ताजा समाचार:
Search

म्याग्दी बहुमुखी क्याम्पसमा नयाँ संचालक समिति चयन

विकल्प न्युज / बेनी

पुस १९ गते ।

म्याग्दी बहुमुखी क्याम्पसकाे संचालक समितिकाे अध्यक्ष साेमनाथ ढुङ्गाना चयन हुनुभएको छ । साेमबार सम्पन्न ३१ अौ वार्षिकोत्सब, २० अौ क्याम्पस सभा तथा ११ अौ अधिवेशनले ढुङ्गानाकाे अध्यक्षतामा १२ सदस्यीय संचालक समिति  सर्वसम्मत रूपमा चयन गरेकाे हाे ।

यसैगरी समितिकाे उपाध्यक्ष दिपेन्द्र श्रेष्ठ(दिपु) , काेषाध्यक्ष राजकुमार थापा चयन हुनुभएको छ । सदस्यहरूमा शेरबहादुर केसी,कृष्णबहादुर थापा,ज्ञानेन्द्र कुमार श्रेष्ठ,अजयमिलन श्रेष्ठ,क्याःमिनबहादुर कार्की, सन्ताेष रावल,किरण सापकाेटा,दिपक कार्की र देउ प्रसाद छन्त्याल चयन हुनुभएको छ । पदाधिकारीकाे चयन संचालक समितिकाे पहिलाे वैठकबाट निर्णय गरिने व्यवस्था छ । तर सहमतिका आधारमा उक्त निर्णय गरिएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

संचालक समितिकाे सदस्य सचिवमा क्याम्पस प्रमुख रहने विधानमा व्यवस्था भएको क्याम्पस प्रमुख गाेरखबहादुर जिसिले बताउनुभयाे । अधिवेशनकाे उद्घाटन आईतवार  प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले गर्नुभएको थियाे ।