इन्धन वितरण अनियमिता छानविन गर्न समिति गठन

 ३ मंसिर, काठमाडौं ।

बाणिज्य तथा मन्त्रालयले पेट्रोलियम पदार्थ र ग्यासको वितरणमा भएको भनिएको अनियमिताबारे छानबिन गर्न समिति बनाएको छ ।

बााणिज्य मन्त्रालयका सह-सचिव जीवराज कोइरालाको संयोजकत्वमा बनेको समितिले पेट्रोलियम पदार्थ वितरणमा अनियमिता भए नभएको छानविन गर्नेछ ।

Ganeshman-Pun

बाणिज्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गणेशमान पुनले समितिले आयल निगमका अधिकारी, पेट्रोलियम ब्यवसायीदेखि मन्त्रीसम्मलाई छानबिन गर्ने अधिकार दिइएको जानकारी दिए ।

मन्त्री पुनले छानविन समिति शक्तिशाली भएको दाबी गरे । तर, यस यसलाई दोषीलाई कारबाही गर्ने नभई कारवाहीका लागि सिफारिस गर्ने अधिकार मात्र दिइएको छ ।

मन्त्रालयले पेट्रोलियम पदार्थको अनियमितता र कालोबजारी गर्नेविरुद्ध उजुरी गर्न हटलाइन पनि सुरु गरेको छ । आपूर्तिमन्त्री पुनले अनियमितताबारे जानकारी ०१-४२००५२ मा फोन गरेर उजुरी दिन सर्वसाधरणलाई आग्रह गरे ।

तेल र ग्यासको कालोबजारी रोक्न बाणिज्य विभागका महानिर्देशकको संयोजकत्वमा रहेको अनुगमन समितिलाई पनि सक्रिय बनाइने मन्त्री पुनले बताए । यस्तै अत्वावश्यकीय सेवाहरु एम्बुलेन्स, विद्यालयका गाडी, दूध ढुवानी गर्ने गाडी लगायतलाई पनि छुट्टटै पम्प तोकेर वितरण व्यवस्थित गरिने भएको छ ।