बेनीमा ३४ औ विपी स्मृती दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ६ साउन ।
म्याग्दीमा पनि बिहीबार विभिन्न कार्यक्रम गरेर नेपाली काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको ३४ औ स्मृती दिवस मनाइएको छ ।

विपी चिन्तन प्रतिष्ठानले बेनीमा बिपिको जिवनी, बिचार र चुनौतीहरु विषयक बिचार गोष्ठि, अग्रज नेतालाई सम्मान तथा नेपाली काँग्रेस जिल्ला कार्यसमितिले जेष्ठ नागरीकहरुलाई भोजन गराएर विपीलाई सम्झीएका हुन् ।IMG_3522 वि.स २०३९ साउन ६ गते दिवंगत हुनुभएका विपी कोईरालाले नेपालको प्रजातान्त्रीक आन्दोलनका साथै साहीत्यको विकासमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँको मेलमिलाप र समाजवाद सम्बन्धि अवधारणा नेपालको राजनितिमा अझै सान्दर्भीक रहेको बिचार गोष्ठिमा सहभागिहरुले बताएका थिए ।

वीपि चिन्तन प्रतिष्ठान म्याग्दी अध्यक्ष चिरन्जीवी शर्माको सभापतित्वमा भएको बिचार गोष्ठीमा नेपाली कांग्रेस म्याग्दीमा स्थापनाकाल देखि हाल सम्म योगदान पुराउन ३ जना मरणउपरान्त्त र चार जना जिवित गरि ५ जना अग्रज नेतालाई सम्मान गरिएको थियो ।
सम्मानीत हुनेमा स्व ओमबहादुर बोगटी, स्व डेकबहादुर बानियाँ, स्व शेरबहादुर शेरचन, डाः भुपेन्द्रबहादुर खड्का, पदमबहादुर खत्री, भैरवबहादुर हुमेन र नैनकुमार श्रेष्ठ रहनुभएको छ । उहाँहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।IMG_3464प्रतिष्ठानका सदस्य अधिबक्ता सागरजिबि उपाध्ययाको स्वागत, नेबिसंघका सदस्य निर्मल खत्री र तरुण दलका सचिव गोबिन्द बानियाँको संञ्चालनमा सम्पन्न कार्यक्रमा भुतपूर्व पार्टी सभापति डाः भुपेन्द्र खड्का, स्व शेरबहादुर शेरचनका छोरा ओमप्रकाश शेरचन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी विपी स्मृती दिवस पारेर नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीले गलेश्वर जेष्ठ नागरीक आश्रमका वृद्धबृद्धाहरुलाई बिहीबार बिहान भोजन गराएको छ । कार्यबाहक सभापति केबी भण्डारीको नेतृत्वमा भोजन गराइएको हो ।