ताजा समाचार:
Search

 माइक्रोबस दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

सन्तोष गौतम/विकल्प
म्याग्दी २ मंसिर । म्याग्दीको बेनी नगरपालीका १३ थामडाँडा नजिकै कात्तिक २८ गते शनिबार माईक्रोबस दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
बेनी नगरपालीका १३ का ५७ वर्षिय शेरबहादुर थापाको बुधबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिले जनाएको छ । बरङ्जा देखि बेनी आउँदै गरेको ग १ ख ५३६६ नम्बरको माईक्रोबस दुर्घटना हुँदा घाइते भएका तिन जनाको सोही दिन मृत्यु भएको थियो ।

12189617_973727856007344_8580914861047658680_n

बेनी नगरपालीका १३ का ९ वर्षिय सुनिल थापा, ६ वर्षिय दिप्जल पुन र बरंजा ९ की २० वर्षिय रमीला पुनको उपचारका क्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको थियो । कुश्मा नगरपालीका ९ की सिता सापकोटा गौतमको बि एण्ड बि हस्पीटल काठमाडौ र ममता थापाको फिस्टेल हस्पीटल पोखरामा उपचार भैरहेको छ ।

अन्य १० जना घाईतेहरुलाई पनि म्याग्दी जिप तथा बस सञ्चालक समितिको पहलमा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ । मणिपालबाट १२ जना र जिल्ला अस्पताल बेनीबाट ६ जना बिरामीहरु उपचारपछि घर फर्कीसकेका छन् ।