ताजा समाचार:
Search

कर कार्यालय पोखराद्धारा बेनीको मुक्तिनाथ ईन्टरप्राईजेज सम्मानित

विकल्प / म्याग्दी, मंसिर ३ गते ।
आन्तरिक राजश्व कार्यालय पोखराले बेनीमा रहेको मुक्तिनाथ ईन्टरप्राईजेज प्रा.लि लाई जिल्लामा सवैभन्दा धेरै कर भुक्तानी गर्ने व्यवसायीक फर्मका रुपमा घोषणा गरेको छ ।

DSC06424
कार्यालयले मंसिर ७ गते एक कार्यक्रमको आयोजना गरी धेरै कर तिर्ने व्यवसायीक फर्म र व्यक्तिहरुलाई सम्मान गर्ने जनाएको छ ।
गत आर्थिक वर्ष २०७१÷७२ मा १२ लाख ६६ हजार रुपियाँ कर तिरेको प्रोपाइटर भिमनाथ रेग्मीले बताउनुभयो ।
राज्यलाई कर तिरेर आफु सम्मानित हुनपाउँदा धेरै खुसी लागेको सञ्चालक तारानाथ रेग्मीले बताउनुभयो ।
कर तिर्ने व्यवसायीहरुलाई सम्मान गर्ने राज्यको नीतिले आफूलाई हौसला बढेको रेग्मीले बताउनुभयो । राज्यको नीति नियम भित्र रहेर कर तिर्न उहाँले सवैलाई आग्रह गर्नुभएको छ ।

DSC06429
आन्तरीक राजस्व कार्यालय पोखराले चौथो राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार गण्डकी र धौलागिरी अञ्चलमा सबैभन्दा बढी कर तिर्ने ११ करदाताको नाम घोषणा गरेको थियो ।
२०६२ मा स्थापना भएको मुक्तिनाथ ईन्टरप्राईजेज म्याग्दीका लागि गोरखा ब्रुअरीका उत्पादनहरुको अधिकृत बिक्रेता हो ।

DSC06432 म्याग्दीमा विगत चौध वर्ष देखि खाद्यन्न सामाग्रीको होलसेल व्यवसाय सञ्चालन गर्दै आएका भिम एण्ड ब्रदर्श एक सफल व्यवसायीका रुपमा जिल्लामा चिनिन्छन् ।
यसैगरी बागुलङमा सिवाइसी बचत तथा ऋण सहकारी संस्था र पर्वतबाट सूर्योदय कन्ट्रक्सन कम्पनी सबैभन्दा बढी कर तिर्ने करदाता घोषित भएका छन् ।
मुस्ताङबाट निलगिरी डिष्ट्रिलरी उद्योगले जिल्लामा सबैभन्दा बढी कर तिरेको कार्यालयका नायव सब्बाु कृष्णहरि गौतमले जानकारी दिनुभयो ।