यसकारण चाहियो देशमा नयाँ शक्ति

  देवेन्द्र पौडेल

devendra poudel

यतिबेला देश प्रतिकूल कहर र जटिल परिस्थितिबाट गुज्रदैँछ । नेपाली जनताले पहिला एकात्मक शाहवशींय राजतन्त्र, त्यसपछि राणा शासन र त्यसपछि पन्चायती व्यवस्था र त्यसपछि संसदीय प्रणालीको विकल्पमा संघर्ष गरे । ती संघर्षले त्यसको अलग प्रकारको पहिचानसहितको प्रतिनिधित्व गर्ने गरी नयाँ विकल्प दिएको थियो । त्यसको प्रतिनिधित्व जतिसुकै आलोचना गरेपनि विगतमा माओवादीले गर्दै आएको थियो । खासगरी चार कुरा राणा शासन, राजतन्त्र, पञ्चायती व्यवस्था र संसदीय प्रणालीको विकल्पमा आर्थिक, सामाजिक वैचारिक र सांस्कृतिक रुपमा त्यसको उठान गरेको थियो । त्यसको साथ साथै कार्यनीतिक शृंखलाको रुपमा तलदेखि माथिसम्म बलप्रयोगद्वारा एकात्मक राज्य प्रणालीको अन्त्य, त्यसपछि कार्यक्रमिक हिसाबले संविधानसभाबाट संविधान बनाउने र देशमा गणतन्त्र संस्थागत गर्ने कुरा, त्यसलाई प्रक्रियामा शुरुवात गर्नका निम्ति गोलमेच सम्मेलन र अन्तरिम सरकारको कुरा विगतमा माओवादीले उठाएको थियो । पृष्ठभूमिको हिसाबले यि एजेन्डाहरु स्थापित थिएनन् । प्रकारान्तरले खासगरी पुरानो पार्टी कांग्रेस र फरक पहिचानसहित उपस्थित भएको एमालेभित्र पनि यि बहस बिस्तारै प्रवेश गरेर, यि चारवटा विषयहरु राष्ट्रकै एजेन्डा बन्न पुगे ।

कहरको कुरा किनभन्दा देशमा भूकम्प आएर एउटा सामाजिक प्रतिबद्धता आम जनताकोबीचमा स्थापित भएको थियो । एकातिर यो राजनैतिक पुष्ठभूमि र खासगरी राजतन्त्रको अन्त्य र गणतन्त्रको संस्थागत घोषणा अनि संघीयतासहितको नयाँ नेपालको परिकल्पनाको बीचमा उपस्थित भएका राजनैतिक पार्टीहरुसँगै प्रकृतिले भूकम्प आएर विपत्तिपूर्ण रुपमा फरक प्रकारको संस्कार देखियो । दुःखद कुरा दशौं हजारको मृत्य भयो । तर, सामाजिक चेतना के दियो भने धनी गरिब र मिडिल क्लाससमेत एउटै स्थानमा उभिए र संविधानसभाबाट संविधान पारित भयो । तर, आजसम्म आइपुग्दा यो कोर्स अध्याय समाप्त भएको महसुस हुन्छ ।

संक्रमणकालिन राष्ट्रपतिको चुनाव पनि सकियो । गणतन्त्र पनि संस्थागत भयो । संविधानसभाबाट संविधान बनेपछि सरकार पनि बनिसकेको छ । यो परिस्थिती एकातर्फ छ भने अर्कातर्फ जनताले चाडबाडमा बिताउनुपरेको पीडादायी समय र संविधानमा असन्तुष्टि राख्दै देशको ठूलो हिस्सा आन्दोलनमा गयो । तर, आन्दोलनलाई कसरी निकास दिने भन्ने सम्बन्धमा सरकारसँग कुनै उपाय नभएको अवस्था छ । आन्दोलन यत्तिकै छ । यि आन्दोलनको उचित व्यवस्थापन खाँचो छ ।
दुई देशबीच असहजस्थिति देखिएको छ । सहजीकरण आवश्यक छ । यि चुनौतीहरुको बीचमा देश उपस्थित छ । यि समस्याहरुको समाधान अहिले बनेको गठबन्धनले गर्न सक्छ कि सक्दैन् भन्ने प्रश्न पनि उठेको छ ।
इतिहास कहिलेकाहीँ उल्टोबाट दोहोरिने पनि हुदोँरहेछ । मेरो व्यक्तिगत अनुभूति कस्तो छ भने, धर्मनिरपेक्षता, समावेशिता, संघियता र गणतन्त्र लगायतका मुद्दाको सबैभन्दा बढी विरोधी रहेको पक्षसँग सबैभन्दा बढी लडेको शक्तिको संयुक्त सरकार छ । एजेन्डाको हिसाबले एमाले पनि धेरै छिटो कन्भिस भएको अवस्था हो । अझै पनि संघियताको मोडलमा उहाँहरु क्लियर हुनुहुन्न । समूदायमाथिको उत्पीडनको अनूभूति हिजो थियो । राज्यले गर्ने सबै विभेदको अन्त्य गर्ने एउटा सोच थियो । एमाले पार्टीको गहिराई त्यहाँ पुगेको देखिदैँन । अहिले एमाले, एमाओवादी र राप्रपा नेपालको सरकार बनेको छ ।

त्यो पनि विद्यादेवी भण्डारीले प्रचण्ड र कमल थापाको प्रस्तावमा राष्ट्रपति जित्नुभयो । महिला हुनुभएको कारण सकारात्मक छ । यि पृष्ठभूमिमा बीचबाट सबभन्दा बढी एन्जेडामा लडेको माओवादी आन्दोलन विघटन र बिसर्जनमै छ । कमरेड प्रचण्ड र केही साथीहरुको पहलकद्मीले संविधान जारी भएको छ । त्यसले राम्रै प्रभाव पारेको छ । देशले निकास पायो भन्ने र भूकम्पपछि एक हुन गरेको पहल पनि राम्रै भएको छ । तर त्यो एउटा अंश हो ।
समग्र के हो भने माओवादी आन्दोलन बिचलन, निराशा र कुण्ठाको बीचबाट गुज्रिएको छ । समग्र पार्टीपंक्तिमा उत्साह छैन् । तर मन्त्री भएका नियुक्तिमा आशा गरेका र हैसियत प्राप्त गर्ने साथीमा खुसीयाली छ । देशको सबैभन्दा ठूलो संविधानसभाको दोस्रो निर्वाचनबाट स्थापित भएको कांग्रेस जुन गतिशिलतासहित यि चुनौतिहरुको सामना गर्नेगरी पहल लिनुपर्दथ्यो । त्यो नपुगेर अल्झिएको अवस्था र प्रतिपक्षीको भूमिका कुन रुपमा निर्वाह गर्छ भनेर पनि देशको नेपाली कांग्रेसजस्तो ठूलो पार्टी पनि अल्झिएको अवस्था छ । उसको पनि परिस्थिती कसरी अगाडी बढाउँछ भन्ने क्लियर छैन् । यो परिस्थितीबाट देश गुज्रिएको छ । माओवादी आन्दोलनमा समर्पित भएका बाबुराम भट्राईले प्रकारान्तरले प्रचलित नेपाल बामपन्थीहरुको परपम्परागत प्रक्रियाभन्दा फरक तरिकाले राजीनामा दिएर बहसमा उहाँ सक्रिय हुनुहुन्छ । उहाँले पनि कोसिस गर्दै हुुनुहुन्छ । एमालेभित्र पनि नयाँ कोर्समा जानुपर्छ भन्ने छलफल चलेकै देखिन्छ । माओवादी आन्दोलका विभिन्न हाँगाहरुमा पनि छलफल चलेकै छ ।

अब अहिलेको चुनौती गणतन्त्रलाई कसरी वास्तविक जनताको गणतन्त्रमा बदल्ने, संघियतालाई जनताको वास्तविक संघीयतामा बदल्ने भन्ने हो । यि दुई कुरालाई आधार मानेर राजनैतिक क्रान्ति अन्तय भयो भन्ने होइन । राजनैतिक क्रान्तिलाई साथ साथै लिएर गएर आर्थिक समृद्धी, रोजगार र सुशासन सहितको अर्को बाटोमा देशलाई हिडाउनुपर्ने अवस्था छ । यो बहसलाई राज्यको महत्वपूर्ण पदमा रहेका पार्टीहरुले उठाएको भए राम्रो हुन्थ्यो । तर कसले के पोजिसन दिने भन्ने कुरामा, सत्ता समिकरणमा अल्झिएर विदेशी देशले भूकम्पपछि गर्छु भनेको सहयोग पनि बिर्सिएको अवस्था छ । त्यस्सै सुशासनसहितको बाटो, आर्थिक समृद्धीसहितको बाटो हिड्दै नयाँ नेपालको परिकल्पनालाई हराउन दिन हुँदैन । दोस्रो चरणको बाटो भनेको यो बाटोसहित सुसम्पन्न हुने समाजवादी क्रान्तिको बाटो हो । त्यसका लागि नयाँ बहस र शैलीको आवश्यकता छ ।
यति धेरै पार्टीहरु ३१–३२ वटा पार्टी संविधानसभाभित्र र बाहिर पनि सयौँ पार्टी छन् यि सबै आवश्यक छैनन् । राजनैतिक हिसाबले तीनवटा धारहरु देखिन्छन् । एउटा बामपन्थी धार, एउटा चैँ गणतन्त्रको पक्षमा रहेको भनिएको कांग्रेसको एउटा परम्परागत आएको भनिएको प्रजातान्त्रिक समाजवादको विपिले स्थापित गरेको धार र रोलियस्टहरुको राप्रपाहरु । त्यसमध्ये रोयलिस्टहरुको धार एकै ठाँउमा हुँदा हुन्छ । नेपाली कांग्रेसको पनि विपिले जे व्याख्या गरे, त्यसैलाई आधार मानेर नयाँपनसहित नगएर बाउ पनि कांग्रेस, हजुरबा पनि कांग्रेस, नाति पनि कांग्रेस भएर देश चल्न सक्दैन । त्यसकारण नेपाली कांग्रेसले पनि नयाँपनसहित अगाडी बढ्ने कुरा सोच्नुपर्छ । कम्युनिष्टहरुका पार्टीहरु मतदाताहरु पनि कहिले यता र कहिले उता हुने, कहिले पार्टी विभाजन हुने कहिले एकिकरण हुने फेरि फुट र पुनःएकिकरण हुने जून चक्र छ त्यो पनि सकिन्छ भने एकै ठाउँमा आउँदा राम्रो हुन्छ ।

सकिन्न भने पनि दुई धार । परम्परागत धारले पनि अघि बढ्न सकिन्न, पुरै लेफ्ट आधार छाडेर हामी अघि बढ्यौ भने पनि यसको पहिचान, पृष्ठभूमी सक्रियता र स्वाभिमानता जुन रुपबाट हुर्कियो यसको अन्त्य हुन्छ । त्यसैले कट्टर कम्युनिष्ट र नयाँपनसहितको कम्यूनिष्ट दुई पार्टी भए हुन्छ । यसरी देशमा बढीमा चारवटा शक्ति भए पुग्छ ।
यही बीचमा पछिल्लो परिस्थितमा ध्रुवीकरणको आवश्यकता छ । मेरो बुझाई यो ध्रुवीकरण दुई तरिकाबाट हुनुपर्छ । हिजो देशमा केही गर्छौं भन्ने माओवादीहरु टुटफुट भए, अब उनीहरुको विकल्पमा केही नयाँ दिनुपर्छ । एउटा त्यो धार हुनसक्छ । कि त नितान्त नयाँ शक्तिको उपस्थिति आवश्यक छ । उदाहरणका लागि दिल्लीमा केजरीवाल कसरी आए । त्यो रुपमा त संभव त छैन् । तर युरोपका अमेरिकाका पार्टीहरु पनि त्यसरी पैदा भएका छन् । त्यो नभएपनि नेपालीपनसहितको नयाँ पार्टी आवश्यक छ । जसले राजनीतिप्रतिको वितृष्णा भएको छ त्यसलाई आशा, भरोसा र जनतालाई यसबाट फेरि सेवा र जनताप्रति समर्पित हुने भाव दिन सकिन्छ भनेर नयाँ पुस्तालाई अघि बढाउन आवश्यक छ । माओवादी आन्दोलन पनि यही समिक्षा र विश्लेषणको चरणबाट गुज्रदैँछ ।
माओवादी आन्दोलनमा समर्पित भएका बाबुराम भट्राईले प्रकारान्तरले प्रचलित नेपाल बामपन्थीहरुको परपम्परागत प्रक्रियाभन्दा फरक तरिकाले राजीनामा दिएर बहसमा उहाँ सक्रिय हुनुहुन्छ । उहाँले पनि कोसिस गर्दै हुुनुहुन्छ । एमालेभित्र पनि नयाँ कोर्समा जानुपर्छ भन्ने छलफल चलेकै देखिन्छ । माओवादी आन्दोलका विभिन्न हाँगाहरुमा पनि छलफल चलेकै छ । माओवादी आन्दोलनमा विभिन्न समयमा छुट्एिका साथीहरुमा अन्तरक्रिया र भेटघाट सुन्दा कहि न कहि यो बहस शुरु भएजस्तो देखिन्छ ।

अब देशमा देखिएका असुन्तुष्टी र समस्याहरुलाई हल गर्नेगरी नयाँ शक्ति र नयाँ विकल्पको आवश्यकता छ । यो बहसकै बीचबाट चुनौतीहरुको सामना गर्ने भनेका छौँ ।
पार्टीहरु खास उद्देश्यका निम्ति खास चरणमा खास जनताका एजेन्डाहरु पूरा गर्न आएका हुन्छन् । पार्टी आफैँ साध्य होइन । पार्टी कुनै उद्देश्यपुर्ति गर्ने साधन हुन् । माओवादी आन्दोलन पनि गणतन्त्र ल्याउनका निम्ति एउटा साधनको भूमिका खेलेको हो । गणतन्त्र आयो, धर्म निरपेक्षता आयो तर तिनै एजेन्डाको निरन्तरताले नयाँ गति लिन सक्दैन । व्यक्तिगत रुपमा मलाई भन्नुपर्दा म माओवादी पार्टीमै आबद्ध छु आजका दिनसम्म । तर नयाँ शक्तिको आवश्यकता मैलेँ पनि देखेको छु । बाबुरामजीका कतिपय कदमप्रति हाम्रो पनि छलफल र बहसहरु छन् । तर बाहिर बजारमा जतिपनि उहाँको बारेमा आरोप प्रत्यारोप हुने गरेका छन् ।

त्यसमा मेरो व्यक्तिगत रुपमा खण्डन छ किनभने कसैले आरोप पुष्टि पनि गर्न सकेको छैन । तर त्यही कुराको पुनरावृत्तिले उहाँलाई पनि के लाग्यो होला । त्यो कुराको आरोपसहित उहाँले बहस चलाउनु भएको छ । त्यसैले सबैको मत लिएर, जनताको मत लिएर, राजनीतिप्रति युवाहरुको भावना जाग्ने अवस्था सिर्जना गर्न देशमा नयाँ चरण, नयाँ अध्याय, नयाँ संस्कार, नयाँ शक्तिको आवश्यकता महसुस भएको छ । त्यसैले मात्र नयाँ चुनौतीको सामना गर्न सकिन्छ ।
नेपालले दुई शक्तिशाली छिमेकी मित्रराष्ट्रसँग आफ्नो राष्ट्रिय स्वाधिनता र सार्वभौकितालाई रक्षा गर्दै सन्तुलित कुटनितिक सम्बन्ध कायम राख्न आर्थिक समृद्धिको निम्ति, दुई देशलाई सकारात्मक केन्द्रित गर्न सकेन भने आजको २१ औँ शताब्दीमा नेपालको आर्थिक विकास संभव छैन् । मधेसको समस्या पनि हामीले सकारात्मक रुपमा हल गर्नुपर्छ, भारतसँग पनि विगतका असमान सन्धीदेखि, सुगौली सन्धीदेखि लिएर पुराना घाउहरुलाई पनि हल गरेर नयाँ ठाँउमा उठाउने तर त्यसको विकल्पका रुपमा चीनलाई रोज्ने होइन । भारतसँग बिग्रियो अब चीनबाट ल्याउने भन्नेतिर गइयो भने कुटनीतिक सम्बन्ध बिग्रन्छ । भारतसहितको सम्बन्धलाई विगतका आला घाउहरुलाई फरक प्रकारले हल गर्दै सम्बन्ध बिस्तार गर्नुपर्छ । भारतले गरेका हस्तक्षेपका कुराहरुलाई कुटनैतिक हिसाबले प्रतिवाद गर्ने चीनसँग पनि फरक पकारको सम्बन्ध कायम राख्नुपर्छ । दुई देशलाई समदूरिमा राख्न सकियो भने आर्थिक विकास संभव छ । भूकम्पले समाजिक एकता जसरी पैदा गरेको थियो, फर्किएर हेर्यौँ भने फेर त्यो संभव छ ।
काम गरेर देखाएर आफूले हैसियत प्राप्त गरेर मात्रै हाामीले देशलाई बलियो बनाउन सक्छौँ । विदेशीले हाम्रो आँगनमा चलखेले गरेभने सबै मिलेर त्यसको प्रतिवाद गर्नु सही राष्ट्र«वाद हो । कसैलाई गाली गरेर राष्ट्रियतालाई अगाडी बढाउन सकिदैँन । यि कुराहरुका लागि दुरदर्शी नेतृत्वको खाँचो छ । देशमा जनतालाई अहिले समस्या छ, दैनिकी असहज बनेको छ । ति समस्याको समाधान गर्न प्रतिवद्धताको खाँचो छ । राजनीतिबाट वितृष्णा भएर ५० औँ लाख युवा विदेशमा रोजगारका निम्ति गएका छन् । उनीहरुलाई आफ्नै देशको भविष्यप्रति समर्पित हुने आफनै देशमा श्रम गरेर बाँच्न सकिन्छ भने प्रत्याभूति गराउने, त्यो प्रकारका संस्कार र संस्कृति, अर्थ प्रणाली, समृद्धी र संभवनाको सुरुआत गर्नुपर्ने कुरा अहिले देशको चुनौती हो ।
व्यक्तिगत रुपमा भन्दाखेरी हामी एउटा चरण सकिएर नयाँ अध्यायमा प्रवेश गर्दैछौँ । राजनैतिक हिसाबले समाजवाद र समाजवादी क्रान्ति हो । क्रान्ति भने लड्नु माात्रै होइन, छिटो समयमा तिव्र रुपमा गरिने परिवर्तन हो । अबको राजनैतिक एजेन्डा भनेको समाजवादी क्रान्तिमा अगाडी बढ्नु हो । त्यस्तै अबको राष्ट्र एक ठाउँमा आउने एजेन्डा भनेको आर्थिक समद्धी र सुुशासन हो । आर्थिक समृद्धी र सुशासनलाई लिएर अगाडी बढ्न सकिएन भने हामी अगाडी बढ्न सक्दैनौँ । त्यसकारण यो दोस्रो अध्याय हो । यि विषयको सुत्रवद्ध रुपमा उठान गर्ने शक्ति, पार्टी र समूहको देशमा आवश्यकता भइसकेको छ । त्यो बिना देशका चुनौती सामना गर्न सकिदैँन ।