ताजा समाचार:
Search

म्याग्दीमा आज १९ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज \बेनी
माघ ५ गते । म्याग्दीमा पछिल्लो २४ घण्टामा  १९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट ११ र पिसिआर परिक्षणबाट ८ गरी १९ जना कोरोना संक्रमित थपिएको जनाएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा पनि केही दिन यता कोरोना संक्रमणको दरमा वृद्धि हुनथालेको छ ।