तस्विरमा हेर्नुहोस म्याग्दी बहुमुखी क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ औं अधिवेशन

विकल्प न्यूज/बेनी
पुस १८ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसको आइतबार २० औं क्याम्पस सभा तथा ११ औं अधिवशेनको उदघाटन सत्र सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले सभाको उदघाटन गर्नुभएको हो । सभाको उदघाटन गर्नुहुँदै सांसाद थापाले जिल्लाको शैक्षिक विकासका लागि क्याम्पसले खेलेको भूमिकाको चर्चा गर्नुभएको छ ।

उहाँले सवैको सामुहिक प्रयासबाट नै क्याम्पसले अहिलेको प्रगति हासिल गरेको बताउनुभयो । सभामा राजीतिक दलका नेता तथा प्रतिनिधि,स्थानीय तहका प्रमुख,लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनले आगमी कार्यकलाका लागि नयाँ सञ्चालक समिति पनि चयन गर्ने छ ।