कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना

विकल्प न्यूज/बेनी
पुस ११ गते ।

नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘क’को कार्यालय स्थापना गरिएको छ । आइतबार गणेशटोल स्थित स्थापना भएको कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओमबहादुर छन्त्यालले उद्घाटन गर्नुभयो ।

गणेशटोल स्थित मिना चोखालको घर भाडामा लिएर क्षेत्रीय कार्यसमितिको कार्यालय स्थापना गरिएको छ । यसैगरी प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘क’का सभापति ओम छन्त्यालको सभापतित्वमा शनिबार बसेको दोस्रो प्रदेशसभा क्षेत्रीय कार्यसमितिको बैठकले नविन केसीलाई कोषाध्यक्षमा मनोनित गरेको छ ।

भने खुमा सुवेदी पौडेल र पदबहादुर बानियाँलाई सदस्यमा मनोनित गरेको छ । मनोनित भएका कोषाध्यक्ष केसी सहित सदस्यहरुलाई जिल्ला सभापति र क्षेत्रीय सभपाति छन्त्यालले मनोनित पत्र वितरण गर्नुभयो ।कार्यक्रममा सभापति गर्बुजाले कार्यालय स्थापनाले पार्टीको कार्यक्रम संचालनमा सहज हुने बताउनुभयो । उहाँले पार्टी संगठनलाई बलियो बनाउन र आगामी निर्वाचनमा पार्टीलाई बिजयी गराउनेतर्फ लाग्न निदेशन दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा ‘क’का सभापति छन्त्यालले पार्टी कार्यसमितिलाई सक्रिय बनाउँदै पार्टीको कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडी बढाउने बताउनुभयो । पार्टीको निर्देशन अनुसार अगाडी बढ्ने बताउनुभयो । सभापति छन्त्यालको सभापतित्व ,क्षेत्रीय उपसभापति सुजन बरुवालको स्वागत र सचिव चक्रबहादुर केसीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला उपसभापति तथा बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ ,उपसभापति केबी भण्डारी ,सचिवद्धय हिराबहादुर पुन र भरत रकाल,कोषाध्यक्ष अमृतमान शेरचन ,सहसचिवद्धय श्रीराम पौडेल र धु्रवराज कार्की लगायतको उपस्थिती रहेको थियो । प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र ‘ख’ले यस अघिनै कार्यालय स्थापना गरिसकेको छ ।