१२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई कोभिडविरुद्धको खोप लगाउने तयारी

विकल्प न्यूज/बेनी
पुस ७ गते ।

म्याग्दीमा १२ देखि १७ वर्ष उमेर समुहका किशोरकिशोरीहरुलाई कोभिड विरुद्धको मोडर्ना खोप लगाउने तयारी गरिएको छ ।

पुस ९ गते देखि १४ गते सम्म सवै वडाका खोप केन्द्र तथा विद्यालयहरु मार्फत १२ वर्ष देखि १८ वर्ष मुनिका सबै बालबालिकाहरुलाई कोभिड–१९ विरुद्वको मोडर्ना खोप लगाउने अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

उक्त उमेर समुहका सवै बालबालिकाहरुले नजिकैको खोप केन्द्र तथा स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क राखी खोप सेवा लिन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

खोप लगाउने उमेर समुहका अधिकांस बालबालिकाहरु विद्यालयमा अध्ययनरत रहेका हुनाले सम्बन्धित विद्यालयले स्थानीय स्वास्थ्य संस्थासंग समन्वय गरी विद्यार्थीहरुलाई खोप लगाउने वातारण मिलाई दिनु हुन समेत स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

जिल्लामा उक्त उमेर समुहको लक्षित जनसंख्या १२ हजार ६ सय ८६ जनालाई खोप लगाउन १३ हजार एकसय डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख लम्सालले बताउनुभयो ।