ड्रोन क्यामेराले भिडियो खिच्ने म्याग्दीका धनमान थापा पक्राउ

Dron
मंसिर २ गते । ड्रोन क्यामेरा प्रयोग गरी भिडियो खिचेको आरोपमा म्याग्दीका धनबहादुर थापा पक्राउ परेका छन् । उनलाई खोटाङको प्रहरीले पक्राउ गरेको हो ।
ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान थापा पक्राउ परेका हुन ।
म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलीभिजन नेटवर्कमा कार्यरत धनमान थापालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा बुधबार बिहान भिडियो खिच्दै गरेका थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । “अनुमती नलिइ ड्रोन क्यामेरा प्रयोग गर्न पाइदैन ।” उहाँले भन्नुभयो, “थापाले बिनाअनुमती खिचिरहेको भेटेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो ।”
पक्राउ परेका थापालाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ । थापाको साथमा रहेको ड्रोन क्यामेरा, क्यामेराको स्ट्याण्ड, रिमोट, मोवाइल लगायतका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट मङ्गलबार दिक्तेल आएका थापा जिल्लाको पश्चिमी गाविस नुनथलास्थित जालपा माविमा भूकम्पले पु¥याएको क्षतिको भिडियो खिच्न आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका थापालाई कुन मुद्दा चलाउने भन्ने बारेमा भने यकिन भएको छैन ।