चिन्ता हैन चिन्तन गरौं

कृष्ण जिसी/विकल्प न्यूज
साउन ३१ गते ।
kishna Gcएउटा मान्छेको दैनिकी कसरि शुरु हुन्छ ? सजिलै जवाफ मिल्छ यो प्रश्नको र जवाफ पनि आफ्नै आफ्नै हुन्छ जस्तै ः बिहानै उठ्छु मर्निंग वाक जान्छु, फर्केर घरमा आउंछु….. बिहानै उठ्छु नुहाई धुहाइ गरेर पाठ पुजा गर्छु …….. बिहानै उठ्छु नुहाई धुहाइ गरेर चिया पिएर काममा निस्कन्छु ….योगा गर्छु यस्तै यस्तै उत्तर आउने गर्छन । हो प्रत्येक व्यक्तिको दैनिकी आफ्नै तरिकाले शुरु हुन्छ र हरेक व्यक्ति बिहान उठेदेखि राति नसुन्ने बेला सम्म कतै न कत,ै कुनै न कुनै काममा ब्यस्त भइरहन्छ, व्यस्त हुनु राम्रो हो तर व्यस्तताका बाबजुत कहिलेकाहीं हामि अस्तब्यस्त नभैरहेका पनि होइनौं ।
प्रसङ्ग दैनिकीको हो ।

मलाइ जहा सम्म बिस्वास छ र यो यथार्थ पनि हो कि, हरेक व्यक्ति आफ्नो दैनिकी चिन्ताबाट शुरु गर्छ, हामी मध्ये धेरैलाई यो कुरा पत्यार नलाग्न सक्छ । एक पटक आफुले आफुलाई हेरौं के म सत्य कुरा लेखिरहेको छु ? यदि सत्य हो जस्तो लाग्दैन भने पनि ठिकै छ तर अन्त्यमा सबैलाई एकिन हुनेछ म आशा गर्छु ।

एउटा बिद्यार्थी बिहानै उठ्छ, उसलाई गृहकार्य पुरा भए नभएको चिन्ता हुन सक्छ, आज खाजा के लैजाने ? आफ्नो पुस्तक ठिक ठाउमा भए नभएको, पोशाक सफा भए नभएको चिन्ता हुन सक्छ । अझै उसलाई त हप्तामा २ वटा शनिबार किन नभएको होला भन्ने चिन्ता छ । उसका अभिभाबक लाई आज खाजा के बनाइदिने ? खाना, खाजा सरसफाई भ्याई नभ्याई भएकोले चिन्ता छ । चिन्ताका कारणहरु व्यक्ति पिच्छे फरक हुन सक्छन र परिस्थिति पनि फरक हुन सक्छन तर प्रत्येकमा चिन्ता छ ।
एउटा व्यक्ति, जो मर्निंग वाकमा निस्केको छ, उसलाई पानी पर्ला, जाडो होला समयमा फर्केर आइएला न आइएला भन्ने चिन्ता छ । अनेकौं कुरा मनमा लिएर हामि फ्रेश हुन मार्निंग वाकमा निस्कन्छौ । एउटा ब्यापारी बिहानै उठ्छ, उसको दैनिकी पनि चिन्ताबाट नै सुरु हुन्छ नाफा घाटा इत्यादि । अब कुरा गरौँ एउटा गृहिणिको, आज बत्ति आउंछ कि आउंदैन ? आज फलानो सिरियल हेर्न पाइन्छ कि पाइदैन ? फुर्सदको समयमा बिजुली आएन भने मन पर्ने सिरियल छुट्ने चिन्ता छ ।

यहाँ सम्म कि सांसारिक माया मोहबाट मुक्ति पाउन घरबार त्यागेर निस्केको एउटा फकिर साधुलाई पनि चिन्ता छ । ऊ त काम क्रोध लोभ मोह चिन्ता सबै कुरा त्यागेर निस्केको हो, तर उसको मनमा पनि चिन्ताले डेरा जमाएको छ । फकिरर्लाई केको चिन्ता ? प्रस्न उठ्न सक्छ, उसलाई यो चिन्ता छ कि आज भिक्षा मिल्छ कि मिल्दैन ? कतै पेट खाली हुने त होईन भन्ने चिन्ता छ । बास बस्नको लागि सत्तल, पाटी, मन्दिर या कुनै ओत लाग्ने ठाउं मिल्छ कि मिल्दैन भने चिन्ता छ ।

अझै रमाइलो प्रसङ्ग त, मोटो पनका कारण ब्लड प्रेसर हुन सक्छ भनेर मोटोपना घटाउन र तनाब मुक्त रहन हिड्डुल गर्दैछ भने पनि उसलाई मोटोपना हिजो भन्दा आज घट्यो घटेन भन्ने चिन्ता छ । अब भनौ चिन्ता कसलाई छैन ? अब भने तपाइंलाई यसले ठिकै भन्दैछ, ठिकै लेख्दैछ भन्ने लाग्न थाल्यो होला । बिहान उठेदेखि राति नसुत्ने बेला सम्म हामि चिन्तै चिन्तामा हुन्छौं । मनभरि उकुस मुकुस र कुण्ठा बोकेर राति ओछ्यानमा पुग्छौं अनि कसरि निदाउने ? निदाउन सक्दैनौं. निद नालागेका कारण फेरी चीन्ता शुरु भैहाल्छ मलाइ किन नीद नलागेको होला भनेर । यहि हो हामि सबैमा भएको साझा समस्या । हामी आफ्नै कारणले चिन्ता बढाई रहेका छौं । एउटा चिन्ता ग्रस्त व्यक्तिले अर्को व्यक्तिलाई तनाब रहित, चिन्तामुक्त हुने र आनन्ददायी जिबन जिउने सल्लाह दिदै हिडेको पनि भेट्छौं ।

अर्को कुरा चिन्ता नलिएर, नलागेर के गर्नु ? चिन्ता त लिने पर्यो नि ! भबिष्यको चिन्ता, परिवारको चिन्ता, व्यापारको चिन्ता ,आदि इत्यादि । चिन्ता नलिने हो भने जिबन कसरि चल्छ ? यस्तै उत्तर सबैको हुन सक्छन र मेरो पनि । सत्य कुरा के हो भने चिन्ताले समाधान निस्कदैन, समाधन चिन्तनले निस्कन्छ । चिन्तालाई चिन्तनमा परिबर्तन गर्न सक्यौं भने जरुर समाधान निस्कन्छ । चिन्ता मानसिक रोगको मूल कारण हो । चिन्ताको साटो चिन्तन गर्न थाल्यौं भने तनाब रहित जिबन जिउन सकिन्छ ।

हामि धेरै जसो आफ्ना कारणले भन्दा पनि अरुका कारणले चिन्तित छौं । एउटा बिध्यार्थिलाई आफु फेल हुदा चिन्ता छैन तर अर्को साथी पास भएकोमा चिन्ता छ । आफ्नो घर होचो या एक ढलान भएकोमा हाम्लाई चिन्ता छैन तर छिमेकिको घर अग्लो भएकोमा चिन्ता छ । यस्ले कहाँबाट यतिका पैसा कमायो ? पक्कै कुनै दुइ नम्बरी काम गर्यो होला कसैलाई ठग्यो होला नत्र यसले यतिका पैसा कहाँ बाट कमायो र यत्रो घर बनायो ? कसैले प्रगति गर्यो भने हामी ईश्र्याले जल्छौँ अनि मनमा अनेक कुरा खेलाउदै चिन्तामा डुब्छौँ । अरुका कारणले किन चिन्ता लिने, ए बाबा ! छिमेकीले घर अग्लो बनायो भनेर उसका कारण चिन्तामा डुब्नुको सट्टा म मेरो घर कसरि अग्लो या राम्रो बनाउन सक्छु भनेर किन सोचिदैन ? आफुले आफैलाई प्रस्न गर्नु र समाधानका उपाय खोज्न लाग्नु नै चिन्तन हो ।

फेरी अर्को समस्या सिर्जना हुन थाल्छ, चिन्तनका कारण चिन्ता । तर यथार्त के हो जस्तो लाग्छ मलाइ भने आफैले समाधानका उपाए पहिल्याउन थाल्नु नै चिन्तन हो ।
अब कुरा गरौँ चिन्ताको समाधान हुन्छ कि हुन भन्ने चिन्तन । आज तरकारी के पकाउने होला ? आलु बाहेक केहि छैन भनेर चिन्ता लिइरहेकी एक गृहिणीले चिन्ता गरेर बासिन भने तरकारी पाक्दैन । कि त उनि तरकारी किन्न या ,खोज्न निस्किन पर्यो हैन भने आलु छ भने आलु मात्रै काटेर भुट्छु भनेर शुरु गरिन भने तरकारी तयार भयो अनि समाधान भएन त ?

परिक्षामा आफु फेल भएकोमा चिन्ता छैन बरु साथि पास भएकोमा चिन्ता छ, यसले शिक्षकलाई भन सुन गर्यो सोर्स फोर्स लगायो भनेर तनाब लिने कि, म राम्रोसंग नपढेर, नलेखेर नै फेल भएको हुं भनेर चिन्तन गर्ने र आफुलाई पविर्तन गर्ने ।
अब त यहाँहरुलाई अलि अलि लाग्न थाल्यो होला कि यसले ठिकै कुरा गर्दैछ । आउनुस अब अर्को प्रसङ्ग कोट्याउँ जसलाई हेर्यो भने अझै स्पस्ट हुन्छ कि चिन्ताले द्वन्द कलह बैमनस्यता, असफलता, नोक्सानी र अबनतिको बाटो पहिल्याउछ भनेर ।

देश बिग्रियो, खत्तमै भयो, नेपाल बर्बादै भयो चिन्ता यहि छ हामी सबैलाई । हेर्नुस त ! चिया पसल देखि भट्टी पसल सम्म पान पसल देखि फाइब स्टार होटेल सम्म चोक गल्लि धारा पंधेरा चौतारी, दोबाटो, घर घरमा यहि चिन्ता छ, देश बिग्रियो देश खतम भयो । छोडौं यस्तो चिन्ता केहि हुने वाला छैन यस्तो चिन्ताले ।

फेरी प्रस्न उठ्ला कि देशको बारेमा चिन्ता नगरेर हुन्छ ? देश नै नरहे के अर्थ भो ? देशको बारेमा चिन्ता गर्नु पर्छ एउटा सच्चा नागरिकको हैसियतले भन्नु होला तर म मान्दिन । चिन्ता गरेर देश बन्छ त ? मैले चिन्ता गर्न थालेको २०५२ सालबाट हो, खै, अहिले सम्म देश बनेको छैन, उस्तै अराजकता उस्तै अस्थिरता छ । चिन्ताले देश बन्दैन आउनुस बरु चिन्तन गरौँ ।

राजनीतिज्ञ, बिस्लेषक, लेखक पत्रकार उद्योगी ब्यापारी शिक्षक, कर्मचारी सबैले आफ्नो आफ्नो स्तरबाट चिन्तन गरौँ मैले के भूमिका खेल्न सक्छु भनेर । इमान्दार, बफादार बनेर हेरौं त देश बनिहाल्छ । अरुलाई दोष नथोपरिकन आफैबाट प्रत्येक नागारिक्ले सुरु गरौँ त १ बर्षमा परिस्थिति अर्कै हुन्छ । हो, पढ्दै गर्दा यहांलाई लाग्न सक्छ कि भन्न सजिलो छ तर ब्यबहारमा उतार्न गाह्रो छ ।

मलाइ पनि त्यस्तै लाग्थ्यो, मैले यो लेख लेख्दा यी कुरा मनमा नआएका होइनन ।
पहिला, त मेरो लेख पत्रिकाले छाप्छ कि छाप्दैन ? त्यसपछि छापिएछ भने पनि पाठकले पढ्छन कि पढ्दैनन् ? पढिहालेछन् भने पनि मन पार्छन कि पार्दैनन् ?े फेरी कसै कसैले कतैबाट साभार गरेछ भन्ने हुन् कि भन्ने पनि लागिरह्यो । त्यसपछि लाग्यो बडो विद्वान भएछ अर्ति बुद्धि दिन सुरु गर्यो भन्छन कि भन्ने ।

तर मैले यी सबै कुराको चिन्ता लिएर बसेको भए यो लेख तपाइले पढ्न पाउनु हुन्नथ्यो ? मैले लेख्न नथालेको भए पुरा हुदैनथ्यो । मेरो चिन्ताको बिषय त्यो नभएर म जसरि पनि लेख्छु भन्ने चिन्तन गरे अनि जसो तसो लेखें छापियो, मेरो उद्देस्य लेखेर छपाउनु हो मैले त्यता चिन्तन गरे अनि यो लेख तयार भयो ।
अन्तमा अरुका लागि हैन आफुले आफैलाई सोधांै र समाधानको बाटो खोजौं । चिन्ता हैन चिन्तन गरौँ असफल हुने डरले ब्यबसाय नै शुरु नगर्ने हैन शुरु गरौँ यदि असफल नै भइएछ भने पनि त एक प्रकारको संतुष्टी मिल्यो नि हैनर ?



CLOSE
CLOSE