ताजा समाचार:
Search

म्याग्दीका तिन गाविसमा मोवाईल सेवा अवरुद्ध

सन्तोष गौतम/विकल्प
म्याग्दी २ मंसिर । म्याग्दीको मुदी गाविस— ६ खिवाङमा रहेको नेपाल टेलीकमको स्याटेलाईट टावर बिग्रीएपछि तिन गाविसमा मोवाईल सेवा अवरुद्ध बनेको छ ।

मुदी, मुना र ताकम गाविसका जिएसएम प्रिपेड र पोस्पेड मोवाईल फोन प्रयोगकर्ताहरु टावरले काम नगरेपछि सञ्चार सुबिधाबाट बञ्चित भएका हुन् । दसै लगत्तै बिग्रीएको टावर मर्मतमा ढिलाई हुँदा मोवाईल प्रयोगकर्ता मर्कामा परेको धनजनता मावि फलीयागाउँ मुनाका प्रअ पुस्कर भण्डारीले बताउनुभयो ।

phone tower

उहाँका अनुसार करिब पाँच हजार जना मोवाईल फोन प्रयोगकर्ता सञ्चार सम्र्पक बिहीन भएका छन् । नेपाल टेलीकम बेनी शाखाले चाडवाडको समय र प्राबिधिक जनशक्तीको अभाव हुँदा समयमै टावर मर्मत गर्न नसकिएको जनाएको छ ।

बागलुङबाट प्राबिधिकलाई ल्याएर टावरमा देखिएको समस्या पहिचान र मर्मत गरि सञ्चालनमा ल्याउन पहल भैरहेको शाखाका बरिष्ठ सहायक ईश्वरी आचार्यले बताउनुभयो । एक दुई दिनमै प्राबिधिकलाई सम्बन्धित ठाउँमा पठाउने तयारी भएको आचार्यको भनाई छ ।