सिंगामा प्रहरीको नागरिक सुनुवाई

विकल्प न्यूज/बेनी
साउन २२ गते ।
बेनी नगरपालिका १४ सिंगामा शुक्रबार जिल्ला प्रहरी कार्यालयको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

समुदायको गुनासो, सुझाव र अपेक्षा सुन्ने तथा अपराध, दुर्घटना र विकृती न्युनीकरण एवं विपद् ब्यवस्थापनका लागि प्रहरीले गर्ने गतिबिधिको बारेमा जानकारी गराउने उद्देश्यले नागरिक सुनुवाई गरिएको हो ।DPO Myagdiप्रहरी समुदायको रक्षक र सहयोगी हो भन्ने सन्देश समेत प्रवाह गराउने उद्देश्य राखिएको कार्यक्रम धौलागिरी माविका प्रअ केशवप्रसाद रेग्मीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रजिअ आचार्यले समुदायले अपराध, विकृती, दुर्घटना र दुब्र्यसनी न्युनीकरणका लागि प्रहरीलाई सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागि स्थानीय बासिन्दाले प्रहरी, प्रशासन लगायत विभिन्न सेवा प्रदायक कार्यालय संग सम्बन्धित गुनासा, सुझाव व्यक्त गरेका थिए ।

प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले प्रहरी संगठनको उद्देश्य, गतिबिधि, अपराध नियन्त्रणमा प्रहरीको सक्रियता, समुदायको भुमिकाको साथै विभिन्न ऐन नियमको बारेमा जानकारी गराउनुभएको थियो ।

यसैगरी प्रहरी निरिक्षक कृष्णकान्त अधिकारीले विद्यार्थीहरुलाई दुर्घटना र दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण दिनुभएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।