मोना हङकङद्धारा दृष्टिविहिनी श्रोतकक्षालाई ब्रेन लिपी टाईपराईटर सहयोग

विकल्प / मंसिर ३ गते ।
म्याग्दीको पिप्ले–९ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिनी श्रोतकक्षालाई हङकङमा रहेका म्याग्देलीले ब्रेन लिपी टाईपराईटर र पेपर सहयोग गरेको छन् ।
बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष इन्द्र एलजी थापामगर, कार्यसमिति सदस्य मोहन रोका र मोना महिला विभाग विभागको सदस्य लक्ष्मी थापामगरले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुबेदी र प्रधानध्यापक निलकण्ठ सुबेदीलाई हस्तान्तरण गर्नुभएको थियो । मोना हङकङका निर्वतमान अध्यक्ष दल शेरर्वुजा, अध्यक्ष इन्द्र एलजी मगर र निर्वतमान कोषाध्यक्ष कर्ण पुनले ४० हजार मुल्यको ब्रेन लिपी टाईपराईटर खरिद सहयोग गर्नुभएको हो ।

IMG_2314
हस्तान्तरण तथा सम्मान कार्यक्रममा मोना हङकङले फरक क्षमता भएका विद्यार्थीलाई अक्षयकोष, उपकरण तथा अन्य विभिन्न सहयोगले शैक्षिक गतिविधिमा सहज भएको विद्यालयका प्रअ सुबेदीले बताउनुभयो । उहाँले मोना हङकङबाट ११ लाखको अक्षय कोषको स्थापना गरेपछि दृष्टिविहिन विद्यार्थीको आवश्यकता पुरा गर्न सहज भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मोना हङकङका अध्यक्ष इन्द्र एलजी थापामगरले फरक क्षमता भएका विद्यार्थीलाई कुनैपनि समस्या हुन नदिने गरी ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हङकङमा रहेका म्याग्देलीले फरक क्षमता भएका विद्यार्थीलाई लक्षित गरेर विभिन्न कार्यक्रम गरेको बताउँदै सहयोगलाई लक्षित क्षेत्रमै खर्च गर्न समेत अनुरोध गर्नुभयो । कार्यक्रमको स्वागत दृष्टिविहिन स्रोत शिक्षक गणेश सुबेदी, अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुबेदी र सञ्चालन शिक्षक गुणराज गौतमले गर्नुभएको थियो । हरिकृष्ण गौतम