ताजा समाचार:
Search

म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

विकल्प न्यूज\बेनी
पुस ३० गते ।

म्याग्दीमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर प्रविधिबाट १ र एन्टिजेन परिक्षणबाट ४ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

यो सँगै म्याग्दीमा कोरोनाका सक्रिय केस १७ पुगेको छ । पछिल्ला केही दिन यता जिल्लामा कोरोना संक्रमण दर बढेको छ । कोरोना संक्रमण बढे सँगै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गर्न लागिएको छ । विभिन्न मेला,पर्वत जस्ता कार्यक्रमहरुमा रोक लगाइएको छ ।

सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक स्थान र सार्वजनिक सेवाप्रवाह हुने ठाउँमा अनिवार्य खोप कार्ड लिएर मात्र उपस्थित हुन प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले आग्रह गर्नुभएको छ ।

विहिबार जिल्ला प्रशासन कार्यालयको तर्फमा आदेश जारी गर्दै प्रजिअ रानाले कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि खोप कार्ड अनिवार्य गरिएको बताउनुभयो ।

सास्कृति तथा धार्मिक चाडपर्वहरुरुमा मेला, भेला तथा महोत्सवहरु, धेरै मानिसहरु उपस्थित हुने गरी राजनीतिक तथा अन्य सामाजिक कार्यक्रमहरु नगर्न निर्देशन छ । अत्यावश्इक कार्यक्रमको लागि स्वास्थ्य मापदण्ड पालना गर्दै २५ जना बढी उपस्थित नगराउन डिसिएमसीको अनुसार प्रजिअले आग्रह गर्नुभएको छ ।

विभिन्न पेशा र ब्यवसाय तथा पसलहरुमा ब्यवसायीले जनस्वास्थ्यका मापदण्डहरु पुस ३० गते शुक्रबार देखि अनिवार्य पालना निर्देशन छ । यातायात ब्यवसायीले क्षमताभन्दा बढी यात्रु नराखी मास्क र सेनिटाईजर अनिवार्य प्रयोग गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।