म्याग्दीमा माईक्रोबस दुर्घटनामा तिन जनाको मृत्यु

IMG_2513
सन्तोष गौतम /विकल्प
म्याग्दी कात्तिक २८ गते । म्याग्दीको बेनी नगरपालीका १३ देवीनडाँडामा शनिबार माईक्रोबस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । बिस जना घाइते भएका छन् ।

बरङ्जादेखि सदरमुकाम बेनी आउँदै गरेको ग १ ख ५३६६ नम्बरको माईक्रोबस दुर्घटना भएको हो । दुर्घटनामा बेनी नगरपालीका १३ का ९ वर्षिय सुनिल थापा, ६ वर्षिय दिप्जल पुनको यसै गरी बरंजा–९ की २० बर्षिया रमिला पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक हिरा थापाले बताउनुभयो ।
उनिहरुको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो । घाईते बिस जना मध्य चालक बेनी नगरपालीका ४ खबराका रामकृष्ण सापकोटा सहित सात जनालाई पोखरा रिफर गरिएको छ ।
१३ जनाको जिल्ला अस्पताल बेनीमा उपचार भैरहेको छ । माईक्रोबस खसेको ठाउँको सडक साघुरो छ । कुनामा रहेको पहिरोमा बसलाई ठोक्कीनबाट बचाउन खोज्दा डिलबाट माईक्रोबस खसेको हाम फालेर दुर्घटनाबाट बचेका यात्रु दलबहादुर फगामीले बताउनुभयो । बिहान करिब ९.३० बजे दुर्घटना भएको थियो । IMG_2495

‘बस ढल्कीन थालेपछि ढोकामा झुण्डीएकाले हाम फालीहाँले’ तिहारमा दिदीको घरमा भाईटिका लगाएर बेनी फर्कदै गरेका फगामीले भन्नुभयो ‘म भन्दा माथिबाट बस पल्टीयो । भाग्यले बाँचे । प्रहरी र गाउँलेलाई खबर गरेर घाइतेको उद्धारमा जुट्यौ ।’

IMG_2533

उक्त माईक्रोबासमा तिहार मनाएर सदरमुकाम फर्कदै गरेका सर्वसाधारणहरु चढेका थिए । सडकदेखि एक सय मिटर तल खसेको माईक्रोबस चिलाउनेको रुखमा अड्कीएको घटनास्थल पुग्नुभएका प्रहरी निरिक्षक बिमल उपाध्यायले बताउनुभयो । प्रहरी, स्थानीयबासी, नेपाली सेना र यातायात ब्यवसायीहरुले घाईतेको उद्धार गरेका थिए ।
तस्विर /हरिकृष्ण गौतम