प्रसार लगायतका कार्यक्रमहरु वडाहरुका सबै बिद्यालय तथा संस्थाहरुमा सञ्चालन गरिनेछ ।

१४ खेलकुद विकासका पूर्वाधार बनाउने कार्यलाइ तिव्रता दिइनेछ । प्रत्येक बर्ष अन्नपुर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि यस बर्ष पनि ब्यवस्था मिलाईनेछ । युवा प्रोत्साहनका लागि गाउँपालिका अध्यक्षसंग युवा खेलकुद प्रतियोगिता कार्यक्रम सञ्चालन गरिनेछ ।

युवाहरुलाई उपलब्ध स्रोत साधनको परिचालन गरी रोजगारी सिर्जनामार्फत युवा उद्यमशिलताको बिकास र बिस्तार गर्ने, सिर्जनात्मक कार्यहरुमा उत्प्रेरित गर्ने, खेलकुद तर्फ प्रोत्साहन गर्ने खालका युवालक्षित कार्यक्रमहरु ल्याइने छ । साथै एक वडा एक मेला कार्यक्रमलाई थप प्रभावकारी बनाईने छ ।

१५. भौतिक पूर्वाधार विकास नै समग्र विकासको आधारशीला हो । पूर्वाधार विकासका लागि जनसहभागिताको पाटो अपरिहार्य हुन्छ । जनताको स्वामित्व र अपनत्व कायम गर्न सकिएमा मात्र विकासले दिगोपना हासिल गर्न सक्दछ । त्यसका लागि “हाम्रो पूर्वाधार, हामा्रे आफ्नै जाँगर ” कार्यक्रमलाई अभियानको रुपमा बिकास गर्दै लगिनेछ ।

बिकासका बिभिन्न कार्यका लागि संघिय सरकार, प्रादेशिक सरकार, अन्य स्थानीय सरकार,सहकारी क्षेत्र, नीजि तथ गैर सरकारी संघ संथाहरुसंग समन्वय र सहकार्य गरिनेछ ।

१६. यस क्षेत्रमा न्युन संख्यमा रहेका उद्योग तथा रोजगारीका अन्य अवसरहरुलाई ब्यापक खोजी गरी सम्भावना रहेका ढुंगा, गिटी, ब्लक उद्योग, काष्ठ उद्योग, पशुपालन उद्योग, पर्यटन उद्योग लगायत अन्य घरेलु तथा साना उद्योगहरुको प्रोत्साहन तथा बिकास गर्न साझेदार संस्थाहरुसंग समन्वय र सहकार्य गरिनेछ ।

१७. गाउँस्तरमा विभिन्न समुह मार्फत वचत गर्ने वानी बसाल्ने, ऋण लिएर लगानी गर्ने लगायतका कार्यमा सहजता ल्याउन स्थानीय स्तरमा सहकारी समुहहरु गठन गर्ने नीति लिइनेछ । वचत वृद्धि, पुँजी निर्माण, ऋण परिचालन मार्फत आम जनताको जीवनस्तरमा सुधार गर्ने तर्फ थप पहल गरिनेछ ।

१८. सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्न सेवाग्राहीहरुलाई उच्च प्राथमिकता दिई सेवा प्रवाह गरिनेछ । गा.पा. अध्यक्षसंग सबै वडाका वडाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतसंग मातहत शाखाका शाखा प्रमुख र वडाका सचिवसंग स्पष्ट कार्यविवरण र कार्य सम्पादन सूचकका आधारमा सेवा प्रवाहको सुनिश्चितता कायम गर्न कार्य विधि तर्जमा गरी कार्य सम्पादन सम्झौता गरीनेछ ।

आफै र आफ्नो मातहतका कार्यालयहरु मार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुणात्मकता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुबाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सुचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्दै लगिनेछ ।

१९. सेवा प्रवाहलाइ थप प्रभावकारी बनाउन काम गर्ने खालको उपयुक्त कार्य वातावरण सिर्जना गरिनेछ । साथै यो क्षेत्रमा सरकारी कर्मचारीहरु सँधै बसी उनीहरुमा जनताको सेवाभाव जागृत गराउने र गाउँपालिकाका निर्णयहरुलाई कार्यान्वयनमा ल्याउनका लागि तत्पर हुने अवस्थाको सिर्जना हुने वातावरण मिलाइनेछ ।

२०. जलवायु परिवर्तनले विश्वलाई नै चुनौति दिइरहेको वर्तमान परिप्रेक्ष्यमा जलवायु परिवर्तनलाई तल्लो तहबाट नै सामना गर्ने खालका गतिविधीहरुलाई प्रोत्साहन गरिनेछ । जलवायु अनुकुलित विकास कार्यक्रमहरु सञ्चालन गरी हरित अर्थतन्त्रको प्रवद्र्धन गर्न पहल गरिनेछ । यसका लागि प्रकृतिलाई बिगारेर नभई सपारेर काम गर्ने नीति लिईनेछ । यस क्षेत्रभित्र आउन सक्ने प्रकोप तथा विपदहरुलाई समेत ध्यानमा राखी जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा कार्य गर्ने विभिन्न निकायसँग सहकार्य गरि अगाडि बढ्ने नीति अबलम्बन गरिनेछ ।

२१. यस क्षेत्र हुदै वहने कालीगण्डकीको स्वच्छता कायम गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै वातावरणीय सन्तुलन र मानवीय सुरक्षा लगायतका विषयलाई प्रभावकारी गराईनेछ । प्राकृतिक प्रकोपसँग जुध्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्ने, नदी नियन्त्रण, पहिरो नियन्त्रण, जलाधार संरक्षण, बन फडानी तथा डढेलो नियन्त्रण, बनजन्य चोरी–निकासी र बन पैदावार नियन्त्रण, बृक्षारोपण कार्यक्रम, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका विषयलाई महत्वका साथ अगाडी बढाईने छ ।

२२. यस क्षेत्रमा उठ्ने राजस्वलाई थप व्यवस्थित गरि राजस्व परिचालन तथा राजस्व चुहावट नियन्त्रणमा जोड दिइनेछ । राजस्वका दायराहरु फराकिलो पारी आन्तरिक आम्दानी वृद्धि गर्न थप पहल गरिने छ । आगामी बर्ष देखि सम्पत्ती कर कार्यान्वयनमा ल्याईनेछ । विगत वर्ष देखि तातोपानी कुण्ड, घोरेपानी, पुनहिल, रातोपानी कुण्डबाट राजस्व संकलन गर्दै आएकोमा सो कार्यलाई निरन्तरता दिइने छ जसका लागि ती क्षेत्रको भौतिक पूर्बाधारमा समेत सुधार गर्दै लगिनेछ ।

अन्नपूर्ण संरक्षण क्षेत्रबाट हुने आयलाई प्रचलित कानूनमा भएको ब्यबस्था अनुसार पालिकाको कोषमा ल्याईनेछ । गाँउपालिका क्षेत्र भित्र रहेका रुप्से झरना, बयली, महरे डाँडा ,खोप्रा लेख, ढाड खर्क लगायतका अन्य सम्भावित पर्यटकिय स्थलहरुहरुको पहिचान गरी ति क्षेत्रबाट समेत राजस्व रकम संकलन गर्न ति क्षेत्रहरुमा थप ब्यबस्थापन गरिनेछ । विगत आ व मा राजस्व संकलन गर्ने वडामा संकलित राजस्वको ७० प्रतिशत र गाँउपालिकामा ३० प्रतिशत मात्र खर्च गर्ने गरिएको व्यवस्थालाई परिमार्जन गरी आवश्यकताको आधारमा मात्र बिनियोजन गर्ने नीति लिईनेछ ।

२३. आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गर्दै आर्थिक वर्षको शुरुमा नै योजना बनाएर काम गर्न शुरु गर्ने र समयमा नै गाउँपालिकाका कार्यक्रमहरु सम्पन्न गर्न कार्य योजना पारित गरी कार्यान्वयन गरिनेछ । विकास कार्यमा जनसहभागिता बढाउदै हाम्रो विकास राम्रो विकास कार्यक्रमहरु अगाडी बढाइने छ ।

२४. माथि उल्लेखित नीति तथा कार्यक्रलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि अन्य स्थानीय तहहरु, प्रदेश सरकार, केन्द्र सरकार तथा निजी क्षेत्र, गैर सरकारी संस्थाहरु, दातृ निकायहरु, नागरिक समाज, प्रबुद्ध वर्गहरु तथा विकास साझेदारहरुसँग सम्वाद, सहकार्य र सहभागिताको नीति अबलम्बन गरिनेछ ।

२५. अन्त्यमा यस पालिकाको समग्र बिकासमा महत्वपूर्ण सहयोग पुर्याउनुहुने सबै जनप्रतिनिधि, राजनीतिक दलहरु, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत र राष्ट्रसेवक कर्मचारीहरु तथा सम्पूर्ण अन्नपूर्णबासी दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा सहयोगको अपेक्षा गर्दछु ।

क्या. डमबहादुर गर्बुजा
अध्यक्ष
सबै अन्नपूर्णबासीहरु सुखी रहुन र समृद्घ बनुन ।
जय अन्नपूर्ण
धन्यवाद ।