ताजा समाचार:
Search

निजामती कर्मचारी युनियन म्याग्दीको नयाँ नेतृत्व चयन

बेनी, १० पुष ।

नेपाल निजामती कर्मचारी युनियन म्याग्दीको शनिबार बेनीमा सम्पन्न आठौ जिल्ला अधिबेशनबाट कृष्णप्रसाद रिजालको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

युनियनको महिला उपाध्यक्षमा दुर्गा शर्मा, बरिष्ठ उपाध्यक्षमा दयाराम पौडेल, जनजाती उपाध्यक्षमा दिपक शेरचन, सचिबमा सुमन सुबेदी, सहसचिबमा प्रदिप गौतम र कोषाध्यक्षमा सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।

सदस्यहरुमा भिष्मबहादुर थापा, कुलप्रसाद आचार्य, धु्रब पोख्रोल, कमलनाथ शर्मा, गणेश रिजाल, बिष्णुमाया कुँवर, सुनिता अधिकारी, दिर्घबहादुर खत्री र तेजनाथ पौडेल, केन्द्रिय प्रतिनिधीमा प्रेम गौतम र बलराम बानिया चयन हुनुभएको छ ।

अधिबेशनमा युनियनका केन्द्रिय अध्यक्ष गोपालप्रसाद पोख्रेल र बरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले कर्मचारीको अधिकार खोसिनेगरी अघिल्लो सरकारले ल्याएको संघीय निजामति ऐन संसोधन गरेर कर्मचारीहरुको माग सम्बोधन गराउन बर्तमान गठबन्धन सरकारलाई पहल गरिएको बताउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले प्रक्रिया भन्दा पनि परिणाम देखिने गरी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन युनियनले भूमिका खेल्नुपर्ने बताउनुभयो ।