धार्मीक एवं शैक्षिक महोत्सवको तयारी पूरा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ कात्तिक ।
बेनीमा बिहीबारदेखि सुरु हुन लागेको म्याग्दी बेनी धार्मीक एवं शैक्षिक महोत्सवको तयारी पुरा भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह र प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्न आयस्रोत जुटाउने उद्देश्यले मंसिर २ गतेसम्म सञ्चालन हुने महोत्सवको बिहीबार सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाले उद्घाटन गर्नुहुने जनाइएको छ ।

महोत्सवको प्रचारप्रसार, ब्यवस्थापकीय र पुर्वाधार निर्माण लगायतका तयारी पुरा भएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो । कलशयात्राले बेनी बजार परिक्रमा गरेपछि क्याम्पसमा पुगेर उद्घाटन समारोह सुरु हुनेछ ।mmc-photoनेपाली सेनाको श्रीबक्स गुल्म, टोल सुधार समिति, क्याम्पसका प्रध्यापक, कर्मचारी, विद्यार्थी र सञ्चालकहरुले सरसफाई गर्नुका साथै मञ्च निर्माण गरेका प्रचारप्रसार संयोजक नेत्र महतले बताउनुभयो । म्याग्दीको गाउँ, गाउँका साथै काठमाडौ, पोखरामा पुगेर तथा सामाजिक सञ्जाल मार्फत प्रवासमा समेत महोत्सवको प्रचारप्रसार गरिएको छ ।

महोत्सव मार्फत पाँच करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । सो महोत्सवमा धार्मीक कथावाचन प्रवचन, भजनका साथै पुजाआजा गर्न सकिने क्याम्पस सञ्चालक समिति एवं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो ।14993438_1302701959802302_8032717977319906800_n उहाँले स्नाकोत्तर तहको शिक्षा हाँसील गर्नका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य र प्राबिधिक शिक्षा प्रदान गर्न महोत्सव मार्फत संकलित आर्थिक स्रोत परिचालन गरिने बताउनुभयो । 15032781_1302702309802267_7690208295743425867_nदेशभर १०१ प्राबिधिक क्याम्पस र प्रत्येक प्रदेशमा एक वटा प्राबिधिक विश्व विद्यालयका संकल्पकर्ता युवा कथावाचक धु्रवशरण बस्यालको पहलमा हुन लागेको महोत्वमा दिनबन्ध पोख्रेलले कथा वाचन गर्नुहुने जनाइएको छ ।