ताजा समाचार:
Search

म्याग्दी अस्पताललाई सहयोग गर्ने मोना हङ्कङ्लाई बेनीमा भव्य स्वागत (फोटोफिचर सहित)

विकल्प /म्याग्दी DSC06452विकल्प /म्याग्दी
मंसिर ४ गते । जिल्ला अस्पताल म्याग्दीलाई सहयोग गर्ने म्याग्दी  प्रवासी नेपाली संघ (मोना) हङ्गकङ्गका पदाधिकारीहरुलाई बेनीमा अहिले भव्य स्वागत गरिएको छ । बाजागाजा,अविर र फुलमालाले उनीहरुलाई स्वागत गरिएको हो ।

DSC06443
हङ्गकङ्गमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर जिल्ला अस्पताललाई  सहयोग स्वरुप डिजिटल एक्सरे मेशिन खरिद गर्ने रकम जुटाएका थिए ।

DSC06449

आज मंसिर ४ गते भव्य कार्यक्रमका विच एक्सरे मेशिनको समुद्घाटन गरिएको छ ।
अत्याधुनिक एक्सरे मेसिनको उदघाटन र एक्सरे मेशिन दिगोरुपमा सञ्चालन गर्नका लागि अक्षय कोष घोषणा सभामा समेत राखिएको अस्पतालका अध्यक्ष चन्द्रकुमार केसीले बताउनुभयो ।

DSC06440

भविष्यमा पनि अस्पतालमा दिगोरुपमा मेशिनलाई सञ्चालनमा ल्याउनका लागि अक्षय कोषको स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो छ ।

DSC06455

उक्त सामाग्रीहरु करीब ११ लाख पचास हजार रुपियाँ मूल्य बरावरको रहेको अस्पतालले जनाएको छ ।  मोना हङकङले जिल्लाको सामाजिक क्षेत्रमा ठूलो सहयोग गर्दै आएको छ । ठाकुरप्रसाद आचार्य