​नेपाली अनाथ बालबालिकाका लागि सेवारत डोयन बनिन सिएनएन हिरो

doyana
काठमाडौं, २ मंसिर 

नेपाली अनाथ तथा सडक बालबालिकाको सेवामा सक्रिय रहेकी अमेरिकी युवती म्यागी डोयन यस वर्षकी सिएनएन हिरो घोषित भएकी छिन् । मंगलबार न्यूयोर्कमा आयोजित समारोहमा उनलाई विजेता घोषणा गरिएको हो ।१० जना प्रतिस्पर्धी मध्येबाट अनलाइन भोटिङको आधारमा डोयनलाई विजेता घोषणा गरिएको हो । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परे वापत हरेकले पाउने थप १० हजार डलर पाउने छिन् । नेपालबाट यसअघि अनुराधा कोइराला र पुष्पा बस्नेत सिएनएन हिरो भइसकेका छन् ।

उनले विभिन्न कारणले बाबुआमा गुमाएका अनाथ बालबालिकालाई खोजेर पालनपोषण र शिक्षादिक्षा दिँदै आएकी छिन् ।सुर्खेत, वीरेन्द्रनगर र भैरवस्थानमा उनले कोपिला भ्याली नाममा स्कुल चलाएकी छन्। अमेरिकाको न्यूजर्सीमा जन्मिएकी म्यागी डोइन १० वर्षअघि डिप्लोमा सम्मको अध्ययन सकेर विश्व भ्रमणमा निस्किएकी थिइन् । त्यही क्रममा नेपाल आएकी म्यागी डोइन नेपालको मध्यपश्चिम पुगिन् र सशस्त्र द्वन्द्वबाट प्रभावित भएका साना बालबालिकाहरु गिट्टी कुट्ने काम गरिरहेको देखिन् । उनले स्थानीयसँगको सहकार्यमा कोपिका भ्याली चिल्ड्रेन होम सञ्चालनमा ल्याइन् । अहिले कोपिलामा ८ महिनादेखि १६ वर्षसम्मका ५० भन्दा बढी बालबालिकाले आश्रय पाएका छन् । उनले २०१० मा ब्लिनो फाउण्डसेन स्थापना गरिन्, जसले कोपिला भ्याली स्कुल खोलेको छ । अहिले उक्त स्कुलमा ३ सय ५० भन्दाबढी विद्यार्थी अध्ययनरत छन्