शिक्षकलाई आक्रमण गर्नेमाथि कारबाहीको माग

धिरन खत्री/विकल्प न्यूज
म्याग्दी,बैशाख ३१ गते ।
म्याग्दीमा क्रियाशिल चार वटा शिक्षक संगठनहरुलाई शिक्षकमाथि आक्रमणी गरि घाइते बनाउनेलाई कानुनी कारबाहीको माग गरेका छन् ।

बैशाख २८ गते सिद्ध शान्ति मावि हिदी कुहुँका गणित शिक्षक जमानबहादुर खत्रीमाथि गुण्डागर्दी शैलीमा साङ्घातीक आक्रमणप्रती शिक्षक संगठनहरुले शुक्रबार प्रेश विज्ञप्ति प्रकाशन गरि ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाहीको माग गरेका हुन् ।bikalpa_logo

एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष चिरञ्जिबी बोगटी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बालकुमार रोका, नेपाल शिक्षक संघका अध्यक्ष केशवप्रसाद रेग्मी, अखिल नेपाल शिक्षक संगठन म्याग्दीका सचिव गोविन्द पौडेल र नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष भरत खत्रीद्धारा जारी विज्ञप्तिमा यस घटनाले शिक्षकहरुलाई आतंकीत बनाएको उल्लेख गरिएको छ ।

बैशाख ८ गते राती शिक्षक केसीमाथि डेरा लिएर बसेको कोठामै पुगेर आक्रमण भएको थियो । केसीमाथि आक्रमण गर्ने कुहुँ थाईवाङका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाहीका लागि अनुसन्धान अघि बढाएको छ ।