ताजा समाचार:
Search

मेलिना राईको गीतमा क्रिष्टिना र सनमको यस्तो प्रेम कथा (भिडियो सहित )

भदौ, १६ काठमाण्डौ।
‘तिमीसंगै अमर नाता जोडु जोडु लाग्छ
तिम्रै लागी दुनियालाई छोडु छोडु लाग्छ
भन्देउ ए साथी, भन्देउ ए साथी
मेरो माया लाग्छ की लाग्दैन भन्देउ नढाटी’

म्युजिक भिडियोको दुनियामा रमाएका चर्चित मोडल सनम कठायत र क्रिष्टिना थापाको बेजोड अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मेलिना राईको उत्कृष्ट स्वरमा रहेको गीतमा सनम र क्रिष्टिनाको ‘अमर’ अभिनय छ । यद्यपी सनमको करिब डेढ महिनाको फरकमा आएको भिडियो हो, यो जुन निकै उत्कृष्ट छ । ववि गुरुङ (निश्चल)का शब्दमा राजकुमार बगरको संगीत दिएका छन ।

जनक सिंहले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन । टेकेन्द्र शाहले सम्पादन गरेको म्युजिक भिडियो प्रेम गर्ने जोडीहरुका लागी निकै प्रेरणादायी बन्न सक्छ । pnp khabar.com