ताजा समाचार:
Search

स्थापना दिवसमा अपाङ्गता स्रोतकक्षालाई सहयोग

DSC03739
प्रताप बानियाँ/विकल्प
म्याग्दी, कार्तिक २५ – म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । बेनी नगरपालिका ११ बगुवाखोलास्थित बालजागृति प्राविमा सञ्चालित बौद्धिक अपाङ्गता स्रोतकक्षालाई खाद्यान्न सामाग्रीहरु सहयोग गरी सहकारीले स्थापना दिवस मनाएको हो ।
सहकारीले २ बोरा चामल, १ कार्टुन खानेतेल, ६÷६ केजी दाल तथा नुन, ५ केजी चिनी, १ प्याकेट चियापत्ती र १ कार्टुन बिस्कुटलगायत दैनिक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । संस्थाका कार्यवाहक अध्यक्ष हरिकृष्ण गौतम, कोषाध्यक्ष प्रमिला श्रेष्ठ, लेखा सदस्य शर्मिला श्रेष्ठलगायतले उक्त सामाग्री विद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाई हस्तान्तरण गरेका थिए ।

DSC03744
सामाग्री ग्रहण गर्दै विद्यालयका प्रअ कार्कीले जिल्लामा सञ्चालित विभिन्न सहकारीहरुले सामाजिक संघसंस्थालाई गरेको सहयोग सराह्रनीय भएको बताएका छन् । उनले स्रोतकक्षा सञ्चालनमा संस्था तथा व्यक्तिको महत्वपूर्ण सहयोग रहेको बताउँदै सामाजिक क्षेत्रमा सहकारीको लगानी बृद्धि भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले मन्तव्य राखेका थिए । कावा अध्यक्ष गौतमको अध्यक्षता, सचिव ओमप्रसाद शर्माको सञ्चालन र कोषाध्यक्ष प्रमिला श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।