ताजा समाचार:
Search

म्याग्दीमा थप २५ जनामा कोरोना संक्रमण

विकल्प न्यूज\बेनी
माघ ४ गते ।

म्याग्दीमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तीमा जनाए अनुसार एन्टिजेन परिक्षणबाट १६ र पिसिआर परिक्षणबाट ९ गरी २५ जना कोरोना संक्रमित भएको जनाएको छ ।

पछिल्लो समय देशभर नै कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । यसका साथै म्याग्दीमा पनि केही दिन यता कोरोना संक्रमणको दरमा वृद्धि हुनथालेको छ ।