बेनी अस्पतालको पचास शैया क्षमताको भवन निर्माण सुरु

सन्तोष गौतम /विकल्प न्यूज
बेनी २६ मंसिर ।   DSC_0698म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालको पचास शैया क्षमताको आधुनीक सुबिधासम्पन्न भवन निर्माण सुरु भएको छ ।

दुई वर्षअघि क्षमता विस्तार भएको अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत भवन निर्माणको काम सुरु गरेको हो ।

चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने ४ तले भवन बनाउने ठेक्का महादेव खिम्ती ज्वाला सफीना जेभीले पाएको छ । वि.स २०७३ मंसिर २१ गते ठेक्का सम्झौता भएको भवनको एक वर्षपछि मंगलबार शिलन्यास गरिएको छ ।

बेनी अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले शिलन्यास गर्नुभएको हो । डिभिजनका ईञ्जिनियर प्रकाश अर्यालले भ्याट सहित १८ करोड ८४ लाख आठ हजार ८९ रुपैयामा भवन निर्माणका लागि ठेक्का सम्झौता भएको जानकारी दिनुभयो । DSC_0711सर्वेक्षणका क्रममा २४ करोड चार लाख २९ हजार, ८६९ रुपैया लागत अनुमान गरिएको थियो । २०७६ मंसिर २० गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ ।

भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ । यो भवन म्याग्दीमा हालसम्म निर्माण भएका मध्य सबैभन्दा ठूलो र धेरै लागतको भएको ईञ्जिनियर अर्यालले बताउनुभयो । DSC_0691अस्पताल भवनसंगै चारचार परिवार नर्स र डाक्टरको आवास भवन निर्माणका लागि समेत ठेक्का सम्झौता भएको छ । अस्पतालको पुरानो भवन रहेको ठाउँमा नयाँ भवन निर्माण हुन लागेको हो । पुरानो भवनबाट दिदै आएको सेवा जिल्ला स्वास्थ्य कार्यालयको नयाँ भवनबाट दिने व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँले पुरानो संरचना भत्काएपनि सेवामा कुनै कमी आउन नदिएको बताउनुभयो । दुई वटा अस्थाई भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पुरानो संरचना भत्काएर काम सुरु गर्न केही ढिलाई भएपनी निर्धारीत समयमै सम्पन्न गर्ने गरी काम अघि बढाउने निर्माण व्यवसायी रवीन जोशीले बताउनुभयो । १५ शैया क्षमताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नती भएको थियो ।

५० शैयामा स्तरउन्नती भएपछि अस्पतालमा भवन निर्माण र उपकरणको व्यवस्थापनको काम भैरहेको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि क्षमता अनुसारको प्रभावकारी सेवा प्रवाह गर्न सहज हुने चिकित्सक न्यौपानेले बताउनुभयो । तस्विरहरु ठाकुरप्रसाद आचार्य