ताजा समाचार:
Search

एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिव्र

विकल्प न्यूज/बेनी
पुस २० गते ।

 

यही पुस २३ गते हुने नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको तयारी तिव्र पारिएको छ । अधिवेशन सफल पार्नका लागि विभिन्न उपसमितिहरु गठन गरी तयारी तिव्र पारिएको हो । एमालेको पुस २३ गते सवै जिल्लाहरुमा एकसाथ अधिवेशन हुँदैन छ । अधिवेशनबाट आगमी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछन्  ।

पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको जिल्ला कमिटीको वैठकले अधिवेशनलाई सफल पार्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको प्रचारप्रसार संयोजक सुरत केसीले जानकारी दिनुभयो ।
उहाँले दिएको जानकारी अनुसार जिल्ला कमिटीका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा अधिवेशन मुल आयोजक कमिटी गठन गरिएको छ ।
पार्टी अध्यक्षले अधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठिक प्रतिवेदन तयार पार्ने र आर्थिक विभाग प्रमुख प्रमोद श्रेष्ठले आर्थिक प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको जिल्ला सचिवलाय सदस्य तथा प्रचार विभाग प्रमुख केसीले जानकारी दिनुभयो ।

यसैगरी अधिवेशनलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी तयारीलाई अन्तिचरणमा पु¥याइएको उहाँले बताउनुभयो । कमिटीका उपाध्यक्ष देवेन्द्रबहादुर केसीको संयोजकत्वमा ¥याली व्यवस्थापन उपसमिति,सचिव बालकृष्ण सुवेदीको संयोजकत्वमा सचिवालय व्यवस्थापन,उपसचिव देवबहादुर घलेको संयोजकत्वमा मञ्च व्यवस्थापन,सुरत केसीको संयोजकत्वमा प्रचारप्रसार र प्रमोद श्रेष्ठ संयोजक रहेको आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बेनी नगरकमिटीका अध्यक्ष नारायण जिसीको संयोजकत्वमा स्वयमसेवक परिचालन,थमसरा पुनको संयोजकत्वमा अतिथि व्यवस्थापन,राजकुमार थापाको संयोजकत्वमा भोजन तथा आवास र चन्द्रकुमार केसीको संयोजकत्वमा सामाग्री व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

४५ वडाबाट अधिवेशन प्रतिनिधिहरु छनौंट भइसकेका छन् । जनसंगठनबाट एक महिला सहित दुईजनाका दरले प्रतिनिधि चयन हुन वाँकी रहेको प्रचारप्रसार संयोजक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनमा करिब पाँचसय प्रतिनिधिले भाग लिने छन् । अधिवेशन नजिकिँदै जाँदा अध्यक्ष लगायत पदाधिकारीहरुमा नेताहरु आकाक्षी देखिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख तथा पार्टीका उपाध्यक्ष देवेन्द्र बहादुर केसी,हालका सचिव बालकृष्ण सुवेदीले अध्यक्षको दावी गरेको बुझिएको छ । पार्टीलाई एकताबद्ध बनाउन सहमतिबाट नयाँ नेतृत्व चयन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको माग रहेको छ ।