पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको अधिवेशन सम्पन्न (फोटोफिचर)

विकल्प न्यूज/बेनी
मंसिर २४ गते ।

म्याग्दीको पर्यटकीय स्थल टोड्केमा म्याग्दी मिडिया सोसाइटीको पाँचौं साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रकार टोड्के स्थित टोड्के हिल रिसोर्टमा सम्पन्न संस्थाको अधिवेशनले पुन कमल खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण गौतम,सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य,सहसचिव राकेश शर्मा र सदस्यहरुमा सन्तोष गौतम,धिरन खत्री, निर्माण खत्री, शुर्दसन कुमार श्रेष्ठ चयन हुनुभएको छ ।

अधिवेशनका अवसरमा जिल्लामा क्रियाशिल पत्रकार तथा सोसाइटीका उपाध्यक्ष गौतमलाई मिडिया अवार्ड २०७८ बाट सम्मानित तथा पुरस्कृत गरिएको सचिव विश्वकर्माले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रघुगंगा गाउँपालिका ५ झिँका वडा अध्यक्ष मनबहादुर शेरमन्जा र पर्यटन व्यवसायी तथा टोड्के हिल रिसोर्टका सञ्चालक भिमबहादुर शेरचनले सम्मानपत्र,दोसल्ला र नगद सहित पत्रकार गौतमलाई सम्मान गर्नुभएको थियो । अधिवेशनका अवसरमा सोसाईटीले ६ बुँदे टोड्के घोषणापत्र जारी समेत गरेको छ ।