ताजा समाचार:
Search

बिममा देउसी भैलो खेलेर विद्यालयलाई १२ लाख

hqdefault

हरिकृष्ण गौतम/विकल्प
मंसिर २ गते ।
म्याग्दीको विम गाविसको किसानी उच्च माविमा सञ्चालित प्राविधिक शिक्षालयलाई पूर्वाधार जुटाउन खेलिएको देउसीभैलोमा ११ लाख ९२ हजार ७४० रुपियाँ संकलन भएको छ ।
धौलागिरि अञ्चलमै पहिलो पटक प्राविधिक शिक्षा तथा ब्यवसायीक तालिम परिषद्बाट सम्बन्धन प्राप्त गरी सञ्चालन भइरहेको एनेक्स कार्यक्रम अन्र्तरगत १५ महिने कृषि जेटिए, २९ महिने कृषि जेटिएका साथै यसै शैक्षिक सत्रदेखी सञ्चालन हुने कृषि जेटिए आईएसी एजी कक्षाका लागि आवश्यक पर्ने पूर्वाधारका जुटाउन देउसीभैलो खेलिएको प्राविधिक शिक्षा संयोजक बेगप्रसाद गर्बुजाले बताउनुभयो । उहाँका अनुसार प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण बढेको अवस्थामा पुर्वाधारको आवश्यकता रहेको छ ।
गाविसबासीबाट देउसीभैलोलाई अपेक्षा गरे अनुसार नै सहयोग भएको बताउँदै पुर्वाधार जुटाउने अभियानमा सहभागिता हुन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई समेत अनुरोध गरिएको छ । प्राविधिक शिक्षालयका लागि गाविसका ९ वटै वडाबाट प्रति वडा १ लाख सहयोगको घोषणा भइसकेको छ भने देउसीभैलोबाट २ लाख ९२ हजार ७४० रुपैयाँ संकलन गरिएको थियो । अझै सहयोगको घोषणा गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
प्राविधिक शिक्षालयका लागि विम स्थायीघर भई हाल प्रवासमा रहेका म्याग्देलीले महोत्सव तथा अन्य आर्थिक संकलनको अभियान सञ्चालन गरेका थिए । देउसीभैलो कार्यक्रममा विद्यालयका प्राचार्य जंगबहादुर गर्बुजा, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी सहित शिक्षक र अभिभावक समेत जुटेका थिए ।