भव्य कार्यक्रमका विच एक्सरे मेशिन म्याग्दी अस्पताललाई हस्तान्तरण गरिने

विकल्प /म्याग्दी
मंसिर ३ गते । नेपाली प्रवासी संघ (मोना) हङ्गकङ्गले सहयोग स्वरुप प्रदान गर्ने डिजिटल एक्सरे मेशिनको मंसिर ४ गते शुक्रवार एक भव्य कार्यक्रमका विच समुद्घाटन गरिने भएको छ । 11036668_1029589753750225_6712945798896401210_n
विभिन्न रोजगारी र व्यवसायका शिलशिलामा हङ्गकङ्गमा रहेका म्याग्देलीहरुले देउसी भैलो खेलेर म्याग्दी अस्पतालाई रकम संकलन गरी खरिद गरिएको अत्याधुनिक एक्सरे मेशिनको शुक्रवार जिल्ला अस्पताल म्याग्दीलाई हस्तान्तरण गरिने अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले जानकारी दिनुभएको छ ।

12219626_1029589440416923_8935411870959104646_n
जिल्ला अस्पताल म्याग्दीमा अत्यवश्य पर्ने सामाग्री खरिद गर्नका लागि सहयोग संकलन गर्न खेलिएको देउसी भैलोमा १७ लाख रुपियाँ संकलन भएको मोना हङ्गकङ्गका अध्यक्ष इन्द्र एलजी थापा मगरले बताउनुभयो ।

12239629_989186764456696_7600030697372466154_n
अत्याधुनिक एक्सरे मेसिनको उदघाटन र एक्सरे मेशिन दिगोरुपमा सञ्चालन गर्नका लागि अक्षय कोष घोषणा सभामा समेत राखिएको अस्पतालका अध्यक्ष केसीले बताउनुभयो । भविष्यमा पनि अस्पतालमा दिगोरुपमा मेशिनलाई सञ्चालनमा ल्याउनका लागि अक्षय कोषको स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो छ ।

उक्त सामाग्रीहरु करीब ११ लाख पचास हजार रुपियाँ मूल्य बरावरको रहेको अस्पतालले जनाएको छ ।