मधेसी मोर्चाले औषधि ल्याउन दिने

३ मंसिर, काठमाडौं ।

तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलिबाट स्कुल खोल्न दिने भएको छ । साथै उसले बिराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ ।

मधेसी मोर्चाको बिहीबार बसेको बैठकले साथै विहानको समयमा स्कुल र क्याम्पस सञ्चालन गर्न दिने भएको छ । साथै औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु बिराटनगर सीमाबाट ल्याउन दिने भएको छ । तर, मधेसी मोर्चाले आफूले उठाएको मुद्धालाई वार्तामार्फत सम्बोधन गर्न प्रमुख तीन दल अझै गम्भीर नभएको भन्दै आन्दोलन सशक्त बनाउने बताएको छ ।

सीमा नाका र राजमार्ग अवरोधको आन्दोलनलाई भने जारी राख्ने मधेसी मोर्चाको निर्णय छ ।